इटहरी । झापाको दमकमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । शनिबार बिहान आफ्नै घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा दमक ५ स्थित दिपिनी मार्गका ८१ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी आफ्नै तीन तले घरको छतबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका ५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् । सिमेन्ट प्लास्टर गरेको पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शुक्रबार घरदेखि नजिकै रहेको ट्याङ्कीमा डुबी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निर
काठमाण्डौ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पनि पक्राउ परेका छन । हिजो भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं फरार छन् । यसअघि हिजो एक सय जनाभन्दा धेरै पक्राउ परेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान र सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् । दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर आन्दोलन तथा प्रदर्शनबाट सर्वसाधारण एवम् उद्यमी व्यवसायीको पेशा व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने मागसहित यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ
काठमाडौं । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो । सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्
काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ ।एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो । तीनकुनेमा कार्यक्रमको आयोजना गरेर बोलाइएका राजावादी समर्थकका साथमा ‘कमान्डर’ दुर्गा प्रसाईं निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोगका क्रममा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । राजावादीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो । उनीहरूले निज
काठमाडौं । राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् । प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्।राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर शाहले बताए ।बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।
काठमाडौं । गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो । बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशालादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.