All Posts By कोशी प्रेस

    Showing ७,३४१-७,३५० of १३,७०८ items.
  • ताप्लेजुङमा आगलागीका घटना बढ्दै

    इटहरी । ताप्लेजुङमा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो । यस घटनाबाट करिब रु छ लाख बराबरको क्षति भएको छ । यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । नगरपालिकाले दमकलको सहयोगमा आगो निय

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ३०९ पटक पढिएको
  • ईद पर्वको दिन परिक्षा राखेको भन्दै मनमोहन प्राविधिक बिश्वविद्यालयमा तालाबन्दी ।

    मोरङ / मोरङको बुढीगंगा ४ स्थित मनमोहन प्राविधिक बिश्वविद्यालयमा विद्यार्थीहरु आन्दोलित हुँदै तालाबन्दी गरेका छन् ।भोलि मुस्लिम समुदायिहरुको माहान पर्व इदको दिन exam लिन लागेको भन्दै मुस्लिम विद्यार्थीहरु आक्रोशित हुँदै मुख्य गेटमा तालाबन्दी गरेका छन ।सोही बिश्वविद्यालयमा अध्यनरत विद्यार्थी साजित अन्सारीका अनुसार बिश्वविद्यालय प्रशासन संग पटक पटक परिक्षा केही घण्टाको लाई सार्न आग्रह गर्दा प्रशासन प्रमुख सुजन भुर्तेलले जातिय बिभेदको कुरा गर्दै तिमीहरु परिक्षा नदिदा पनि हुन्छ भन्दै गैर जिम्मेवारी पुर्ण कुरा गरेको आरोप लगाए सोही बीसयमा मनमोहन प्राविधिक बिश्वविद्यालयका प्रशासन प्रमुख सुजन भु

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ३६७ पटक पढिएको
  • भोजपुरको लेखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा घाइते

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल काठमाडौँमै बस्छन्। उनी कोटेश्वर बस टिकट काउन्टरमा काम गर्थे।  शुक्रबार भने तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका कारण बस काउन्टर बन्द भयो। उनी फुर्सदिला भए। तीनकुनेमा राजावादीको ढुंगामुढा, आक्रमण र आगजनी हुन थालेपछि उनी पनि रमित हेर्न पुगे।त्यही बेला आक्रोसित भीड र प्रहरीबीच झडप सुरु भयो। प्रदर्शनकारीलाई तित्तरबित्तर बनाउन प्रहरीले रबर गोली चलायो। लुइटेल गोली लागेर घाइते भए। हाल ट्रमा सेन्टरमा उपचाररत घाइते लुइटेलको पेटमा गोली लागेको छ।काठमाडौँमा उसको कोही छैन,’ उनीसँगै काम गर्ने लेखन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ६८४ पटक पढिएको
  • इटहरीमा प्लास्टिकजन्य फोहोर चुनौती र व्यवस्थापन सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी । दिगो विकास निमित्त संस्थागत एकता, सफा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार, सामाजिक संघसंस्था तथा सरोकारवाला पक्षहरूबीच छलफल गरी प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि ठोस रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । बालग्राम टोल विकास समिति, सेभेन स्टार क्लब इटहरी १७, जयलक्ष्मी दीप टोल विकास संस्था, र डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बालग्राम टोल विकास समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५६५ पटक पढिएको
  • साहित्यकार याक्खाद्वारा लिखित दुई कृतिको एक साथ विमोचन

    इटहरी । मोरङको सुन्दरहरैँचा निवासी साहित्यकार पुरन याक्खा द्वारा लिखित दुई कृतिको एक साथ विमोचन गरिएको छ । सुन्दरहरैंचा ५ मा अवस्थित भानु साझा पुस्तकालयको सभा हलमा आयोजित कार्यक्रममा  ‘झुपडी’ (कथासङ्ग्रह) र ‘गर्भभित्र’ –कविता सङ्ग्रह) विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विमोचन कार्यक्रममा साहित्यकार याक्खाको कृतिमाथि कवि टीका आत्रेय र कवि बम देवानले समीक्षा गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा साहित्यकार याक्खाले २०४८ रचिएको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) २०८१ सालमा जन्मिएको बताउनुभयो । यति धेरै लामो समय गर्भभित्रै र

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४३९ पटक पढिएको
  • कोशी प्रदेशमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र प्रदेश सचिव रामप्रसाद आचार्यको उपस्थितिमा विपद् व्यवस्थापनका विभिन्न विषयमा छलफल गरिएको थियो । बैठकमा विपद् न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना सम्बन्धी योजनाहरूलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो । मन्त्री भण्डारीले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सबै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सचिव

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५८२ पटक पढिएको
  • पाँचथरको फालेलुङ म्याराथनमा ताप्लेजुङका रमेश तावाहाङ प्रथम

    इटहरी । पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित ४४ किलोमिटर दुरी तीन घण्टा २३ मिनेट, ५८ सेकेन्डमा दुरी पार गर्नुभयो। यसैगरी पाँचथर फिदिमका विशाल राई तीन घण्टा २९ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा विभागीय क्लब त्रिभुवन आर्मीका राजन मेयोङवा तीन घण्टा ३८ मिनेट ३० निर्धारित दुरी पार गरेर तेस्रो हुनुभयो। प्रतियोगितामा सहभागी ४६ जना धावकलाई पछि पार्दै उहाँ पुरस्कृत हुनुभएको हो। प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २७ हजार २ सय २७ र तेस्रो हुनेले १२ हजार दुई सय १२ रुपियाँ नगद

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४१३ पटक पढिएको
  • ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रका लागि ७४ हजारको आवेदन

    इटहरी ।  १ लाख २० हजार जनसंख्या भएको ताप्लेजुङमा ७३ हजार ८ सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । अघिल्लो आर्थिक वर्ष ६९ हजार ५ सय ९ जनाले दर्ता गराएका थिए । यस अर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ हजार २ सय ८४ जनाले दर्ता गराएको जिल्ला प्रशसन कार्यालयले जनाएको छ । सरकारले सामाजिक सुरक्षा भत्तादेखि हरेक काममा यसको प्रयोग अनिवार्य गर्ने भएपछि सेवाग्राही उल्लेख्य संख्यामा बढेका हुन् । प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार अहिले पनि सबैभन्दा बढी सेवाग्राहीको भीड यही शाखामा हुने गरेको छ । वसन्त निरौलाले अनलाइन रजिस्ट्रेसनको काम

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३२४ पटक पढिएको
  • सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य छन्। पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४२१ पटक पढिएको
  • लागूऔषधसहित इटहरीका एक युवक पक्राउ

    इटहरी । लागूऔषधसहित इटहरीका एक युवक पक्राउ परेका छन् । विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ५ का ३४ वर्षीय कुमार दाहाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदलयात्री रहेका दाहालको साथबाट १ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]