All Posts By कोशी प्रेस

    Showing ७,३२१-७,३३० of १३,७०८ items.
  • इलाममा दुई बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ

    इटहरी। दुई बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले इलामका दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका(४ का २२ वर्षीय दिपक नेपाली छन् । नेपालीले आफ्नै हजुरबाले संरक्षण गरि राखेकी बालिकालाई लामो समय यता पटकपटक जबरजस्ती करणी गर्ने गरेको खुलेको इलामका डिएसपी मानबहादुर राईले बताउनुभयो। बालिकाले दिएको बयान अनुसार नेपालीले पछिल्लो पटक गएको फागुन महिनाको अन्तिमतिर पनि जबरजस्तीकरणी गरेको पाइएको डिएसपी राईले जानकारी दिनुभयो । अर्को एक घटनामा ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने चुलाचुली गाउँपालिका–६ का ५१ वर्षीय यमबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । गत चैत १६ गते

    • प्रकाशित मितिः चैत १९, २०८१
    • १५५ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकामा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तालिम

     समिर चन्द्र्वंशीबराहक्षेत्र | बराहक्षेत्र नगरपालिका, २०८१ साल — नगरपालिका भरिका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा अध्ययनरत तथा वार्षिक परीक्षा सकाएका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि नगरपालिकाले आयोजना गरेको तालिम अन्तर्गत नृत्यकला प्रशिक्षण , चित्रकला प्रशिक्षण , बक्तृत्वकला प्रशिक्षण तालिम भईरहेकाे छ। उक्त तालिम मा नगरपालिका भरिको बिद्यार्थी हरुको बक्लो उपस्थिति रहेकाे छ्। यस कार्यक्रमलाई नगरपालिकाको वार्षिक शैक्षिक योजना अन्तर्गत प्रतिभा प्रस्फुटन तालिमको रूपमा संचालन गरिएको हो।  तालिमको सहजकर्ता मुकुन्द प्रयासले विद्यार्थीहरूलाई रचनात्मक चित्रकला क्षेत्रमा दक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३६५ पटक पढिएको
  • रोङ गाउँपालिकामा बेसार खेतीको आकर्षण बढ्दै, उत्पादन र बजार विस्तार

    इटहरी । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी संस्थाले आफ्ना सदस्यका लागि सुरुवात गरेको बेसार खेतीको उत्पादन आठ गुणाले वृद्धि भएर ब्राण्डिङ भई बजारमा आएपछि उक्त खेतीमा किसान उत्साहित भएका हुन् । २०७९ सालमा ईको चिया सहकारी सस्थाले कपुरकोट १ जातको बेसारको बिउ प्रति किलोग्राम ८० रुपियाँका दरले आठ सय ४० किलोग्राम खरिदगरि २५ प्रतिसत अनुदानमा रोङ ३ र ४ को खमारे, मार्से, याङ्ग्रे, कोल्बुङ, पहरी गाउँ भालुझोडा लगायतका टोलमा बितरण गरेको थियो । उक्त बिउबाट गत वर्ष तीन हजार पाँच सय ८२ किलोग्राम बे

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३५२ पटक पढिएको
  • पाँचथरबाट पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

    इटहरी । पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा मार्फत पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । गत चैत १५ गते पूर्व राजाका समर्थकहरूको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाही गर्नुपर्ने माग महासङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । नेपाल पत्रकार

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ४१९ पटक पढिएको
  • पाँचथरको हिलिहाङ ७ का लक्ष्मीप्रसाद योङया हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ

    इटहरी। पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ । योङयालाई व्यक्ति हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो । लक्ष्मीले बिरबहादुरलाई २०७० साल मङ्सिर ८ गते सामान्या विवादमा कुटपिट पश्चात हत्या गरेर फरार भएको अभियोग लागेको छ । कुटपिटपछि हत्या गरेको भन्दै मृतककी श्रीमती फिपरानी लिम्बूले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिनुभएको थियो । योङयालाई हत्याको ११ वर्षपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३९२ पटक पढिएको
  • धनकुटामा एमालेको बृहत् मोटरसाइकल र्‍याली

    इटहरी। नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिविधिको विरोधमा मोटरसाइकल र्‍याली गरेको हो ।  र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । विभिन्न प्ले कार्डसहित र्‍यालीमा ६ सय भन्दा बढी मोटरसाइकलसहित कार्यकर्ताले उपस्थीती रहेको आयोजकले जनाएको छ । र्‍याली अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको तथा, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै अराजक र प्रतिगामी हर्कतविरुद

    • प्रकाशित मितिः चैत १८, २०८१
    • २६५ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीले ईद पर्वले शान्ति र समृद्धिको यात्रामा योगदान पुर्याउने विश्वास व्यक्त गरे

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । ईद पर्वले एकताका साथमा शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विश्वास छ । संविधानले सबैलाई समान व्यवहार गरेको उल्लेख गर्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • २३५ पटक पढिएको
  • झापामा रासायनिक मलको अभाव : कृषि सामग्री कम्पनीले १५ हजार मेट्रिक टन बिक्री गर्दै, आगामी महिनामा थप आपूर्तिमा समस्या

    इटहरी ।  कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१ र ८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिक टन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पो

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३०५ पटक पढिएको
  • पूर्वाधार विकास कार्यालय अन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न

    इटहरी । पूर्वाधार विकास कार्यालय अन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।  तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रस

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ४५० पटक पढिएको
  • हिंसात्मक आन्दोलन लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार: मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन  पत्रकारहरूलाई आग्रह गरे । उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ३६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]