इटहरी । ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर ९एइडी० मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो। उक्त स्वास्थ्य सामग्री अर्थात एइडी मेसिन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले अस्पताललाई प्रदान गर्नुभएको छ। मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरुलाई एइडी मेसिन हस्तान्तरण गर्नुभएको हो। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको प
इटहरी । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेनी मोटरेबल पुलको निर्माण कार्य ८० र ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भटराईले सङ्घ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा हुङ्गरा राखोला मोटरेबल पुल र त्रिवेणी मोटरेबल पुलको निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुस्ट नौ करोडमा ठेक्का सम्
इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । बोर्डले आइतबार बिहान विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा बोर्डले खेलकुद दिवसको अवसर पारेर बृहत्त् ¥याली समेत निकालेको थियो याली बोर्डको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै समापन भएको थियो । औपचारिक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई तुलना हुनेगरी १० औं खेलकुदको तयारीका लागि जुटेका बताउनुभयो । साथै, उनले १२ औं राष्ट्रिय खेल
काठमाण्डौ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । गएको बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डौको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए । यसैबीच शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासङ्घले भोलिदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासङ्घले आज विज्ञप्ति निकालेर शैक्षिक हडतालको घोषणा गर्दै देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाण्डौ आउन भनेको छ । त्यस्तै शैक्षिक हडतालको अव
इटहरी । मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नाक कान घाँटी र आँखासम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए । संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा। प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन् । नगरकै सबैभन्दा पुरानो संस्था
इटहरी । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो । पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन वि
इटहरी । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उहाँको भनाइ छ । प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको सङ्ख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउनुहुन्छ । उहाँका अनुसार भेडेटारसहित आसपासका क्
इटहरी । झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ । लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उहाँले जनाउनुभयो । ८० भन्दा बढि अङ्क प्राप्त
इटहरी । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको छ । शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौंबाट पाँच जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं प्रस्थान गरेका छन् । गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि अवतरण
इटहरी । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले रु २० लाख सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.