इटहरी। पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ । जिल्ला समन्वय समितिको कभर्डहलमा आयोजितामा भोजपुरका विशाल तामाङ दोस्रो र ताप्लेजुङका मिलन गुरुङ तेस्रो हुनुभयो । महिला एकलतर्फ उदयपुरकी रोजी राई प्रथम, इलामकी निसाम लिम्बु दोस्रो र पाँचथरकी छायाँ केरुङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । यस्तै पुरुष युगलतर्फ निषा खत्री र विशाल तामाङ प्रथम, महेश खड्का र लाक्पा शेर्पा दोस्रो सुनिल कार्की र प्रविण लिङ्तेप तेस्रो बन्न सफल हुनुभयो । यसैगरी मिक्स युगलतर्फ प्रिन्सेससिं ठकुरी र अमृता गिरी प्रथम, सुनिल कार्की
काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा। बालकृष्ण साहले जानकारी दिए । डा। शाहका अनुसार संघका अध्यक्ष डा। राजेन्द्र चौधरी, महासचिव डा। बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो । चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट र्यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन
इटहरी। कोशी प्रदेशको राजधानी विराटनगर लगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१३ बाट चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ । यस्तै, सुनसरीको देवानगंज गाउँपालिका–२ बाट भारत अररिया पत्राहा–१५ का २६ वर्षीय महम्मद जावेद, ३० वर्षीय महम्मद
इटहरी । उत्तर(दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी(किमाथांका खण्ड अवरुद्ध भएको हो । बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी(किमाथांका खण्डअन्तर्गत मकालु(३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु(३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारिसाधन सञ्चालन हुन सकेका छैनन् । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर(दक्षिण कोशी स
इटहरी । धनकुटामा ट्रयाक्टर दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारीमा बुधवार को २ त ७९३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरबाट खसेर सहचालक, धनकुटाको सहिदभूमि नगरपालिका–७ का २० वर्षीय विवेक बगाले थापाको घटनास्थलमै मृत्यु भएको हो । टायर पन्चर भएर ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । ट्रयाक्टर चालक किसान राई तत्काल फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० राजन अधिकारी र प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापाबीच समझदारी पक्षमा हस्ताक्षर भएको हो । बुधवार कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा समझदारी भएको हो । प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने, गराउने उद्देश्ले सम्झौता भएको थापाले बताए । कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यल
इटहरी। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्याउन सहज भएको छ । स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारी,खुर्सानी, खाद्यान्न,फलफूल लगायत कृषि उपजलाई सहज र सुलभ मूल्यमा स्थानीय र बाह्य बजार सम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिकाले जनाएको छ । कृषि एम्बुलेन्सले एक पटकमा २५ सय केजी सम्म सामान ढुवानी गर्न सक्छ भने पालिका केन्द्र देखी धरान सम्मका लागि १० हजार भाडादार कायम गरिएको छ । विगतमा किसानहरूले महँगो भाडा तिरेर कृषि उपजहरू स्थानीय बजार र बाह्य धरान, इटहरी काठमाडौँ सम
इटहरी । तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ । महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्य
काठमाडौं / नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा सिन्धुलीका किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।युवा महासंघको ६, ७ र ८ मा ओखलढुंगा जिल्लामा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित भएको हो । निर्वाचनमा ६९ मत ल्याएर श्रेष्ठ विजयी भएको निर्वाचन संयोजक जि.एस. गुरूङले जानकारी दिनु भयो ।श्रेष्ठका निकतम प्रतिद्वन्दि दोलखाका मानविर गुरूङले ४९ मत र गोरखाकी मञ्जु थापा मगरले २९ मत प्राप्त गर्नु भएको निर्वाचन संयोजक गुरूङले जानकारि दिनुभयो ।निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा शुभलाल राई, संघीय उपाध्यक्षमा मानराज गुरूङ, महिला उपाध्यक्षमा सुप्रिया राई, उपाध्यक्ष
काठमाण्डौ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण बिहीबार हुनेछ । राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.