इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार संक्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९जनामा कालाजार संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा संक्रमण पुष्टि भएकोमा वडा नं ४ का १ साथै वडा नं ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्याण्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । एकपटक संक्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित एशियाली फुटबल काउन्सिल एएफसी लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो, समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।” फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उहाँल
इटहरी । सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ । स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९औँ बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो । बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट
इटहरी । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन् । ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको हो । गत वैशाख १७ गतेदेखि थोप्रा बेपत्ता हुनुभएको थियो । आफन्तले बेपत्ता भएदेखि नै थोप्राको खोजी गरिरहेका र १३ दिनपछि मृत फेला परेको वडाध्यक्ष तामाङको भनाइ छ ।मृत फेला परेका थोप्राको शव सोमबार बेलुका नै पोस्टमार्टम परीक्षण का लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको छ । शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइने प्रहरीले
इटहरी । पाचँथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ च्याब्रुङ नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो । याक्थुङ लिम्बू जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो । किराँत याक्थुङ चुम्लुङका सचिव एवं कलाकार यासेली योङहाङसहित पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिनुभएको थियो । पालिकाभित्रका सबै जातजातिका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ ृगुराँसे पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउनुभयो । पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उहाँले बताउनुभयो । किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । यहाँ
इटहरी । रामधुनी नगरपालिका वडा नं. १ झुम्कामा स्थापना गरिएको ‘झुम्का आधारभूत अस्पतालको सोमबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नगर प्रमुख शकरलाल चौधरी र उप–प्रमुख तारा थापाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गर्नुभएको थियो । दैनिक जीवनमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गर्दै स्थापना गरिएको उक्त अस्पतालले अब देखि नियमित रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । “स्वास्थ्य जस्तो आधारभूत सेवाका लागि नगरबासीलाई टाढा जानू पर्ने समस्या समाधान हुने नगर प्रमुख चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाभित्र स्वास्थ्य सेवा र बीमा सुविध
इटहरी । इलामको फिक्कल–नयाँबजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघि बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाचिएपछि यातायत सञ्चालनमा समस्या भएको हो । पुल भाचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ । पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको स्थानीय सवारी चालक फुरी शेर्पाले जानकारी दिनुभयो । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खेसहित क्षेत्रमा दैनिक रूपमा
इटहरी। ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न चार विधाको तालिम प्रदान गरिएको छ । गाउँपालिका स्थिति नाङ्खोल्याङमा रहेको उक्त विद्यालयका विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसाथ सिलाइ कटाई, कम्प्युटर कक्षा, ब्यूटीपार्लर र हाउस वायरिङसम्बन्धी तालिम प्रदान गरिएको हो । जसमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर कक्षा र सिलाइ कटाई, ब्युटीपार्लर र हाउस वायरिङसम्बन्धी तालिम भने कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रदान गरिएको छ । कालिका माध्यमिक विद्यालयको आयोजना सम्पन्न भएको तालिमलाई पाथिभरा याङवरक गाउँपालिकाले आर्थिक सहयोग
इटहरी। झापामा हावाहुरीले विभिन्न पालिकाहरुमा क्षति पुर्याएको छ । विभिन्न ठाँउमा घरहरूको टिन उडाएको, बिजुलीको पोलहरू लडाएको र रुखहरू ढाल्दा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका वडा न। ४ सङ्गमचोक बस्ने कमला अधिकारी, भिमप्रसाद सिग्देल, दमक ८ का दुर्गा प्रसाईको घरमा क्षति पुगेको छ । उहाँहरूको घरमा लगाएको जस्तापाता उडाएको जनाइएको छ । यसैगरी दमक ८ को बालुवाटारमा ५ वटा घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार विभिन्न ठाँउहरूमा बिजुलीको खम्बाहरू लडेका कारण विद्युत प्राधिकरणसँग समन्वय गरेर त्यसलाई उठाउने काम भइरहेको बताउनु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.