इटहरी । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुर जिल्लाका किसानहरु चिन्तित भएका छन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो । किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उहाँको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।” भोजपुर जिल्लाको भोजपुर नगरपा
इटहरी । ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साङ्
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ । कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा क
इटहरी / जेष्ठ ११ गते थाइराइड दिवसको अवसरमा विश्वभर विविध जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्। थाइराइड रोगीहरूको संख्या बढ्दो अवस्थामा रहेकाले नेपालमा पनि यस विषयमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।यसै सन्दर्भमा इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा इटहरीको बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ १० र ११ गते चल्ने कार्यक्रम पहिलो दिन बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ३०० जना भन्दा बढीले लाभ लिएका र र ११ गते पनि यो सेवा उपलब्ध गराइने हुँदा ५०० भन्दा बढी यो सेवाबाट लाभान्वित हुने विपि मेडिकोका सञ्चालक
सुनसरी | सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको छ। रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रमअन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो।स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ। यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ।कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिव: गोपाल चौधरी रहेका
इटहरी । बर्जु गाउँपालिकाले अपाङ्गता भएका करिब १ सय जना नागरिकहरूलाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति दिलाउने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक र छडी जस्ता सहायक उपकरणहरू वितरण गरिएको थियो । यो सहायता वितरण कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा सांसद भगवती चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा च
इटहरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्वामित्वको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहित भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नविन पौडेल, पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राईले उक्त ज्ञापनपत्र मार्फत पाँच दशक भन्दा लामो समयदेखि जमिनमा भोगचलन गर्दै आएका नागरिकहरूलाई स्थायी स्वामित्व दिन सरकारलाई आग्रह समेत गर्नु भएको हो । नगरप्रमुख सहितको प्रतिनिधिमण्डलले राजधानी काठमाडौंमा पुगेर सम्बन्धित निका
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जनता चौकको खेल मैदानमा पहिलो पटक आयोजना गरिएको कोशी प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले गर्नुभएको हो । प्रतियोगिताको पहिलो खेलमा इनरुवाले दुहवीलाई ५४–२६ अंकले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरिका १० जिल्लाका १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जनता युवा क्लबको आयोजनामा, भोक्राहा नरसिंह, हरिनगर, र कोशी गाउँपालिकाको सहआयोजनामा तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष सहयो
इटहरी । भोजपुरको ग्रामीण क्षेत्रहरुमा संचालन गरिएका निशुल्क शिविरहरु प्रभावकारी बनेका छन् । पालिकासँगको समन्यवयमा नेपाल नेत्र ज्योति संघ भोजपुरले जिल्लाको तीन पालिकामा संचालन गरेको शिविरमा १ सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिव ७ सयको उपचार भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बिशेष प्राथमिकता दिएर गरिएको शिविर जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा संचालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । तीन पालिकामा भएको शिविरमा १ सय २७ जनाको शल्यक्रिया र ६ सय ८५ जनाको आँखा परीक्ष
इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ स्थित सिक्रेटार क्षेत्रका कैलाश पर्वत र हरित हिलको संरक्षण तथा विकास कार्य सुरु गरिएको छ । यो सुन्दर प्राकृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण कार्य अघि बढाइएको हो । वडाध्यक्ष कुमार थापाका अनुसार, कैलाश पर्वतसम्म पुग्न पदमार्ग निर्माण भइरहेको छ। यसका लागि प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको बजेट प्रयोग गरिएको छ । साथै, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिल सम्म पुग्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.