इटहरी। सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।
इटहरी । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ । बर्सांदेखि खोला खोल्सी र कुवा पधँेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरका तीन वटा पालिकाका आमउपभोक्तालक्षित सो योजना सञ्चालनमा ल्याइएको हो । निर्माण कम्पनीको ढिलाइका कारण त्यस क्षेत्रका करिब ३७ हजार लक्षित वर्ग स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुन पुगेका छन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले एक अर्र्ब १६ कर
इटहरी । बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ । वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उहाँले बताउनुभयो । स्थानीय खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताउनुभयो । उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचन
इटहरी । धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा को। १ च। ६६४० नम्बरको जिप ब्रेक फेल भएर बुधबार दिउँसो दुर्घटना भएको हो । गाडी अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक सप्तरी जिल्लाका राकेशकुमार यादव, उदयपुरको त्रियुगा नगरपालिकाका ललित परियार, मोरङ विराटनगरका एन्जिला अधिकारी, विराटनगरकै निर्मला गुर्वाजु र मोरङ उर्लाबारी नगरपालिकाको त्रानु गौतम रहनुभएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जना हेड नेपाल, विराटनगर संस्थाका कर्मचारी रहेको जनाइएको छ । घाइ
इटहरी । कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार जोखिमको प्रतिकार्य गर्नका लागि नक्साङ्कन अनुसार प्रतिकार्य योजनामा सरकार रहने भएको हो । उहाँका अनुसार यो वर्ष विपद् बाट प्रतिकार्य र पुनः निर्माणका सन्दर्भमा प्रशासनिक खर्चबाट बजेट काटेर वितरण गर्नुपर्ने अवस्था आएका कारण वितरणमा ढिलाइ र समस्या भएकोले आगामी वर्ष त्यसो हुने छैन । कोशी प्रदेशमा विज्ञ सहितको टोलीले विपद् जोखिम क्षेत्रको नक्साङ्कन तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन
इटहरी । गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिका र ‘पाइला पाइलाको आशा’ संस्थाबिचको सहकार्य तथा लागत साझेदारीमा निर्माण थालिएको वडा नं। ११ का वडाध्यक्ष टङ्कबहादुर कार्कीले जानकारी दिनुभयो । करिब एक वर्षमा काम सम्पन्न गर्ने गरी पिके कन्ट्रक्सनले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको छ । एक करोड ७१ लाख १४ हजार रुपियाँमा निमार्ण हुने भवनको सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले शिलन्यास गर्नुभएको छ । त्यस अवसरमा नगर प्रमुख शेर्पाले नगरपालिकाले स्वास्थ्य, शिक्षा तथा पूर
रामधुनी — स्थानीय मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि रामधुनी नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम अन्तर्गत शिरा थान तथा ग्रामथान सम्बन्धी सचेतना अभिवृद्धि, विस्तृत लगत दस्तावेज हस्तान्तरण, पौराणिक भजन गीतको लेखन तथा दस्तावेजीकरण, साथै परम्परागत वाद्यवादन तालिम सञ्चालन गरिएको छ।ग्रामथान संरक्षण समिति रामधुनीको आयोजना तथा रामधुनी नगरपालिकाको सहकार्यमा ग्रामथान संरक्षण समिति अध्यक्ष सीता चौधरीको अध्यक्षता र रामधुनी नगरपालिका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, थारू कल्याणकारी सभा सुनसरीका सभापति सग
सुनसरी | नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रको अनुगमन गरेका छन्। अनुगमनको क्रममा सचिव आचार्यले इटहरी क्षेत्रमा भइरहेका विद्युत आपूर्तिसम्बन्धी समस्या, त्यस्ता समस्याका कारण र समाधानका उपायहरूबारे विस्तृत जानकारी लिएका छन्।नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका निमित्त प्रमुख बाबुराम कोइरालाले इटहरी क्षेत्रमा विद्युत आपूर्तिमा देखिएका प्रमुख समस्या, केन्द्रको क्षमता, वितरण संरचना, उपभोक्ताको संख्या र विद्युत मागका बारेमा सचिवलाई जानकारी गराए। उहाँले हाल सञ्चालनमा रहेका सुधार योजना, मर्मत कार्य र आगामी योजनाबा
रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा प्रमुख तथा उपप्रमुखसँग स्थानीय सरोकारवालाहरूको सहभागितामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर विकास, सेवा प्रवाह, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय समस्याहरू समाधानका विषयमा केन्द्रित यो कार्यक्रम कोशी मिडिया नेटवर्क, इटहरीको आयोजनामा तथा रामधुनी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।कार्यक्रमको मुख्य उद्देश्य नगर भित्र भइरहेका विकासका कामहरू, नागरिकको पहुँच, सेवा प्रवाहको गुणस्तर, स्थानीय तहसँग जनताको अपेक्षा, समस्या समाधानका सम्भाव्यता तथा भावी योजनाबारे गहिरो छलफल गरिएको थियोे ।कार्यक्रममा रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख
इटहरी । धनकुटामा किराती समुदायले दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ साँस्कृतिक उत्सव धुमधामका साथ मनाएका छन् । किराती समुदायले धनकुटाका विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी उभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन् । यस्तै साँगुरीगढी गाउँपालिका–१, स्थित लावरबोटे रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका– १ स्थित गोपालपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा साकेला केलाङ नृत्य प्रतियोगिताको आयोजना समेत गरीएको थियो । जसमा छिमेकी जिल्लाबाट समेत नृत्य प्रतियोगितामा सहभागि हुन आएका थिए । साकेला बैशाख पूर्णिमा देखी एक महिना भरी मनाउने गरेको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.