इटहरी । सुनसरीका इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले बकर इद शनिबार हर्षोल्लासका साथ मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि अनुसार इदगाहा तथा मस्जिदमा जम्मा भई विशेष नमाज पढेर हर्सोल्लासका साथ मनाएका हुन् । बकर इदमा बिहानैदेखि जिल्ला सदरमुकाम इनरुवा, बबियासहित जिल्लाभरका इदगाहा तथा मस्जिदमा भीड लागेको थियो । मुस्लिम समूदायले तीन दिनसम्म मनाउने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । हिजरी संवत् पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम अगुवा तालिर अलीले जानकारी दिनुभयो ।
इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विद्योदय आधारभूत विद्यालय, ७ दोर्पा छिताताललाई पूर्व विद्यार्थी सक्षम राईले आर्थिक सहयोग गरेका छन्। सक्षम राई बेलायती सेनामा कार्यरत छन्। उनले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर २० हजार रुपैयाँ नगद सहयोग गरेका हुन्। उनका भाइ, स्थानीय श्री अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक बयानसिं राईले विद्यालयका प्रधानाध्यापक शिवकुमार राईलाई उक्त रकम हस्तान्तरण गरे। विद्यालयका सहायक प्रधानाध्यापक गणेशकुमार खड्काले आफूले पढेको विद्यालय जिल्लाको नमुना विद्यालयमा पर्नुको खुसीमा सक्षमले यो सहयोग गरेको बताए। खड्काले सक्षम पढाइमा ते
इटहरी । सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी ५० वर्षीय कान्तलाल चौधरीको हत्या घटनाको स्थलगत निरीक्षण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान घटनास्थल पुगेका छन्। शनिबार बिहान घटनास्थल पुगेर घटना र वस्तु अवस्था बुझेपछि संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द खतिवडालाई निर्देशन दिएका छन्। घटनालगतै तालिमप्राप्त कुकुरको सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनका अनु
इटहरी । भारतबाट नेपालतर्फ लागू औषध ब्राउन सुगर ल्याउँदै गरेको सूचनाका आधारमा सुनसरीमा सात जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार कार्यालयअगाडि चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। शंकास्पद रूपमा पैदल र स्कुटरमार्फत नेपाल प्रवेश गरिरहेका उनीहरूलाई जाँच गर्दा कुल २२।८१ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। पक्राउ परेकाहरूमा ईटहरी उपमहानगरपालिका–५ का अजय चौधरी रहेका छन्, जसको साथबा
इटहरी । झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका९८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो । भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल ९पान०ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो । शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभयो । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले
अक्षता याखा लिङ्खाइटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिनुभयो । आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए । अस्पतालका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै
भावना वर्देवाइटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले नौ सय ९९ केजी अवैध लागु औषध गाँजा र प्रतिबन्धित लागुपदार्थ नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजा र लागुऔषध शनिबार बिहान आगो लगाएर नष्ट गरेको हो । प्रहरीले धनकुटा नगरपालिका–९, स्थित तमोर नदी किनारमा गाँजा र प्रतिबन्धित लागु औष नष्ट गरेको जलाएर नष्ट गरेको थियो । प्रहरीले नौ सय ९९ केजी एक सय ८ ग्राम अवैध लागु औषध गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले उक्त लागु औषध गाँजा र प्रतिबन्धित लागु औषध धनकुटाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्च
आयुशा पराजुली विराटनगर | पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक लेखा परीक्षण कार्यशाला सफलतापुर्वक सम्पन्न भएको छ। उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको स्वीकृति र आर्थिक सहयोगमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन पूर्वा विश्वविद्यालयको उपकुलपति विजुकुमार थपलियाले गरेका थिए । जहाँ प्रमुख अतिथिको रूपमा कला संकायका डीन राम प्रसाद ढकालको रहेको थियो।उक्त तालिम २१ गते वुधवारदेखि २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म क्याम्पस परिसरमै सन्चालन थियो। क्याम्पस प्रमुख महेश
केराबारी / उत्तरी मोरङको केराबारी गाउँपालिकाले मागमा आधारित कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्मका सदस्यहरूलाई लक्षित गरी १७ थान मोटरसहितको घाँस काट्ने मेसिन (च्यापकटर) ७५% अनुदानमा वितरण गरेको छ।केराबारी गाउँपालिका ले आफ्ना नीति तथा योजनाअनुसार विभिन्न क्षेत्रमा बजेट छुट्याएर काम गरिरहँदा कृषकका मागका आधारमा पशुपन्छी शाखा को समन्वयमा उक्त कृषि सामग्रीहरू वितरण गरेको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ ले बताउनुभयो ।घाँस काट्ने मेसिन वितरणसँगै कृषकहरूको काम सजिलो हुने, पशुपालन व्यवसायमा आधुनिकता ल्याउने र उत्पादकत्वमा व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.