All Posts By कोशी प्रेस

    Showing ६,५२१-६,५३० of १३,६५२ items.
  • ताप्लेजुङमा लागुऔषधसहित पाँच जना पक्राउ

    इटहरी । ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित खैरो हिरोइन, ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआइ नामक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने एक भारतीय नागरिक छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–६ पाथीभरा चोकका छन् । यस्तै, फुङ्लिङ नगरपालिका–९ हाङ्देवा घर भई हाल वडा ६ बस्ने २६ वर्षीय सुजन तामाङ र भारतको पश्चिम बङ्गालस्थित उत्तर जोते रामधान दार्जिलिङ बस्ने २३ वर्षीय निपेन वर्मन पक्राउ परेका प्रहरी निरीक्षक बस्नेतले जानकारी

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १२४ पटक पढिएको
  • सिँचाइ आयोजनाको नहरमा शव फेला

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शव ग्रामथान–७ की ८९ वर्षीया तिलमाया खड्काको हो । शनिबारदेखि हराइरहेकी खड्का आइतबार दिउँसो करिब १२ बजे नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नाायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । हराइरहेकी उहाँको परिवारले खोजी गरे पनि फेला नपरेपछि स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले शव

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३१ पटक पढिएको
  • सप्तकोशीमा बेपत्ता अर्का सशस्त्र जवानको पनि शव फेला

    इटहरी । विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये एक जनाको शव शुक्रवार सप्तकोसी नदीको किनारमा भेटिएको थियो भने अर्को एक जनाको शव आज आइतबार भेटिएको छ । पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयममा कार्यरत डोटीका सुरज साउदको आज कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै उनको सब भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । बेपत्ता भएका साउदको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालित गरी खोजी कार्य जारी गरिएको थियो । उनको सब आज बिहान करिब ११ बजे कुरिनटारबा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १४७ पटक पढिएको
  • फिदिममा तरुण भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न, बौद्ध क्लब च्याम्पियन

    पाँचथर | नेपाल तरुण दल फिदिम नगरपालिका–८ को आयोजनामा शनिबार सम्पन्न ‘तरुण भेट्रान्स एक दिवसीय फुटबल प्रतियोगिता’मा बौद्ध क्लब विजेता बनेको छ। फिदिम भेट्रान्सलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै बौद्ध क्लबले उपाधि चुमेको हो।प्रतियोगितामा जम्मा चार टिम सहभागी थिए। विजेता टोलीले ट्रफी, मेडलसहित नगद रु १५ हजार प्राप्त गरेको छ भने उपविजेता टोलीले ट्रफी, मेडल र नगद रु १० हजार  प्राप्त गरेको हो ।समापन समारोह नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरूङको प्रमुख आतिथ्यतामा तथा नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा विशेष अतिथि थिए भने वडा नं ८ का अध्यक्ष सुर्य कुमारी राईको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ५६६ पटक पढिएको
  • पौडी खेल्न गएका एक युवक बेपत्ता

    इटहरी । तमोर नदीमा पौडी खेल्न गएका एक जना युवक बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका ७ भालुखोप निवासी भिमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार फिदिम बजारबाट साथीहरूसँग पौडी खेल्न गएका शिशिर खेल्दा खेल्दै नदीले बगाएको थियो । उनलाई तमोरले बगाएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरीको उद्वार टोली सँगै स्थानीयले दिनभर खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको प्रहरीको भनाई छ । आइतबार बिहानदेखि पुनः खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३९ पटक पढिएको
  • ब्राउन सुगरसहित इटहरीका एक युवक पक्राउ

    इटहरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ इस्राइलस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। हिजो (शनिवार) दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका–१७ निवासी २९ वर्षीय अभिनाश चौधरीलाई प्रहरीले शङ्का लागि रोकेर खानतलासी गर्दा उनले सर्टको खल्तीमा लुकाइ राखेको ३५।११ ग्राम ब्राउन सुगर फेला परेको हो। चौधरीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १३६ पटक पढिएको
  • झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

    इटहरी । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए।सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गर

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १२८ पटक पढिएको
  • बाँदरबाट जोगिन अदुवा खेती

    अक्षता याखा लिङ्खाइटहरी । बाँदर तथा अन्य जङ्गली जनावरले अन्य बालीको तुलनामा अदुवामा क्षति नगर्ने भएपछि हिलेका स्थानीय अदुवा खेतीतर्फ लागेका छन् । अन्य बालीभन्दा कम क्षति गर्ने र मूल्यसमेत राम्रो हुने भएकाले अदुवा खेती लाई व्यावसायिक बनाउँदै लगेको स्थानीय किसान विमला घिमिरे बताउनुहुन्छ । सोही ठाउँका अर्का किसान मेघराज खतिवडाले समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर क्षेत्रमा अदुवा खेती विस्तार गर्नुभएको छ। यो क्षेत्र बसाइँसराइको चपेटामा परेको क्षेत्र पनि हो । बसाइँसराइ पछि बस्ती घट्दा पछिल्लो समय बाँदरको बिगबिगी बढ्दो छ । यसबाट जोगिन केही वर्षअघिदेखि अदुवा खेती गर्दै आउनुभएका कर्णबहादुर लिम

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १४४ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    इटहरी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी  बल नेपाल (बिओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो ।  प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते राजवंशीको  बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १७९ पटक पढिएको
  • वैदेशिक रोजगार : चुनौतीको चाङ, ठोस कदम आवश्यक

    सुदिप पोखरेलनेपालको वैदेशिक रोजगारको अवस्था अत्यन्त जटिल छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, दैनिक झण्डै २०४४ भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा जाने गर्दछन । यही क्रम चलिरहने हो भने अबको २० वर्षमा करिब १ करोड ५० लाख युवा वैदेशिक रोजगारीमा हुनेछन । जुन अहिलेको नेपालको कुल जनसंख्याको लगभग आधा हो । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार पछिल्लो १५ वर्षको अवधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूको संख्या ५० लाख नाघिसकेको छ । तर, यो तथ्यांकले तिनै व्यक्तिहरूले दोहोर्याएर लिएको पुनः श्रम स्वीकृति पनि समेटेको छ । यसले देशबाट पलायन हुने श्रमशक्ति र जनसंख्याको संकट देखाउँछ । प

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]