All Posts By कोशी प्रेस

    Showing ६४१-६५० of १३,४२४ items.
  • गेगरले उकासिँदै सप्तकोशी

    इटहरी । सप्तकोशी नदीमा बाढीसँगै बगेर आउने बालुवा, गेगर, माटो र लेदोको उचित व्यवस्थापन हुन नसक्दा नदीको सतह उकासिँदै गएको छ । नदीको बहाब क्षेत्र गेग्य्रानले पुरिँदै जाँदा सामान्य बाढीमा समेत पानी तटबन्धको छेउसम्म पुग्ने गरेको छ । वर्षामा पहाडी तथा हिमाली क्षेत्रमा हुने भूक्षयका कारण ठुलो परिमाणमा बालुवा, गेगर र लेदो कोशीमा बगेर आउने गरेको छ । चतरा क्षेत्रमा पहाडी खोच पार गरेपछि समथर भूभागमा फैलिने नदीमा पानीसँगै आएको गेग्य्रान थुप्रिँदै जाँदा नदीको प्राकृतिक बहाब क्षेत्र पुरिँदै गएको स्थानीय हरिन्द्र राईले बताउनुभयो ।  वराहक्षेत्र–९ का स्थानीय गणेश निरौलाका अनुसार केही वर्षयता कोशीमा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ७२ पटक पढिएको
  • धनकुटामा १५१ उद्योग बन्द, १४८ नयाँ दर्ता

    इटहरी। धनकुटामा गत आर्थिक वर्ष २०८१/८२ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लामा प्रशासनतर्फ १२३ र वाणिज्यतर्फ २८ गरी १५१ उद्योग बन्द भएका हुन् ।सोही अवधिमा कार्यालयमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनतर्फ उत्पादनमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधितर्फ पाँच गरी १११ नयाँ उद्योग दर्ता भएका छ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ६२ पटक पढिएको
  • कोशीका १५९ जना अझै सम्पर्कविहीन

    इटहरी। रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन छन् ।बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १९३ जनामध्ये हालसम्म पाँच जनाको जीवित उद्धार गरिएको र २७ जना परिवारको सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीबाट प्रभावितमध्ये सोलुखुम्बुका नागरिकको

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ७२ पटक पढिएको
  • बाढीपीडितलाई हिमगिरि हाइजिनको ७० लाखको सामग्री सहयोग

    इटहरी । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सरसफाइ सामग्री सहयोग गर्ने भएको छ ।बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले कम्पनीले सहयोग गर्न लागेको हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवारको दैनिक जीवनमा सरसफाइका सामग्रीको अभाव हुन सक्ने र त्यसबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिमसमेत रहने भएकाले हाइजिन सामग्रीलाई राहतको महत्त्वपूर्ण हिस्सा बनाइएको कम्पनीले जनाएक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ८६ पटक पढिएको
  • बाढीपीडितका लागि पाख्रीबासको ३० लाख सहयोग

    इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।नगरपालिकाको कार्यपालिका बैठकले विपदबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख, जनप्रतिनिधिको सेवा–सुविधाबाट एक लाख ५३ हजार, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ४८ हजार ९४२

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ८७ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपः जर्जियन र सलहेस पहिलो सेमिफाइनल खेल खेल्दै

    इटहरी।अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार पहिलो सेमिफाइनल खेल हुने भएको छ । भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङ र सिराहाको सलहेस युथ क्लबबिच पहिलो सेमिफाइनल खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार मङ्गलबार हुने सेमिफाइनल खेल दिउँसो ३ बजे हुने छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार पाहुना टोली जर्जियन युनाइटेड आयोजक ताप्लेजुङ ११ लाई दुई–एक गोलअन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।त्यस्तै, ललितपुरको सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै सलहेस युथ क्लब सेमिफाइनल पुगेको आयोजक समितिका अध्यक्ष मादेन

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १०२ पटक पढिएको
  • सामाजिक सेवामा होटल तथा पर्यटन व्यवसायी संघ, आश्रमका बालबालिकालाई पौष्टिक भोजन

    इटहरी। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । संघका पदाधिकारी तथा सदस्यहरू धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा पुगेर अभिभावकविहीन तथा असहाय बालबालिकालाई एक छाक पौष्टिक भोजन गराएका छन् । संघले सामाजिक सेवाको अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै विभिन्न आश्रम तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि धरान, रामधुनी, भेडेटार, बराहक्षेत्र, इटहरीलगायतका क्षेत्रमा रहेका आश्रम तथा सामाजिक संस्थामा सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ । कार्यक्रममा जिल्ला

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ७२ पटक पढिएको
  • उदयपुरमा ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ

    इटहरी। उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो ।उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्न

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४९ पटक पढिएको
  • इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म सञ्चालनमा, २५१ प्रकारका खाद्य सामग्री उपलब्ध

    इटहरी । स्थानीय तथा अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म प्रालि सञ्चालनमा आएको छ । इटहरी–६, सीबी कलेज छेउमा फार्मको आउटलेट सञ्चालनमा ल्याइएको हो। संगीता शर्माले सञ्चालनमा ल्याउनुभएको फार्ममा हाल करिब २५१ प्रकारका खाद्य सामग्री उपलब्ध रहेको जनाइएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई गुणस्तरीय तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको सञ्चालक शर्माले बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक शर्माले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १८५ पटक पढिएको
  • सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न, ७० प्रशिक्षार्थीलाई प्रमाणपत्र

    इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा आबद्ध राष्ट्रिय महिला उद्यमी समिति सुनसरी र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा सञ्चालित सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ।इटहरीस्थित जेसिज भवनमा आयोजित तालिम समापन तथा सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा तालिममा सहभागी ७० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।राष्ट्रिय महिला उद्यमी समिति सुनसरीकी अध्यक्ष पूजा बोहराको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिल

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १,०३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]