इटहरी । केही दिनयता बढेको अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थालेपछि बुधबार एक दिन बिदा दिइएको हो । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै शिक्षण संस्थाहरूबाट गुनासो आएपछि इटहरी उपमहानगरपालिकाले बुधबार सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बर्से बिदाबाट कटौती हुने गरी बिदा दिएको इटहरी उपमहानगर पालिकाका कार्यवहाक नगर प्रमुख संगीताकुमारी चौधरीले ज
इटहरी । भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह भने फरार रहेकाले खोजी भइरहेको छ । गोलु जोगवनीका लागुऔषध कारोबारी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोकनजिक
इटहरी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले आफुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन् । इटिसी नेपाल काठमाडौँको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरण कार्यक्रममा आवद्ध महिलाहरुले कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथा वाचन गरेका हुन् । विगत चार वर्षदेखि सेभ द अर्थले सञ्चालन गरिरहेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरणका लागि सञ्चालित ४४ समूहमा आवद्ध महिलाहरुको सहभागितामा सफलताको कथा वाचन कार्यक्रम राखिएको एकीकृत सामुदायि
इटहरी । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । होटल गरिमा लिमिटेडले एनआईएमवी एस क्यापिटलसँग आइपिओको रोडम्याप सम्झौता गरेको हो । होटल गरिमाका तर्फबाट रोडम्याप आईपिओका लागि प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आइपिओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणम
इटहरी । झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ । मङ्गलबार अर्जुनधारा –११ नयाँ बस्तीस्थित चियाबगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला पर्नु भएको थियो । तातो घाममा कामी ढलेको अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेको बताइएको छ । यसैगरी, बिर्तामोड नगरपालिका–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत अवस्थामा भेटिनु भएको छ । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार अधिक गर्मीकै क
इटहरी । नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी भएका छन् । राजदूत छनले मङ्गलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी बनाउने उद्योगको अवलोकन गरे भने आज अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहेका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुङ्गेलले जानकारी दिए । एक हजार ९०० विद्यार्थीलाई सहयोग बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार ९०० विद
इटहरी । मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाममार्फत पुनः जडानका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । त्यसमध्य
इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको आयोजना तथा नेपाली सेनाको भगवतीदल गणको समन्वयमा “अभ्यास मनसुन–५” नामक दुई दिने एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत पहिलो दिन इटहरी उपमहानगरपालिका–१ मा भएको टेबल टप अभ्यासको क्रममा विपद् हुँदा उद्धार टोलीलाई छिटो र प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पर्ने छोटो र वैकल्पिक मार्गको पहिचान, उपलब्ध उद्धार सामग्रीहरूको उपयोग, हेलिकोप्टर ल्यान्डिङ गर्न मिल्ने स्थानहरूको छनोट लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विपद् व्यवस्थापनका क्रममा सबै संयन्त्र एकजुट भएर
इटहरी । झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको भैँसी चोरी गरेर बिक्री गर्न लागेको अवस्थामा १९ वर्षीय बिनोद बनियाँलाई पक्राउ गरिएको छ । बनियाँले भैँसी चोरेर झापा गाउँपालिका र बाह्रदशी गाँउपालिकाको सिमानामा रहेको बिरिङ खोला पुर्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बनियाँले भैँसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई सस्तोमा भैँसी बिक्री गर्न खोज्दा स्थानीयले भैँसी चोरेर ल्याए
इटहरी । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.