इटहरी। मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ स्थित पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक मौसम उदासका अनुसार वडा नं ३ स्थित घरबाट रामपुर बजारतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो । दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको शनिबार बिहानमात्र थाहा भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब निरीक्षक उदासले बताउनुभयो ।
इटहरी। मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर कुटी काट्ने मेसिन वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो । संयोजक यादवका अनुसार महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्यापकटर हस्तान्तरण गरिएको हो । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्यापकटर प्राप्त गरेका छन् । कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्
इटहरी। ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभ्लपर दीक्षित भएका छन् । आइटी एकेडेमीले शुक्रबार दीक्षान्त समारोहको आयोजना गरी डेभ्लोपरलाई प्रमाणपत्र वितरण गरेको हो । दीक्षान्त समारोहमा तालिम अवधिमा विद्यार्थीले निर्माण गरेको चारवटा वेबसाइट सार्वजनिक गरिएको छ । जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरी वेबसाइट सार्वजनिक गरिएको आइटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको ६ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभ्लोपर बनाइएको छ । एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन
इटहरी | सौन्दर्य व्यवसायमा नवीनता, दक्षता र व्यावसायिक क्षमताको विकासलाई लक्ष्य बनाई अल अरोमाले इटहरीस्थित त्रियुगा होटलमा एक भव्य प्रोफेशनल ब्यूटी एण्ड हेयर मास्टर क्लास आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन अल अरोमा नेपालका नेशनल सेल्स म्यानेजर श्री जगन्नाथ चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रम कोशी प्रदेशभरिका विभिन्न क्षेत्रबाट सहभागी भएका ३०० भन्दा बढी ब्युटिसियन महिलाहरूको उपस्थितिमा अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो। मास्टर क्लासको मुख्य आकर्षण रहिन् — भारत, कोलकाताबाट आउनुभएकी अनुभवी हेयर टेक्निसियन मोनालिसा रोय बेनर्जी, जसले सहभागीहरूलाई हेयर केयर, स्टाइलिङ र आधु
इटहरी | नेपाल तामाङ संघ कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा सुबास मोक्तान सहित निर्वाचित २८ जनाको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।नेपाल तामाङ संघ कोशी प्रदेश संयोजक सुबास तामाङ मोक्तानको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे । स्वागत मन्तव्य नेपाल तामाङ संघ सुनसरी जिल्ला सभापति मनोज तामाङले राख्नु भएको थियोे ।अधिवेशन विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देशका साथ सम्पन्न भयो।सांस्कृतिक कार्यक्रम अन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थि
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोग्रस्त क्षेत्रमा बाँसको बिरुवा वितरण गरिएको छ । पहिरोग्रस्त क्षेत्र वडा नम्बर ३ र ४ साँघुमा गाउँपालिकाले ‘मोसो’ प्रजातिको बाँसको बिरुवा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रण गर्न अर्थात भू–क्षय रोक्ने साथै पर्यावरण जोगाउने उद्देश्यले बाँसको बिरुवा वितरण गरिएको हो । बाँस रोप्दा भू–क्षय रोक्नमा सहयोग पुग्ने पाइएपछि पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई बाँसको बिरुवा वितरण गरेको अध्यक्ष वनेमले बताउनुभयो । पहिरो गइरहने क्षेत्रमा मोसो प्रजातिको बाँस रोप्नाले अन्य बोट, बिरुवा वा वनस्पतिक
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित मुर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ । मासु खाने क्रममा हड्डी अड्किदा ७८ वर्षीय प्रेमबहादुर लिम्बुको मृत्यु भएको हो । यही जेठ २१ गते राति घरमा मासु खाँदा हड्डी अड्किएको थियो । घाँटीमा मासुको हड्डी अड्किएपछि लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । शुक्रबार राति उपचारका क्रममा विराट टिचिङ अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता डीएसपी खनालका अनुसार उपचारको क्रममा शुक्रबार राति करिब&nbs
इटहरी । सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका–१ स्थित आमवासीमा रहेको त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेजी गरेको छ । त्रियुगा नदी नियन्त्रणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७० सालमा उक्त आयोजना कार्यालय स्थापना गरिएको थियो तर आर्थिक वर्ष २०८२र८३ देखि लागु हुने गरी केही दिनपहिले नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयले उक्त आयोजना खारेजी गरेको छ । कार्यालय खारेज भए पनि नदी नियन्त्रणको काम भने पूर्ववत् रूपमा अगाडि बढाइने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । झन्डै आठ अर्बको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भए
इटहरी । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने चार जनालाई सम्मान गरिएको छ । यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्रसहित मञ्चले बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहीहरुलाई सम्मान गर्नुभएको हो । रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरुप्रति उच्च सम्मान रहेको बताउनुभयो । सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिने भए पनि मध्यम प
भोजपुर । शिक्षालाई उज्यालो भविष्यको आधार मानेर अरुण गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको "विद्यार्थी सिकाइ मेला २०८२" वडानं. ३ स्थित शारदा मा. बिको सभालमा भव्य रूपमा सम्पन्न भएको छ। आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिभाको प्रस्तुतीकरणका लागि आयोजित यो कार्यक्रमले स्थानीय शिक्षा क्षेत्रमा नविन उत्साह ल्याएको छ।कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष कुमार कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष विनिता ढकाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीको उपस्थितिमा कार्यक्रम भएको थियो।सिकाइ मेलाले विद्यार्थीहरूलाई सिर्जनात्मक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.