All Posts By कोशी प्रेस

    Showing ६३१-६४० of १३,४२४ items.
  • मिक्लाजुङमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

    इटहरी । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार तथा अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष राईले आवश्यकता पहिचानका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि वि

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३४३ पटक पढिएको
  • कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषणको जोखिम बढ्दो

    इटहरी। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । त्यस्तै, मोरङमा १६ हजार ७८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २० प्रतिशत, उदयपुरमा ७ हजार ९१२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । यस्तै, संखुवासभामा ५ दशमलव ८० प्रतिशत, धनकुटामा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १४५ पटक पढिएको
  • भारतबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध बरामद

    इटहरी। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध मंगलबार बरामद भएको छ ।सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्ति प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएका थिए ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार प्रहरीले उक्त झोला खोलेर चे

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३९ पटक पढिएको
  • दुहबीमा निर्माणाधीन भवनबाट खसेर ३६ वर्षीय मजदुरको मृत्यु

    इटहरी । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट खसेर मंगलबार बिहान एक जना मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा दुहबी नगरपालिका–६ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन्। उनी दुहबी–८ सोनापुरस्थित अरिहन्त ओम एग्रो लिमिटेडको निर्माणाधीन भवनमा मजदुरका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजे फलामको तार बोकेर भवनको सिँढीबाट माथिल्लो तलामा जाने क्रममा मण्डल अचानक चिप्लिएर करिब २० फिट तल भुइँमा खसेका थिए।गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे इलाका प्रहरी कार्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३३ पटक पढिएको
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    इटहरी। धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।नेपालमै पहिलोपटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यसहित २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त क्षेत्रमा उद्योग सञ्चालनका लागि हाल १४ वटा ब्लक निर्माण गरिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिए पनि हाल १४ मध्ये ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् ।औद्योगिक ग्रामको पूर्ण क्षमतामा उपयोग हुन नसक्दा स्थानीय कच्चापदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १०६ पटक पढिएको
  • अवैध उत्खननमा प्रयोग भएका पाँच ट्र्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

    इटहरी :  मोरङका विभिन्न खोलाबाट ढुंगा तथा बालुवा उत्खनन र ओसारपसार गरिरहेको अवस्थामा पाँचवटा ट्र्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सोमबार गरेको निगरानीका क्रममा ती ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको प्रदेश १–०४–००१ त ०३४२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ सिमानाको बस्तीस्थित मावा खोलाबाट बालुवा उत्खनन गरिरहेको अवस्थामा प्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १४८ पटक पढिएको
  • पाँचथरमा चार महिनामा विपदबाट १३ करोड ८१ लाखको क्षति

    इटहरी । पाँचथरमा २०८३ वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा विपद्का ४८ घटना भएका छन् । ती घटनाबाट जिल्लामा १३ करोड ८१ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले जनाएको छ ।समितिको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा बाढी, पहिरो, आगलागी र हावाहुरीका घटनाबाट उक्त क्षति भएको हो । विपद्का कारण एक जनाको मृत्यु भएको छ भने २७१ चौपाया मरेका छन् । सबैभन्दा बढी क्षति बाढी र पहिरोबाट भएको तथ्याङ्कमा उल्लेख छ ।वैशाखदेखि असारसम्म बाढीबाट मात्रै १२ करोड १२ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीले चारवटा जलविद्युत् आयोजना, सडक, झोलुङ्गे पुल र मकैबालीमा क्षति पुर्‍याएक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १०२ पटक पढिएको
  • झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँबाट १५ लाखको सामान बरामद

    इटहरी :   झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँस्थित   बहुवन सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि भ्यान र त्यसमा रहेको सामान छाडेर चालकसहितका व्यक्ति फरार भएका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८ कार्टुन हुक्का फ्लेवरसहित भारतीय नम्बर प्लेटको भ्यान सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल, टिमाईबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट डब्लूबी ७४ एस ३३६५ को मारुती सुजुकी भ्यान र त्यसमा लोड गरिएको हुक्का फ्लेवर बरामद गरेको हो।  नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १० जना सशस्त्र प्रहरीको मोबाइल टोली भदौ १४ गते बिहान ७ः१० बजे ड

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ८८ पटक पढिएको
  • सुनसरीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, उदयपुरमा पनि एकको ज्यान गयो

    इटहरी स्  सुनसरी र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।दक्षिण बसन्तपुरबाट हरिनगरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ५० एसी ०७५५ को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को १३ प १८२० नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ६ः३५ बजे ठोक्किएका थिए। दुर्घटनामा भारतीय मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का करिब ३५ वर्षीय सञ्जय म

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ८७ पटक पढिएको
  • झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

    इटहरी । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]