All Posts By कोशी प्रेस

    Showing ६,३२१-६,३३० of १३,६४४ items.
  • मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थाले, सात दिनमा ३० जनामा सङ्क्रमण

    काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा। चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमाना पर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए। सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्च

    • प्रकाशित मितिः असार ५, २०८२
    • २८४ पटक पढिएको
  • शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका द्धारा शववाहन सञ्चालनमा

    इटहरी । शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नौ लाख १३ हजार रुपैयाँ खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएको बताए । एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो । अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो । गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्

    • प्रकाशित मितिः असार ५, २०८२
    • ३९३ पटक पढिएको
  • श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

    इटहरी ।  बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका(६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकको आवेदन सङ्कल

    • प्रकाशित मितिः असार ५, २०८२
    • ३३५ पटक पढिएको
  • लेटाङमा नेपालकै सबैभन्दा ठुलो जाँतो

    इटहरी । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठुलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। उक्त जाँतो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ। जाँतोबाट नामकरण

    • प्रकाशित मितिः असार ५, २०८२
    • २९१ पटक पढिएको
  • डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध

    इटहरी । डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१(८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा। सोनाम भलले जानकारी दिए । कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई ११ लाख १८

    • प्रकाशित मितिः असार ५, २०८२
    • ३१८ पटक पढिएको
  • इलामको चुलाचुलीबासीलाई जग्गाधनी लालपुर्जा वितरण

    इटहरी । बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देखाउँदै हुनुहुन्थ्यो । जन्मँदै भूमिहीन फागोले ६० को दशक पार गरेपछि जग्गाधनी पुर्जा हात पार्नुभएको हो । वर्षौंदेखि बसोबास गर्दै आएका तर आफ्नो नाममा लालपुर्जा नपाएका चुलाचुली गाउँपालिकाका ३१ बसोबासीको खुसी भक्तबहादुरको जस्तै थियो । भूमि समस्या समाधान आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गरेर बुधबार ३१ जनालाई लालपुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा  पाएसँगै चुलाचुलीबासी खुसी छन् । वर्षौंदे

    • प्रकाशित मितिः असार ५, २०८२
    • २६४ पटक पढिएको
  • भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

    इटहरी । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिए

    • प्रकाशित मितिः असार ५, २०८२
    • ३२९ पटक पढिएको
  • इटहरी वडा नं. ४ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरू

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । असार ४ गतेदेखि सुरू भएको कार्यक्रम असार ९ गते सम्म उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा हुनेछ कार्यक्रम प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आथित्यतामा सुरु गरिएको थियोे । तालिमको प्रशिक्षण सिमा बस्नेत ले गरिरहनुभएको छ । तालिममा ३५ जना बढीको सहभागीहरू रहेको छ । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्

    • प्रकाशित मितिः असार ५, २०८२
    • ४३० पटक पढिएको
  • (इन्सेक) कोशी प्रदेशको मानवअधिकार विषयक संवाद कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबिच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो ।सहभागी पत्रकारले समाचार सङ्कलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुव्र्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गर्नुभएको थियो ।पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्

    • प्रकाशित मितिः असार ४, २०८२
    • ४३० पटक पढिएको
  • इजरायलका राजदूत ऐरी र अन्तर्राष्ट्रिय सम्बन्ध समिति संयोजक भगबती चौधरीबीच भेटवार्ता

    सुबास घिमिरे / काठमाडौँ, नेपालका लागि इजरायलका राजदूत श्मुलिक ऐरी बास र प्रतिनिधिसभाको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक माननीय भगवती चौधरीबिच काठमाडौँमा भेटवार्ता सम्पन्न भएको छ।शिष्टाचार भेटका क्रममा दुई देशबिचको मैत्री सम्बन्ध, कृषि, सूचना प्रविधि (आइटी), युवा रोजगार, तथा इजरायलमा रहेका नेपाली कामदारहरूको सुरक्षा लगायतका विषयमा विशेष छलफल भएको थियो। साथै, कृषि, ऊर्जा तथा नव प्रवर्द्धनात्मक विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि गम्भीर र सौहार्दपूर्ण कुराकानी भएको भेटमा सहभागी स्रोतले जानकारी दिएका छन्।माननीय चौधरीले नेपाल–इजरायल सम्बन्ध विगतदेखि नै आत्मीय र सुमध

    • प्रकाशित मितिः असार ४, २०८२
    • ३०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]