All Posts By कोशी प्रेस

    Showing ६,२९१-६,३०० of १३,६५२ items.
  • ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इटहरीमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

    इटहरी । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन इटहरी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन योग प्रशिक्षण तालिम सञ्चालन गरियो । तेस्रो दिन सुगर, प्रेसर, थाइराइड, ग्यास्ट्रिक तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर , चौथो दिन ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुसँग योग ध्यान कार्यक्रम , पाँचौं दिन मानव धर्म सेवा समितिमा प्रोटोकल अभ्यास , छैठौं दिन साधना केन्द्र, इटहरीमा यज्ञ

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३०५ पटक पढिएको
  • रेडस्टार माविमा दुई दिने प्रथम रेडस्टार स्काउट मित्रता क्याम्प सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरेमा रेडस्टार माध्यमिक विद्यालयको आयोजनामा दुई दिवसीय  प्रथम मित्रता क्याम्प सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा आयोजित सो क्याम्प विभिन्न आपतकालीन अभ्यासहरू  गर्दै  समापन भएको हो । शुक्रवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक  मोहनप्रसाद तुम्वापोले नेपालको राष्ट्रिय झण्डा र उप प्रमुख देवीमाया काफ्लेले स्काउटको झन्डोत्तोलन गर्दै उद्घाटन गर्नुभएको उक्त क्याम्पमा विद्यालयका विभिन्न कक्षाहरूमा अध्ययनरत ६३ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । क्याम्पका अवसरमा प्राकृतिक विपत्ति तथा आगलागी जस्ता घटनाहरूमा कसरी स्काउटकर्मी

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३८७ पटक पढिएको
  • ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपियो

    इटहरी। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो। किसान महासङ्घ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान गरिएको हो। फुङ्लिङ नगरपालिका निवासी किसान महासङ्घ जिल्ला समितिकी उपाध्यक्ष फूलमाया गुरुङको करिब पाँच रोपनी जग्गामा अलैँची रोपिएको फुङ्लिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले जानकारी दिनुभयो। योङ कम्युनिस्ट लिग नेपाल वाइसिएलका प्रदेश कमिटी सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार एक हजार अलैँचीको विरुवा रोपिएको हो। अलैँची रोप्न श्रमदान गर्नेमा नेकपा ९माओवादी केन्

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३३५ पटक पढिएको
  • एकीकृत सेवामार्फत ताप्लेजुङका २६ सेवाग्राहीले लिए करसम्बन्धी सेवा

    इटहरी । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले करदाता सेवा कार्यालय पाँचथरसँगको सहकार्यमा ताप्लेजुङमै करदातासँग सम्बन्धित सेवा प्रदान गरेको छ। करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसँग सम्बन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ। करदाताहरूको आवश्यकता बुझेर ताप्लेजुङबाटै सेवा प्रवाह हुने गरी एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिए। उनका अनुसार एकीकृत सेवा वितरणका क्रममा १९ वटा उद्योग दर्ता भएका छन्। ९ वटा उद्योगको नाम परिवर्तन सम्बन्धी सेवा प्रदान गरिएको छ। ७ वटा उद्योगको उ

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३०८ पटक पढिएको
  • सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    इटहरी । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो । सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ । चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्

    • प्रकाशित मितिः असार ७, २०८२
    • २८० पटक पढिएको
  • सङ्खुवासभामा ३१ करोडभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । खाँदबारीस्थित करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार अझै १६ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न बाँकी छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित जरिवाना छुटसम्बन्धी सार्वजनिक कार्यक्रममा विभागका निर्देशक तथा सूचना अधिकारी वासुदेव पौडेलले, बाँकी कर तिर्ने करदातालाई २०८२ पुस मसान्तसम्म जरिवाना र ब्याज छुट दिने बताउनुभयो । ढुवानी साधनको भाडा, सामाजिक संस्था र अवकाश कोषमा लाग्ने कर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा आय विवरण नबुझाएका करदातालाई छुट दिन सकिने निर्देशक पौडेलले बताउनुभयो । खाँदबारी कर कार्यालयको तथ्याङ्कअ

    • प्रकाशित मितिः असार ७, २०८२
    • २६९ पटक पढिएको
  • ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु

    इटहरी । ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु, बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको हो । सडकको ट्रयाक निर्माण भएको करिव अढाइ दशकपछि स्तरवृद्धि अर्थात कालोपत्रे गर्न सुरु गरिएको हो । बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको ९।८ किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम अहिले धमाधम गरिँदै आएको छ । निर्माणको जिम्मा पाएको एपेक्स कन्स्ट्रक्सन प्रालिले कालोपत्रेको काम गरिरहेको हो । निर्माण कम्पनीका सम्पर्क निर्देशक अनिलकुमार चौधरीका अनुसार चालु आर्थिक वर्षभित्र बहानन्देदेखि सिकारी डाँ

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३६७ पटक पढिएको
  • विपत् व्यवस्थापनको तयारी गर्न निर्देशन

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा विपत्तिको रूप लिने गरेको बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कोशी प्रदेशका सबै जिल्लामा प्रभावकारी विपत् व्यवस्थापनको तयारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा विशेष ध्य

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३३० पटक पढिएको
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    इटहरी । झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको ज्यान गएको हो । मे। १ ख। ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे। ९ प। ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते बन्नु भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीय निम्स अस्पतालमा उद्धार गरी उपचारका लागि पुर्‍याइएको

    • प्रकाशित मितिः असार ७, २०८२
    • २५२ पटक पढिएको
  • ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी

    इटहरी । ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जना कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी, महिला कैदीबन्दीका लागि कारागार नभएका कारण अन्य जिल्लामा हस्तान्तरण गरिँदै आएको छ ।जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]