All Posts By कोशी प्रेस

    Showing ६,२७१-६,२८० of १३,६५२ items.
  • कतारमा संखुवासभा समाजद्वारा नौमती बाजाको औपचारिक उद्घाटन

    इटहरी । “संखुवासभालिको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान“ भन्ने मुल नारासहित सक्रिय संखुवासभा समाज कतारले भित्र्याएको मौलिक नौमती बाजाको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ । कतारको सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित समारोहमा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा पञ्चेबाजा प्रदर्शनी गरिएको हो । कार्यक्रममा बाजाको तालमा नेपाली दूतावासको सम्पूर्ण टोलिलाई स्वागत गरिएको थियो । संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संखुवासभा समाजका अध्यक्ष राजेन्द्र खनालले पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको मौलिक पञ्चेबाजालाई प्रवासी भूमि

    • प्रकाशित मितिः असार ८, २०८२
    • २४७ पटक पढिएको
  • झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

    इटहरी । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो । उनका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३४२ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले अबदेखि मासिक रूपमै तलब भत्ता पाउने भएका छन्। आगामी नयाँ आर्थिक वर्षदेखि गाउँपालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलबभत्ता बुझ्न पाउने भएका हुन्। गाउँपालिकाको १७ औँ सभा तथा अधिवेशनले शिक्षकलाई मासिक रूपमै तलबभत्ता पाउने व्यवस्था मिलाउने गरी नीति अवलम्बन गरेको छ। गाउँपालिकाको नीतिगत व्यवस्थासँगै पालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने भएका हुन्। गाउँपालिकाले सम्बन्धित शिक्षकको बैँक खातामा तलब रकम निकासा गर्ने भएको हो। हाल सिदिङ्वाका विद्यालयमा कार्यरत शिक्षकले त्रैमासिक रूपमा तलब पाइरहेका छन्।   यता नयाँ आर्थिक वर

    • प्रकाशित मितिः असार ८, २०८२
    • ४११ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका द्धारा किसानलाई हाते ट्रयाक्टर वितरण

    इटहरी। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ। धान खेती लगाउने मुख्य समयलाई लक्षित गरी गाउँपालिकाले खेतबारी जोत्नमा प्रयोग गरिने हाते ट्रयाक्टरसहित कृषि औजार वितरण गरेको हो। गाउँपालिकाभित्रका किसानलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले औजार वितरण गर्नुभएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टरसहितका कृषि उपकरण तथा औजार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सङ्गम पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार २० वटा हाते ट्याक्टरका साथै कृषि स्प्रेयर र टनेल वितरण गरिएको छ। चालु आर्थिक वर्षको मागका आधारित कृषि का

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३४७ पटक पढिएको
  • एमाले कोशीको आर्थिक सुधार अभियान , सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत

    इटहरी । कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो ।  भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने

    • प्रकाशित मितिः असार ८, २०८२
    • ४१४ पटक पढिएको
  • भोजपुरमा भूमि आयोगले थाल्यो सुकुम्बासी प्रमाणीकरण

    इटहरी । भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि संकलित तथ्यांकका आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए । सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३७५ पटक पढिएको
  • खोटाङमा तीन लाखभन्दा बढी मृतकको नाममा भत्ता भुक्तानी, अनियमित खर्चको खुलासा

    इटहरी । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०८०र८१ मा मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको पाइएको छ । मृत्यु भइसकेका विभिन्न १६ जनाको नाममा तीन लाख बढी रकम निकासा भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको हो । प्रतिवेदन अनुसार वडा न १ मा तीन जना, २ मा चार जना, ३ मा एक जना, ४ मा दुई जना, ५ मा दुई जना, ६ मा एक जना र ७ मा तीन जना गरी १६ जनाको तीन लाख सात हजार ६ सय २५ रुपैयाँ निकासा भएको औंल्याएको छ । उक्त रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्नु पर्ने उल्लेख प्रतिवेदनमा गरिएको छ । त्यस्तै, पेट्रोल खरिदमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ बिक्री व

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३३० पटक पढिएको
  • सुनसरीमा सर्पले डसेर बालिकाको मृत्यु

    इटहरी । सुनसरीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका ८ मा शनिबार आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पले डसेर १२ वर्षीया नबिजन खातुनको मृत्यु भएको हो। दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा ल्याएर उपचार सम्भव नभएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३०७ पटक पढिएको
  • भोजपुरको षडानन्दमा ८ सय घरमा ‘एक घर एक धारा’, पानीको पुरानो समस्या समाधानतर्फ

    इटहरी ।  लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो । बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताउनुभयो । एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताउनुभयो । षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर

    • प्रकाशित मितिः असार ८, २०८२
    • २६८ पटक पढिएको
  • विराटनगरमा ५७ वर्षपछि नयाँ रथ निर्माण, दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको तयारी तीव्र

    इटहरी। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विशेष उत्सवका रूपमा निकालिने राधाकृष्णको रथ नयाँ बनाइँदै छ । विराटनगरको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट भगवान् राधाकृष्णको प्रतिमा राखेर धुमधामका साथ निकालिने रथ ५७ वर्ष पुरानो भइसकेकाले यस वर्षका लागि भने नयाँ बनाउन थालिएको हो ।  राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार २०२५ सालमा निर्माण भएको रथ निकै जीर्ण भएकाले नयाँ निर्माण थालिएको हो । यसका लागि विराटनगर महानगरपालिकाले ४४ लाख ७८ रुपियाँ बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो । अध्यक्ष रेग्मीका अनुसार नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फि

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]