All Posts By कोशी प्रेस

    Showing ६,२६१-६,२७० of १३,६५२ items.
  • कोशी गाउँपालिकाको बजेट ६० करोड नौ लाख

    इटहरी।  सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ । कोशी गाउँपालिकाको १९ औं गाउँसभा अध्यक्ष ऐयुब अन्सरीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक विभिन्न विकासात्मक योजनाका लागि रकम विनियोजन गर्नुभएको छ । यसैगरी, अध्यक्ष अन्सारीले विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गर्नुभएको छ । सभामा राजस्व सङ्कलनमा उत्कृष्ट काम गरेको भन्दै कोशी गाउँपालिका १ नम्बर वडा कार्यालयलाई सम्मानित गरिएको छ । सुनसरीको कोशी गाउँपालिकाका ८ वटा वडामध्ये सबैभन्दा धेरै राजस्व सङ्कलन गरेकाले कोशीको १ नम्बर वडा कार्यालयलाई सम्मानित

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३८३ पटक पढिएको
  • भोजपुरको दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु

    इटहरी । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो । आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताउनुभयो । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उहाँको भनाइ छ । यो स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रामप्रसाद राई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्

    • प्रकाशित मितिः असार ९, २०८२
    • २८७ पटक पढिएको
  • ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै

    इटहरी  । ताप्लेजुङका तीन स्थानीय तहले सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै छन् । जिल्लाको मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट राजस्व र व्यय अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्दछ । सोही व्यवस्थाअनुसार यहाँका तीन स्थानीय तहले सोमबार आगामी आवको बजेट सार्वजनिक गर्न लागेका हुन् । तीनवटै पालिका ९स्थानीय तह० ले मध्याह्न १

    • प्रकाशित मितिः असार ९, २०८२
    • २३५ पटक पढिएको
  • कोशीटप्पुमा रमाउँदै पुष्पा र अञ्जली

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षणमा रहेका पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एकसिङे दुई वटा गैँडा कोशीटप्पुको वातावरणमा फस्टाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोज १० गते दुई वटा पोथी गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएका थिए । उहाँका अनुसार यहाँको वासस्थान गैँडाका लागि उपयुक्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिको अध्ययनले कोशीटप्पुमा गैँडाका लागि अनुकूल वातावरण रहेको सिफारिस गरेपछि पुष्पा र अञ्जलीलाई त्यहाँ पु¥याइएको थियो । आरक्षभित्रको तीन हेक्टर क्षेत्रफलको इन्क्लो

    • प्रकाशित मितिः असार ९, २०८२
    • १९८ पटक पढिएको
  • अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न

    इटहरी । अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ । सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् । अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३७५ पटक पढिएको
  • विवादका कारण पथरी–ज्यामिरे सडक निर्माण रोकियो

    इटहरी । मोरङको पथरी–जाँते–हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त कहिले स्थानीयको अवरोधका कारण रोकिएको यो सडक पछिल्लो समय निर्माण कम्पनीबिचको विवादले रोकिएको हो । कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अगाडि बढाएको यो सडक तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते ठुलो तामझामसाथ शिलान्यास गर्नुभएको थियो । राईले तीन वर्षभित्रमा सडक निर्माण गरेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो तर पाँच वर्ष सात महिना बितिसक्दा पनि १७ किलोेमिटर लम्बाइको सडक अझै कालोपत्रे भइसकेको छैन । लेटाङक

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३२७ पटक पढिएको
  • धनकुटामा सुतेको अवस्थामा एक पुरुष मृत फेला

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, स्थित ढुङ्गेमा एक जना पुरुष मृत भेटिएका छन् । स्थानीय एक घरमा भाडामा बस्दै आएका पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका हन् । मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका–११ वस्ने ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर हुनुहुन्छ । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिई बस्दै आएका मगर सोमबार बिहान सुतेकै अवस्थामा करिब साढे ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्त खनालका अनुसार मृत भेटिएका मगर भेडेटारस्थित आहाले महाभारत भित्री सडक खण्डमा मजदुरी काम गर्दै आएका थिए । मृत भेटिएका मगरक

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३२० पटक पढिएको
  • रामधुनी नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक

    इटहरी । रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख शंकर लाल चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले सामाजिक विकास, स्वास्थ्य सेवा, युवा, खेलकुद र उद्यमशिलता, सामाजिक समावेशीकरण तथा सुरक्षा, भाषा संस्कृति र प्रविधिको प्रवद्र्धन, वातावरण संरक्षण, आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, भौतिक पूर्वाधार विस्तार, विपद् व्यवस्थापन, सुशासन र संस्थागत सुधार जस्ता बहुआयामिक क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ । यो वर्षका लागि नगरपालिकाले कुल  ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ को

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३०५ पटक पढिएको
  • बिरामीसँग नियमित संवादमा नगरप्रमुख गुरागाई

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले नियमित रूपमा नगर अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै आउनुभएको छ । सुन्दरहरैंचा–१ स्थित नगर अस्पतालमा उपचाररत बिरामीहरूसँग नगरप्रमुख गुरागाईले स्वास्थ्य स्थिति, सेवा सुविधा तथा चिकित्सकहरूको व्यवहारबारे प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ । नगर अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूले नगरप्रमुखको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन् । नगरप्रमुखको नियमित अनुगमन र संवेदनशीलताले अस्पतालमा सेवा गुणस्तरमा सकारात्मक प्रभाव परेको बताइन्छ । बिरामीहरू मात्र होइन, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि थप उ

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३८० पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

    इटहरी । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा  गरिएको छ । आईतबार पथरी शनिश्चरे वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समारोहमा मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, स्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ

    • प्रकाशित मितिः असार ८, २०८२
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]