इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाले गाउँसभाको १६ औं अधिवेशनमा आर्थिक वर्ष २०८२र०८३ का लागि ७९ करोड ९२ लाख ८७० रुपियाँको बजेट प्रस्तुत गरेको छ । पालिकाको सभाहलमा भएको गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष पौडेलले आम्दानी तर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपियाँ आन्तरिक आम्दानी हुने अनुमान गर्नु भएको छ । यस्तै नदीजन्य दहत्तर बहत्तरबाट १३ करोड १२ लाख एक हजार ५०६ रुपियाँ मालपोत रजिष्ट्रेसनबाट एक करोड नौ लाख ८१ हजार ६३ रुपियाँ र विज्ञापन करबाट ३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट राजस्व बाडँफाँट ७४ लाख २९ हजार, सङ्घीय
इटहरी । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् खर्च नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले समेत अनियमिततर्फको बेरुजु देखाएको छ । लामो समयदेखि उपमहानगरपालिकामा कार्यरत इन्जिनियर चौधरीमाथि वातावरण प्रदूषण अनुगमन र नियन्त्रणको जिम्मेवारीमा रहँदा व्यापक अनियमितता गरेको स्थ
इटहरी । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०।५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् । नेपाली चियाको निर्यातको अवस्था हेर्दा पनि गत वर्षभन्दा यो वर्ष निकै राम्रो छ । चालु आवको ११ महिनामा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार मूल्य बराबरको चिया निर्यात भएको झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले जनाएको छ । यो अवधिमा एक करोड ४४ लाख ६३ हजार ३३५ किलो चिया निर्यात भएको छ । आव २०८०र८१ को ११ महिनामा भने दुई अर्ब ५२ करोड ८३ लाख दुई हजार रुपियाँ मूल्यको चिया निर्यात भएको थियो । गत वर्ष एक करोड १४ लाख ९
इटहरी । कोशी प्रदेशका उद्योगी व्यवसायीले घरजग्गा तथा रियल स्टेट कर्जाको सीमा ५० प्रतिशतभन्दा बढी बनाउनुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिसँग सम्बन्धित रहेर लिखित सुझाव पठाएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीले घरजग्गा तथा रियल स्टेट कर्जा र त्यसको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’ बिचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशत मात्र कायम हुनुपर्ने माग गरेको हो । महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्द
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक, विनियोजन विद्येयक र आर्थिक वर्ष २०८२र८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य प्रस्तुत गरेका थिए । चालुतर्फ ३२ करोड ६२ लाख ४२ हजार ३९७ रुपैयाँ र पूँजीगततर्फ १५ करोड ८ लाख रुपैयाँ गरी कुल ४७ करोड ७० लाख ४२ हजार ३९७ रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष किरातीले बताउनुभयो । बजेट वक्तव्यमा गाउँपालिकाले स्थानीय आवश्यकता,
इटहरी । मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेको सवारीसाधन बाटैमा रोमिएका छन् । यस्तै, बाढीका कारण फिदिम याङनाम फालौट सडक खण्डमा पर्ने फेमे र मुवा खोलाका डाइभर्सनमा पनि आं
इटहरी । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार
सुनसरी / २०८२ असार ९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाको प्रमुख आतिथ्यतामा समीक्षा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा सन् २०२५ जनवरीदेखि जुन २० सम्म इन्सेकले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ४४ ओटा घटना इन्सेकले अभिलेख गरेको जिल्ला प्रतिनिधि जयकृष्ण यादवबाट प्रस्तुत गरिएको छ ।प्रस्तुत घटनाहरुमध्ये घरे
संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि
मोरङ | केराबारी गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सुरु भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गाउँपालिकाले कृषि, पर्यटनसहितको पूर्ण पूर्वाधार – समृद्ध केरावारी हाम्रो आधार” भन्ने मूल नारासहित आगामी वर्षको कार्यदिशा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले प्रस्तुत नीति तथा कार्यक्रम जनताको आवश्यकता र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित रहेको बताउनुभयो।प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.