इटहरी । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् । वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् । सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको
इटहरी । सुनसरीका चार स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । इटहरी उपमहानगरपालिकासँगै हरिनगर, देवानगञ्ज, गढी र बर्जु गाउँपालिकाले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२(८३ मा चालु आर्थिक वर्षभन्दा रु एक अर्ब २५ लाख कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड २१ लाखको बजेट सार्वजनिक गरेको इटहरीका उपप्रमुख सङ्गीता चौधरीले बताइन्। चालुतर्फ रु एक अर्ब चार करोड ११ लाख १० हजार र पुँजीगत तर्फ रु एक अर्ब ५० करोड १९ लाख ९० हजार गरि जम्मा रु दुई अर्ब ५५ करोड २१ लाखको बजेट सार्वजनिक गरेको चौधरीले बताइन्। आन्तरिक
इटहरी । जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए। भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमे
इटहरी । पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो । शिविरमा ९८ जना बिमारीहरूले दाँत सम्बन्धी सेवा प्राप्त गरेको पथरी नगरअस्पतालका प्रशासन प्रमुख याम खड्काले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारी एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद १० हजार पुरस्कार सहित सम्मान गरिएको छ । यसै गरी,
इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको पाँचवटा समूहमध्ये तीनवटा समूह चयन गरिएको छ । इन्सियूर÷हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यवसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीनवटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुले गर्ने कार्यको प्रस्ता
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख अकली चौधरीले नगरसभाको १६ औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख २ हजार, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, वन तथा वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । बहुवर्षीय योजनाहरूको कार्यान्वयनका लागि ६ करोड ३ लाख ५७ हजार १ सय ८०, वडागत बजेट अन्तर्गत चालु खर्चतर्फ ३ करोड ७६ लाख ८८ हजार र पुँजीगततर्फ १४ क
इटहरी | इटहरी उपमहानगरपालिका वडानं ५ वडा सदस्य हुन गोपाल गिरि।उनी गएको स्थानीय चुनावमा निर्वाचनमा जित हासिल गरेपछि स्थानीय तहको प्रतिनिधि भएका हुन् ।उनको जन्म मिति (२०३५/०४/११) गते आइतबार भएको हो। अहिले ऊनी जनताको आवश्यकता बुझेर सेवा प्रवाहमा सहजीकरण गर्छन्। सडक, पानी, विद्युत, सरसफाइ, शिक्षा, स्वास्थ्यजस्ता स्थानीय विकासका योजनामा संलग्न हुन्छन्। नागरिक गुनासो सुनिन्छ, समस्या समाधानमा भूमिका खेल्छन्। सामाजिक सुरक्षा, जन्म-मृत्यु दर्ता, राहत वितरण, शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पनि उनी निर्वाह गर्न पछी पर्दैन । वडा सदस्य जनप्रतिनिधि र जनताको बीचको महत्वपूर्ण सेतु हुन् नै ,यही काम
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ९ को कार्यालयको आयोजना तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को सहकार्यमा उद्घोषण तथा युवा तथा महिला नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम असार ११ गतेदेखि सुरू भई असार १६ गते सम्म हुने छ । वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो भने, वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले रहनुभएको छ । तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता जनाएका छन् । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्
इटहरी | नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा संघको सुनसरी जिल्ला शाखाले करसम्बन्धी एक दिवसीय तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम असार १० गते इटहरीस्थित गंगा जमुना होटलमा आयोजना गरिएको थियो।तालिम कार्यक्रम संघका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा जनस्वास्थ्य कार्यालय, इनरुवाका निमित्त कार्यालय प्रमुख सिताराम मेहता उपस्थित हुनुहुन्थ्यो। तालिममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत गोविन्द्र पौडेलले सहभागीहरूलाई औषधि व्यवसायमा करका कानुनी पक्ष, नीतिगत व्यवस्था, कर चुक्ता प्रक्रिया, बीमा दस्तुर, आर्थिक
इटहरी | इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा समपूरक तथा विशेष अनुदान कार्यक्रम अन्तर्गत यो योजना कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोक कुमार चौधरीको निरन्तर प्रयास र दृढ नेतृत्वले इटहरीको शिक्षा क्षेत्रमा महत्वपूर्ण बजेटको व्यवस्थापन गराएको छ।सांसद चौधरीले प्रदेश सरकार तथा स्थानीय तहसँगको प्रभावकारी समन्वयमार्फत योजना छिट्टै कार्यान्वयन हुने विश्वास दिलाएका छन्। छात्रावास निर्माणबाट टाढाबाट आउँदै आएका विद्यार्थीहरूलाई राहत मिल्नुका साथै शिक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.