इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
इटहरी । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गरेको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुने भएको छ । छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ नं वडा कार्यालयले सोमबार पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ नगद सहित सम्मान गरेको छ । घर घर पुगेर नगरवासिहरूलाइ स्वास्थ्य कार्यक्रमबारे सचेतना , औषधी उपचार , उचित परामर्स दिएर महत्वपुर्ण भुमीका निर्वाह गरेको भन्दै पाँचजना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाइ जनही नगद ५ हजार १ सयका दरले सम्मान गरेको हो । इटहरी उपमहानगर ६ निवासी लिला देवि वस्ती , शिला गजमेर,चन्द्रा मण्डल,बिनीता कोइराला र रमीला बस्नेतलाइ दोसल्ला ओढाएर , नगद र कदर पत्र सहित सम्मान गरिएको हो । सम्मान पाएपछि काम गर्ने जोश जागर बढ्नुका साथै जिम्मेवारी थपिएको सम्मानीत महिला स्वास्थ्य
इटहरी । विराटनगरमा आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११स्१५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट ३ जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए । ती व्यक्तिहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर लुटपाट गरेका थिए । अपहरित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बोकेर घर फर्कने क्रममा उनी अपहरणमा परेका थिए । ‘हामी प्रहरी हौं’ भन्दै नियन्त्रणमा लि
इटहरी । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय इन्द्रेणीपोखरीको रु। पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो । नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रत
इटहरी । धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो ।
इटहरी । दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका–२ का ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी दिएका छन् । ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक समेत हुनुहुन्छ । ११ र १४ वर्षीया ती बालिकालाई यौन दुुर्व्यवहार गरेको भन्दै ढकाललाई गए राति प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो । पक्राउपछि सदरमुकाम ल्याइएका ढकालविरुद्ध प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि ढकालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि अदातब
इटहरी । जडान कार्य नससकिँदै भाँचिएर क्षतिग्रस्त बनेको मेची राजमार्गको पाँचथर खण्डस्थित हेंवा खोलाको बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा पुगेको छ । जेठ ३१ गते जडानकै क्रममा यहाँ निर्माणाधिन बेलिब्रिज भाँचिएको थियो । जुन घटनामा तीन जना श्रमिकको ज्यान जानका साथै अन्य तीनजना घाइते भएका थिए । पुलको २० प्रतिशत भागमा क्षति पुगेको थियो । यसैबिच पुल पुनः जडानका लागि सडक डिभिजन इलामले प्राविधिकसहित क्रेन र स्काबेटरको सहयोग लिएर काम अगाडि बढाएको हो । पुल खोल्ने काम ९० प्रतिशत सम्पन्न भएको र बाँकी काम बुधबार भित्रमा सक्नेगरी काम भइरहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । हेंवा खो
इटहरी । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित
इटहरी । ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रम फक्ताङलुङ गाउँप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.