All Posts By कोशी प्रेस

    Showing ६,००१-६,०१० of १३,५९० items.
  • मेरिङ्देनमा देखियो पशुचौपायामा लम्पी स्किन रोग

    इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लास्थित एक किसानले पालेको चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । मेरिङ्देन गाउँपालिका पशु सेवा शाखाका अनुसार स्थानीय किसानले पालेको पशुचौपाया गाईमा लम्पी स्किन रोग सङ्क्रमण देखिएको छ । दिङ्लाका एक किसानले पालेको गाईमा लम्पी स्किनको शङ्कास्पद अर्थात मिल्दोजुल्दो लक्षण देखा परेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको गाईलाई १०५ डिग्रीसम्म ज्वरो आएको र गाईले घाँस दानापानी खान छोडेको पाइएको

    • प्रकाशित मितिः असार २१, २०८२
    • १६६ पटक पढिएको
  • अरुण गाउँपालिकाले ५१ करोड ६६ लाख रुपैयाँको बजेट पारित गर्‍यो

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब

    • प्रकाशित मितिः असार २१, २०८२
    • ६६५ पटक पढिएको
  • खाँदबारीमा नगर अस्पताल सञ्चालन

    इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शैया क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पाँमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेललगायतले अस्पताल उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउनदेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उह

    • प्रकाशित मितिः असार २१, २०८२
    • २०१ पटक पढिएको
  • इटहरीको आपगाछीदेखि बरगाछीसम्म सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

    इटहरी | इटहरीको आपगाछीदेखि बरगाछीसम्म सडकको बीच भागमा सरसफाइ तथा फुलको बिरुवा रोप्ने कार्य गरिएको छ।इटहरीदेखि तरहरासम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र ठूलो मात्रामा उम्रिएको घाँसका कारण सडक यात्रु तथा सवारीसाधनलाई बाटो पार गर्न असहज र असुरक्षित भएको जनगुनासो आए पछि आपगाछीदेखि बरगाछीसम्म स्थानीय टोल विकास संस्थाहरूसंगीत प्रतिष्ठान टोल विकास संस्था, आदर्श टोल विकास संस्था, मनकामना भोजन कीर्तन समूह, ससङ, भजन कीर्तन समूह तथा दुर्गा देवी भजन कीर्तन समूहको संयुक्त आयोजना र समन्वयमा सडक खण्डमा सरसफाइ तथा फूलका बिरुवाको वृक्षारोपण गरिएको छ।सरसफाइ अभियान अन्तर्गत सडकको बीच भागमा रहेको डिभाइडरमा उम

    • प्रकाशित मितिः असार २१, २०८२
    • १,२३० पटक पढिएको
  • बसपार्क निर्माण गर्न नयाँ सम्झौता

    इटहरी । मोरङको उर्लाबारीमा टर्मिनल भवनसहितको बसपार्क निर्माण हुने भएको छ । यसअघि २०७१ सालमा निर्माण सुरु भएको बसपार्क ११ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि नयाँ आयोजना सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । उहाँका अनुसार बिहीबार नगरपालिकामा निर्माण कम्पनी अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि हेटौंडासँग ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपियाँमा निर्माण सम्झौता भएको छ । सम्झौता भएअनुसार यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । नगरको वडा नम्बर ६ स्थित एक बिघा १३ कठ्ठा जग्गामा बसपार्क निर्माण हुनेछ । नगर विकास कोषको ६० प्रतिशत ऋण, नगरपालिकाको ३० प्रतिशत लगानी

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३३० पटक पढिएको
  • खोटाङको रावाबेँसीबाट एक करोड हाराहारीका लिची बिक्री

    इटहरी । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगर

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३४६ पटक पढिएको
  • भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

    इटहरी ।  चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३४९ पटक पढिएको
  • एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा,धरानमा विदेशी ऋणबाट खानेपानी आयोजना अघि नबढाउन सिंहदरबारलाई पत्राचार

    इटहरी । तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण लिएर खानेपानी आयोजनाको काम अगाडि नबढाउने भएको छ । बिहीबार उपमहानगरपालिकाका मेयर हर्कराज राईले एसियाली विकास  बैंक एडीबी बाट ऋण लिएर धरानमा खानेपानी योजनाको काम आगाडि नबढाउन जानकारी दिँदै खानेपानी मन्त्रालय र मन्त्रीलाई पत्र लेखेका छन् । मेयर राई धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत हुन् ।  उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको जनाउँदै आर्थिक वर्ष २०८२(८३ मा सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्

    • प्रकाशित मितिः असार २०, २०८२
    • २९२ पटक पढिएको
  • चुवाडाँडामा लिखुको प्रशासनिक भवन बन्ने निश्चित

    इटहरी । सर्वोच्च अदालतको निर्णयसँगै ओखलढुङ्गाको लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माणसम्बन्धी लामो समयदेखिको विवाद अन्ततः टुङ्गिएको छ । सर्वोच्चले दायर मुद्दा खारेज गरेसँगै भवन गाउँपालिकाको वर्तमान कार्यालय रहेको चुवाडाँडामै निर्माण हुने निश्चित भएको हो । प्रशासनिक भवन कहाँ बनाउने भन्ने विषयमा विगत करिब पाँच वर्ष देखी निरन्तर विवाद हुँदै आएको थियो । तत्कालीन गाउँपालिका अध्यक्ष गोविन्द पौडेलको कार्यकालमा वडा नं। ५ मा करिब १० रोपनी जग्गा खरिद गरिएको थियो । तर सो स्थानमा भवन बनाउने विषयमा कार्यपालिका बैठकबाट निर्णय नभएपछि विवाद चर्किएको हो । त्यसपछिको कार्यकालमा गाउँपालिकाले हालको कार्यालय चुवा

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३६९ पटक पढिएको
  • सुन्दरहरैँचामा टिपरले सफारीलाई ठक्कर दिँदा एकै परिवारका ६ जना घाइते

    इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार ‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सफारीमा सवार रहेका सुन्दरहरैँचा–५ की ५३ वर्षीया अमेरिकादेवी यादव, ३१ वर्षीया ज्वाति यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव,

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]