इटहरी। मोरङको केराबारी–५, सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्षअघि माटोको घारमा स्थानीय जातको ९सेरेना० मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन् । घरवरिपरिको ढुङ्गामाटो मिलाएर आफैँले पाँच घार बनाई त्यही घारमा काठको डुडबाट रानो सारेर सेरेना जातको मौरीपालन सुरु गरेका राई यतिबेला २७ घारमा मौरीपालन गरिरहनुभएको छ । सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ । त्यसैले राजु यतिबेला केराबारी गाउँपालिकाका १० वटा वडामा एक घर माटोको एक घार मौरी पाल्ने अभियान चलाइरहनुभएको छ । बर्खायाममा मेलिफेरालाई जस्तो सातु, चिनी दिनु पर्दैन तर लामो झरी
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच फाइनल खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–०
इटहरी । इटहरीलाई ‘स्पोट्स सिटी’ घोषणा नगर्दा धेरै अवसर गुमाउनुपरेको इटहरीका खेल क्षेत्रका अगुवाहरुले बताएका छन् । इटहरीलाई खेलकुदको माध्यमबाट छोटो समयमा विकास गर्न सकिने सम्भावना हुँदा हुँदै पनि स्थानीय सरकारको नेतृत्व क्षमताका कारण अवसरहरु गुमाउनुपरेको उनीहरुले बताएका छन् ।अब इटहरीको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले स्पष्ट नीति, पर्याप्त बजेट, पूर्वाधारको संरक्षण गर्दै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।सञ्चारपाटी डटकमको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजित ‘इटहरीमा खेलकुदको भविष्य ः पूर्वाधार, नीति र गतिविधि’ विषयक अन्
इटहरी । इटहरी चौकलाई रेड लाईट एरिया बनाउन खोजेको भन्ने आरोप प्रति यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले खण्डन गरेका छन् । इटहरीस्थित त्रियुगा होटलमा बिहिबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिता, प्रतिनिधित्व, हक, अधिकार र समानताका विषयमा आयोजना गरिएको कार्यक्रममा अधिकारकर्मी एवं संविधानसभा सदस्य शुनिल बाबु पन्तले राज्य, समाजले पितृसत्तात्मक सोचका कारण एकपक्षिय ढंगले यस समुदायप्रति आरोप लगाएको बताउनुभयो । अधिकारकर्मी पन्तले पुरुषहरु ग्रहाकका रुपमा नजाने भए कोही पनि विषमलिङ्गि महिला वा पारलिङ्गि महिलाहरु सडकमा नउभिने बताउनुभयो । केही व्यक्तिहरुले गलत गरेमा कानुनी उपचारमा जान
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगामी मंसीर २७ गतेभित्र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न नगरपालिका लागि परेको सामाजिक विकास शाखाका प्रमुख अरुणकुमार मेहताले जानकारी दिनुभएको छ। सोही सन्दर्भमा बिहीबार नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागितामा वडा तथा नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा र दिगोपनामा विद्यालयको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। संघीय
इटहरी । बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘जुनियर फेस अफ सुनसरी’ को दोस्रो संस्करणको ग्रान्ड फिनाले इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गल्र्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बू विजेता घोषित भएका छन्। विजेताद्वयले २५–२५ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, क्राउन र आकर्षक उपहारहरू प्राप्त गरे। इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रबाट छनोट भएका ४२ जना बालबालिकाहरूले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गल्र्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप र
इटहरी । इटहरी–४ आइतबारेमा टेबल अन टेल्स रेस्टुरेन्टको सफ्ट ओपनिङ शुभारम्भ भएको छ । १८ वर्ष हङकङमा काम गरेर स्वदेश फर्किनुभएकी लावा लिम्बुले आफ्नै अनुभव र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो । साढे दुई कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टले परिवार मैत्री वातावरण सहित गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने जनाएको छ। रेस्टुरेन्टमा चाइनिज, कन्टिनेन्टल, इन्डियन लगायत विभिन्न मल्टी–कुजिन परिकार उपलब्ध हुने सञ्चालकले बताउनुभयो । युरोपियन, जापान्डी तथा मल्टी–डिजाइन शैलीको आकर्षक इन्टेरियर र एक्स्टेरियर डिजाइनमा तयार गरिएको रेस्टुरेन्टमा सी–फुड, इटालियन पिज्
इटहरी । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भोडेटार चोकबाट प्रहरीले १५ किलो ६३ ग्राम गाँजा र दुईवटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान करिब ७ बजेतिर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–४ ज्यामिरे घर भएका अन्दाजी ४४ वर्षीय भीमबहादुर लिम्बू र मोटरसाइकलमा पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बूलाई पक्राउ गरेको हो ।यसैगरी धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–५८ प ६००९ नम्बरको मोटरसाइकल चालक वीरबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार
इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दामा झुम्का कारागारमा बन्दी रहेका सुनसरीको इनरुवा नगरपालिका–९ का ४४ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान ८ बजेतिर अस्थायी प्रहरी पोष्ट पोखरीचोक, सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट चौधरीलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। कोशी लोकमार्गअन्तर्गत पाख्रीबास–खाँदबारी सडक खण्डमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित माङमाया खोला छेउमा रहेको रुपाटार खेत यतिबेला धानले हरियाली बनेको छ ।तराई क्षेत्रमा उत्पादन हुने धानसरह उत्पादन हुने भएकाले रुपाटारको जमिनलाई धान खेतीका लागि निकै उपयुक्त मानिन्छ । अरुण उपत्यका क्षेत्रमा अवस्थित यस खेतमा स्थानीय किसानले वर्षमा तीन पटकसम्म विभिन्न बाली लगाउने गरेका छन् । उक्त खेत किसानका लागि उर्वर भूमि र आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । समुद्री सतहबाट तुलनात्मक रूपमा कम उचाइमा रहेको अरुण उपत्यका क्षेत्रमा पर्ने रुपाटारमा तराईकै झल्को दिने गरी धान उत्पादन हुने गरेको स्थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.