इटहरी । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ । गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुन
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिनभित्रमा निर्माणकार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो । दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिस्नेखोलामाथि बेलिब्रिज जडान थालेको आयोजना संयोजक सम्झना क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अबको तीनदेखि चार दिन भित्रमा बेलिब्रिज निर्माणकार्य पूरा भई बेलिब्रिजमार्फत नै सवारी आवागमन सुरु हुनेछ । बेलिब्रिज करिब २७।५ मिटर लामो छ । सिस्नेखोलामा बर्खायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरे
इटहरी । ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् । गत वर्षभन्दा २६ बढी मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ११८ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस वर्ष ११ महिनाको अवधिमा १४४ वटा मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार सम्बन् विच्छेद माग्नेको सङ्ख्या पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । सूचना अधिकारी रिजालका अनुसार महिला वादी १०८ र पुरुष वादी ३६ छन् । वैदेशिक रोजगार
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो १२स्३० बजेतिर खोलामा पौडी खेलिरहेका बालकहरू डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेपछि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धार गरिएका बालकहरूलाई उपचारका लागि इटहरीस्थित सान्वी सिटी अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई दिउँसो ४ः२० बजेतिर मृत घोषित गरेका छन्। मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परिया
इटहरी । उदयपुरमा शनिबार साँझ दुर्घटनामा परेको जेसीबीले किचेर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ दमारमा को १ क २७९५ नम्बरको जेसीबी साँझ ७ः५५ बजेतिर दुर्घटनामा परेको हो । काम गर्ने क्रममा ‘ब्याक’ गर्न खोज्दा जेसीबी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ । जेसीबी सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी–१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार सडकबाट खसेको जेसीबीको चक्काले ढाडमा किच्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल ट्राफिक प्रहरी पोस्ट कटारीबाट करिब १९ किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाग्र
इटहरी । कोशी प्रदेशको प्रमुख नगदे बाली तथा प्रमुख निकासीजन्य उत्पादन चिया क्षेत्रको विकासका लागि बेग्लै चिया नीति र ऐन नबनेको गुनासो सरोकारवालाले गरेका छन् । कोशी प्रदेशबाट वार्षिक ५० हजार मेट्रिक टनभन्दा बढी चियाको हरियो पात उत्पादन हुँदै आएको छ । यो भारत, युरोप, अमेरिका, जर्मनी, जापानलगायतका देशमा वार्षिक १० अर्बभन्दा बढीको चिया निर्यात हुने गरेको छ । चिया खेतीले कोशी प्रदेशको कृषि अर्थतन्त्रमा ठुलो योगदान दिँदै आए पनि किसानले उचित मूल्य पाउन नसकेको बताउँदै आएका छन् । प्रदेशको झापा, इलाम, पाँचथर, धनकुटालगायतका जिल्लामा व्यावसायिक रूपमा चिया उत्पादन हुँदै आएको छ । कोशी प्रदेशका ७० देखि ७५ हजा
इटहरी । कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । विशेष गरी एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसँगै यी सहरले शिक्षाको ‘हब’ बन्ने सङ्केत देखाएका छन् । एसइई २०८१ मा कोशी प्रदेशका ७५ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ हजार ८३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाउँछ । उत्तीर्णमध्ये करिब छ हजार २५८ विद्यार्थीले ३।६ देखि ४।० जिपिए हासिल गरेका छन् । यसले कोशीका विद्यार्थीमा अब स्थानीय तहमै ग
इटहरी। सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सुनसरी–मोरङ सिँचाइ आयोजना बढ्दो सहरीकरणसँगै अतिक्रमित हुँदै आएको छ । नहरको सरसफाइ र रेखदेखका लागि निर्माण गरिएको सर्भिस रोडमा स्थानीयवासीले जथभाबीमा संरचना निर्माण गर्दा आयोजना नै अतिक्रमणमा परेको आयोजना प्रमुख मनोहरकुमार साहले बताउनुभयो । नहरको दुवैतर्फको सर्भिस रोड मिचेर कालोपत्रे गर्ने, नहर किनारमा वृक्षरोपण गर्ने, बिजुलीका पोल गाड्ने, ठाउँ ठाउँमा स्थानीयको आवश्यकता अनुसार पुल निर्माण गर्ने जस्ता कार्यले आयोजना बिस्तारै अतिक्रमण हुँदै गएको प्रमुख साहको भनाइ छ । आयोजनाको विराटनगर शाखाको निमुवादेखि रानी आँखा अस्पतालसम्म
इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।
इटहरी। मोरङको पथरीशनिश्चरे–१०, शिविरडाँडाबाट शनिश्चरे बजार गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे गर्न ठेक्का लागेको छ वर्ष हुन लाग्यो । सम्झौता अनुसार यो सडक निर्माण कम्पनीले २०७९ सालको कात्तिक २३ गते हुलाकी सडक निर्देशनालय इटहरीलाई हस्तान्तरण गर्नुपर्ने थियो तर छ वर्ष बितिसक्दा पनि हालसम्म सडक निर्माणको ४५ प्रतिशत मात्र भौतिक र ३७ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिले करिब पाँच वर्षसम्म लथालिङ्ग पारेर छोडेको सडक स्थानीयको दबाबपछि गत वर्षबाट निर्माण सुरु भएको हो । निर्माण कम्पनीले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.