इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ । यसवर्ष अर्थात २०८१ को एसइईमा जिल्लाकै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको गोन्पा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भई ३।९१ जिपिएसहित जिल्लाकै उत्कृष्ट बन्न सफल लाके शेर्पा, ३।८६ जिपिए प्राप्त गरेर जिल्
इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तीखर्कका सञ्जीव कटुवालले चार वर्षअघि आठ वटा उन्नत जातका गाई पाल्न थाल्नुभयो । साथीभाइ विदेश गइरहँदा कटुवाल भने स्वदेशमै गाईपालनमा लागेर दुग्ध पदार्थ उत्पादनमा लाग्नुभयो । केही वर्ष व्यवसाय रामै्र चल्यो, दैनिक १५० लिटरसम्म दुध बेचेको उहाँले सुनाउनुभयो । दुग्ध विकास संस्थानलाई दुध बेचेबापतको रकम बक्यौता रहँदा उहाँ यो पेसाबाट विस्थापित हुने अवस्थामा पुग्नुभएको हो । अहिले पनि सात महिनायता भुक्तानी नपाएको कटुवाल बताउनुभयो । धनकुटा नगरपालिका–६ का टीकाराज कार्की पनि विदेशबाट फर्किएर ११ वर्षअघि गाईपालनमा लाग्नुभयो । कटुवालको जस्तै समस्या खेपेपछि कार्की नौ
इटहरी । ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा। रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । जसमा सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेन गाउँपालिकाका १०, सिरिजङ्गाका गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ गनरपालिकाका ७ र आठराई त्रिबेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो । देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थान
इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत छैठौं कार्यक्रमको रुपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी-५ स्थित ज्योति माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रा सिम्रन चौधरीलाई छात्रवृत्ति वितरण गरेको छ ।कार्यक्रम अन्तर्गत क्लबले छात्रा चौधरीलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण सामग्री — पाठ्यपुस्तक, कपी, लेखन सामग्री, विद्यालय पोशाक, जुत्ता, मोजा, झोला लगायत अन्य आवश्यक सामग्री — को व्यवस्थापन तथा परिपूर्ति गर्ने भएको छ ।क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईका अनुसार सिम्रनलाई निरन्तर शिक्षामा प्रोत्साहित गर्न क्लबले आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन तथा परि
ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफल
सुनसरी | नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो।हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौ
वराहक्षेत्र | १३ औं स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा चक्रघट्टि जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतवार बिहान नेपाल रेडक्रस सोसाईटी उपशाखा महेन्द्रनगरको कार्यालयको प्राङ्गनमा चक्रघट्टी जेसिजले रक्तदान आयोजना भएको थियो ।नेपाल रेसक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ आत्म साथ गर्दै रगतको अभाबलाई समधान र मानव सेवालागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) ले बताए । चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) को सभा
वराहक्षेत्र | १३ औं स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा चक्रघट्टि जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतवार बिहान नेपाल रेडक्रस सोसाईटी उपशाखा महेन्द्रनगरको कार्यालयको प्राङ्गनमा चक्रघट्टी जेसिजले रक्तदान आयोजना भएको थियो ।नेपाल रेसक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ आत्म साथ गर्दै रगतको अभाबलाई समधान र मानव सेवालागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) ले बताए । चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) को सभा
इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक आर्म रेस्लिङ किंग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल तरुण दल, इटहरी उपमहानगर समिति द्वारा आयोजित उक्त प्रतियोगितामा १५० भन्दा बढी युवाहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा आकाश अधिकारी प्रथम स्थान हासिल गर्दै नगद एक लाख रुपैयाँ र ट्रफीसहित प्रमाणपत्रबाट सम्मानित भएका छन् । द्वितीय स्थानमा रोहन श्रेष्ठ र तृतीय स्थानमा आयुश विक्रम शाह रहेका छन् जसलाई क्रमशः ४० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पनि युवाहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न म
इटहरी । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइनं) सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए । उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । भण्डारी र बस्नेतविरुद्ध लागुऔषध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.