इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन र नागरिक सरोकारका विषयमा केन्द्रित सो कार्यक्रम जनउत्तरदायिता र पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष प्रभाकर माझी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, विभिन्न संघसंस्था, टोल विकास संस्था, महिला समूह, युवाहरू तथा आम स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गढी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा चालु आर्थिक वर्
इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. १, स्थानीय सेवा, योजना र सुशासनको सन्दर्भमा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष प्रदिप कुमार चौधरी, गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता तथा विभिन्न समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा अघिल्लो वर्ष गाउँपालिकाबाट प्रवाह गरिएका सेवा, विकास निर्माण, बजेटको खर्च,
इटहरी । मोरङ्गको पथरी शनिश्चरे –१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सालिक स्थापना गरिएको छ । आईतबार प्रमुख अतिथि किराँत धर्मका प्रमुख माङसेवा सावा मनप्रसाद थलङ तथा पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका पद्धाधिकारीहरूले उक्त शालिकको संयुक्त रूपमा अनावरण गर्नुभएको हो । १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको शालिक अनावरण गर्दै प्रमुख अतिथि मनप्रसाद थलङले ’महागुरुको शालिक अनावरणले थप धार्मिक तथा पर्यटकीय महत्व राख्ने’ बताउनुभयो। महागुरु फाल्गुनन्दको शालिक अनावरणसँगै यस नगरको आ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिकलाई जोड्ने गरी बिमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सरकारले बिमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर आमनागरिक नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने स्पष्ट पार्नुभयो । उहाँले बिमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा उपाय सुझाउनुभयो । उहाँले बिमा कम्पनीले बिमाको प्रव्रिmया सरल, सहज
इटहरी । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो । हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज (सोमबार) मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभ
इटहरी । पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले किसानहरूलाई कोदो रोप्न भ्याईनभ्याइ छ । जिल्लाका अन्य भूभागमा धान रोपाइँको चटारो चलिरहँदा यहाँका किसानहरू भने कोदो रोपाइँको अन्तिम चरणमा व्यस्त छन् । धान फल्ने खेत नहुँदा यहाँको मुख्य बाली कोदो भएकाले यसैमा भरपर्नु पर्ने बाध्यता रहेको स्थानीय पेम्बा नावा बताउनुहुन्छ । भोटखोलाको हटिया, हुङगुङ, छुम्सुर, किमाथाङ्का, चेपुवा, च्याम्ताङ, रिदाक, नामासे लगायतका अधिकांश गाउँमा कोदो बाली लगाउने गरिन्छ । जेठ र असार महिना यहाँका कृषकहरुका लागि कोदो रोप्ने चटारो हुने भएकाले अहिले कोदो रोपाइँ अन्तिम चरणमा पुग
इटहरी । झापाको बुद्धशान्ति गाउँपालिकामा खेत रोप्न पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा रोपाइँ गर्नका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्ति ३ का ३९ वर्षीय रोषन जिमीको मृत्यु भएको हो । आइतबार साँझ करिब ७ बजे जिमीले खेतमा रोपाइँ गर्नका लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उहाँलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा चिकित्सकले साँझ ७ः१५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको
इटहरी । सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ । ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । झरनामा पुग्ने
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो । कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ । वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारी
इटहरी । प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । विसं २०४५ देखि वाद्यवादकका रुपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पु(याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभयो । प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.