All Posts By कोशी प्रेस

    Showing ५,९२१-५,९३० of १३,५८३ items.
  • कोशी प्रदेशमा पानी कम परेपछि २९ प्रतिशत मात्र रोपाइँ

    इटहरी । असारको अन्तिम सातासम्म पनि औसतभन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेतका अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा ५ प्रतिशत मात्र कम रोपाइँ भएको सरकारी तथ्याङ्क भए पनि फिल्डमा तथ्याङ्क अनुसार रोपाइँ हुन नसकेको किसानको भनाइ छ । निर्देशनालयले मोरङमा ३१ दशमलव ५० प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्ष मोरङमा झण्डै ६० प्रतिशत रोपाइँ भएको थियो । दक्षिणी मोरङका रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका र कानेपोखरी, ध

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३०० पटक पढिएको
  • ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु

    इटहरी। ताप्लेजुङमा चट्याङले लागि घाइते भएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू ९देवान० को उपचारको क्रममा मृत्यु भएको हो । ३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानीसँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो । उपचारको क्रममै उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको पारिवारिकले जनाएको छ । यस्तै, सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ

    • प्रकाशित मितिः असार २५, २०८२
    • २९० पटक पढिएको
  • लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

    इटहरी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने  प्रयास  गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन म

    • प्रकाशित मितिः असार २५, २०८२
    • २०३ पटक पढिएको
  • पक्कि पुल बने पनि सडक नबन्दा पूर्वी पहाडमा सकस

    इटहरी । निर्माणको काम कसरी गर्ने भन्ने कुराको उदाहरण यस पटक इलाममा निर्माण गरिएका दुुई वटा बेलिब्रिजका निर्माण कम्पनीले देखाइदिएका छन् । मेची राजमार्ग अन्तर्गत राजदुवाली–भन्ज्याङ सडकखण्डको वैकल्पिक सडकका रूपमा लिइएको केचना–कञ्चनजङ्घा (फास्ट ट्र्याक) अन्तर्गत पुवाखोलामा निर्माण गरिएको बेलिब्रिज र राजमार्गको सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाईखोलामा निर्माण भएको बेलिब्रिज करिब तीन महिनाभित्र निर्माण सम्पन्न भएका हुन् । उदयपुरको राउत–चौधरी निर्माण कम्पनीले जोगमाईखोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरेको हो । यो पुुलबाट १० टनभन्दा साना सवारी सञ्चालन हुन सक्ने सडक डिभिजन का

    • प्रकाशित मितिः असार २५, २०८२
    • २५० पटक पढिएको
  • मेची राजमार्ग अवरुद्ध, डाइभर्सन मर्मत गरी केही घण्टामा खुलाउने तयारी

    इटहरी । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो । जसकारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर –ताप्लेजुङ खण्डमा यातायात अवरुद्ध भएको हो । पानीको सतहले डाइभर्सन पार गरेर दुईवटा ह्युम पाइप थिचेका ढुङ्गा बालुवा बगाएका कारण सडक अवरुद्ध भएको सडक डिभिजन इलामका इन्जिनियर सिताराम गौतमले बताउनुभयो । उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्कावेटर परिचालन गरिएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • १८१ पटक पढिएको
  • वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि

    इटहरी । कोशी प्रदेशमा छ वर्षको अवधिमा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वर्ष २०७५र७६ मा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल ४४।७४ प्रतिशत रहेकामा हाल ४६।२४ प्रतिशत पुगेको छ । वनक्षेत्रबाहेक ४।२४ प्रतिशत क्षेत्र बुट्यानले ढाकेको छ । यसरी प्रदेशमा बुट्यानसहितको वनले ढाकेको कुल क्षेत्र ५०।४८ प्रतिशत रहेको उक्त मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोशी प्रदेशका पहाडी जिल्लाको जनसङ्ख्याको ठुलो हिस्सा आफ्नो जमिन छाडेर बसाइँसराइ गरी अन्यत्र गएकाले त्यो ठाउँमा रुख बिरुवा उम्

    • प्रकाशित मितिः असार २५, २०८२
    • २४० पटक पढिएको
  • तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

    इटहरी । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु। १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसि

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३९३ पटक पढिएको
  • मेची राजमार्ग १५ घण्टापछि पुनः सुचारु, बाढीले क्षति पुगेको डाइभर्सन मर्मत

    इटहरी । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो । फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • १९९ पटक पढिएको
  • आगलागीबाट एक घर जलेर नष्ट

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकाराम पौडेलको घर आगलागीबाट नष्ट भएको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । यता विद्युत् सर्ट भएर घरमा आगलागी भएको हु

    • प्रकाशित मितिः असार २५, २०८२
    • २६५ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका-९ मा डेंगु नियन्त्रणको लागि जनचेतना कार्यक्रम सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, स्वयंसेवी संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।  कार्यक्रममा डेंगुको नियन्त्रण गर्न  पानी जम्ने सम्भावित स्थानहरू , फोहर ठाउँ ,खाडल, पुराना टायर आदि खोजी नष्ट गर्ने तथा सरसफाइ गर्ने आवश्यकताका बारेमा जानकारी दिइएको थियो। साथै, आधारभूत स्वास्थ्य केन्द्रको टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ९ को कार्यालयलाई "मायाको चिनो" हस्तान्तरण

    • प्रकाशित मितिः असार २४, २०८२
    • ४६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]