इटहरी | गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि मान्यता दिँदै विधेयक पारित गरेपछि इटहरीमा रहेको गुरुङ समुदायले बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदसहित विभिन्न गुरुङ संघसंस्थाहरूको संयुक्त आयोजनामा इटहरी चौकमा दीप प्रज्वलन गरिएको हो। ऐतिहासिक निर्णयप्रति खुशी व्यक्त गर्दै आयोजकहरूले यसलाई आदिवासी जनजातिको पहिचान र अधिकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ रहेका थिए। कार्यक्रमको अध्यक्षता परिषदका सुनसरी
मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका
इटहरी । झापामा हात्तीको कारण जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश पालिकाहरुमा हात्तीको दैनिक आवत–जावत हुनेगरेको छ । यसैबिच कचनकवल गाउँपालिकाको दुई घरमा हात्तीले बुधबार राति क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारकोशे जङ्गलबाट निस्किएका दुई वटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ मा बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएर क्षति गरेको हो । टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई स्थानीय जंगलबाट निस्केका हात्तीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँहरुको घरभित्र भएको अन्नपात नष्ट गरेको छ । बुद्धशान्ति गाउँपालिकामा पनि हात्तीले एक पक्की घरमा क्षति
इटहरी । सुनसरीको देवानगंज गाउँपालिकाबाट लागू औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन । प्रहरीले करिब ५ केजी गाँजा जस्तो देखिने पदार्थ सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले देवानगंज–२ स्थित गुरुदयाल यादवको घरमा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा गोठघरमा मकैको ढोडभित्र बोरामा छोपेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गुरुदयाल यादवका २० वर्षीय छोरा प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई पक्राउ गरेको हो। उनीहरूलाई बरामद गाँजा सहित थप अनुसन्धानका लागि जिल
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९।११ प्रतिशत खर्च गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७।४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०।०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्
इटहरी । कोशी प्रदेशमा हाल सम्म ३ हजार ९६ जना डेंगीका संक्रमित रहेको पाइएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आयोजना गरेको स्वास्थ्य प्रवद्र्धनका लागि पत्रकार तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङं्क सार्वजनिक गरेको हो । जसमा सबैभन्दा बढी मोरङमा ९ सय १३ जना, सबैभन्दा कम तेह्रथुम र ताप्लेजुङमा २÷२ संक्रमित रहेका छन् । यस्तै झापामा ८ सय १२, सुनसरीमा ३ सय ७७, उदयपुरमा २ सय ७५, भोजपुरमा २ सय २६, धनकुटामा १ सय ४३, संखुवासभामा १ सय ३४, ओखलढुंगामा १ सय २१, पाँचथरमा ७०, खोटाङमा १०, सोलुखुम्बुमा ६ र इलाममा ५ जना संक्रमित रहेका छन् । यसैगरि कोशी प्रदेशमा उच्च रक्तचाप, कालाजा
इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार गरेको छ । कोशी सरकारले चालु वर्षमा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ भने पुँजीगत बजेट कार्यान्वयनमा पनि विगतको तुलनामा उल्लेख्य सुधार गरेको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै यस वर्षका लागि विनियोजन भएको ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपियाँ खर्च भएको जनाएको छ । सार्वजनिक गरिएको विवरणअनुसार सरकारले गतवर्षको तुलनामा खर्चमा सुधार गरेको छ । साथै सरकारले भने पुँजीगत खर्चतर्फ उल्लेख्य सुधार गरेको छ । गत आर्थिक व
इटहरी । दुहबी नगरपालिकाको स्वास्थ्य शाखाले तयार पारेको तथ्याङ्कले रिषिदेव समुदायका ५० प्रतिशत बालबालिका हरुमा कुपोषणको शिकार बन्दै गएको देखाएको छ । दुहबी नगरपालिकामा पोषणमैत्री स्थानिय शासनको अवधारणा सम्वन्धी अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर प्रसाद महतोले उक्त डाटा सार्वजनिक गर्नुभएको हो । दुहबी नगरपालिकामा बार्षिक लगभग ११ सय ५० बालबालिकाको जन्मदर रहेको त्यसमा ३३% कुपोषित बालबालिका देखिएको तथ्याङ्क भेटीएको छ । दुहबी नगरपालिकामा १०% जनसंख्
इटहरी । धनकुटा नगरपालिका वडा नं. १० मा रहको श्री आधारभूत विद्यालयका विद्यार्थीले पोशाक पाएका छन् । विद्यालयमा अध्ययनरत बौदिक अपांगता भएका १८ जना विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष तथा धनकुटा साप्ताहिकका प्रकाशक राजेश्वर बहादुर श्रेष्ठले आमाबाबुको स्मृतिमा पोशाक वितरण गर्नुभएको हो । हालै कोशी प्रदेश सरकार द्धारा अग्रज पत्रकारको रुपमा पुरस्कृत हुनुभएका श्रेष्ठले विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गर्नुभएको हो । उहाँले सामाजिक सेवा अन्तरगत पुरस्कारको रकमबाट पोशाक वितरण गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धत
इटहरी । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् । मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली से
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.