इटहरी स् इलामका किसानले नेपालको मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ का किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विसं २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपा
इटहरी स् विराटनगर महानगरपालिका–३ साइबाबाचोकमा शुक्रबार बिहान व्यावसायिक सटरमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।मेघराज कोइरालाको घरमा भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सटरमा बिहान करिब २ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट विद्युतीय सवारीसाधनको शोरुम, दुईवटा मोटर पार्ट्स पसल र एउटा नास्ता पसलमा ठूलो क्षति पुगेको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर–२ का श्याम साहले सञ्चालन गरेको विद्युतीय सवारीसाधनको शोरुमका दुई सटरमा आगलागी हुँदा चारवटा विद्युतीय सिटी सफारी, एउटा विद्युतीय स्कुटर, चारवटा
इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–२ स्थित श्री राम–सीता माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र सहारा नेपालको संयुक्त सहकार्यमा सञ्चालित ‘हाउजिङ अपर्च्युनिटी एन्ड माइक्रोफाइनान्स एम्पावरमेन्ट सोलुसन्स ९होम्स० नेपाल परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयको व्यवस्थापन तथा प्राविधिक धारमा अध्ययनरत ८१ जना विद्यार्थी सहभागी थिए। सहारा नेपाल र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्रतिनिधिको समेत सहभागिता रहेको कार्यक्रममा विद्यार्थीलाई वित्तीय व्यवस्थापनदेखि डिजिटल वित्तीय स
इटहरी स् तीजको अवसर पारेर इलाममा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणसहित परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल परिवार नियोजन संघ इलाम शाखाको आयोजना तथा महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था इलामको समन्वयमा इलाम उद्योग वाणिज्य संघको सभाहलमा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको हो।शिविरमा करिब १२० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न दृश्य परीक्षण विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै, शिविरमा लामो अवधिका परिवार नियोजनका साधन, गर्भनिरोधक छडी, पाठेघरभित्र राखिने साधन, यौन तथा प्रजनन मार्गम
इटहरी स् तेह्रथुमको छातेढुंगाका २१ वर्षीय सन्देश सापकोटा एक सातादेखि सम्पर्कविहीन छन्। बिर्तामोड–५, मित्रनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा काम गर्न आएका उनीसँग परिवारको अन्तिमपटक सम्पर्क हुँदा ‘तालिम’का लागि ३० हजार रुपैयाँ मागिएको थियो।परिवारले उक्त रकम दिन नसक्ने बताएपछि उनलाई घर फर्किन आग्रह गरिएको थियो। त्यसपछि सन्देश परिवारको सम्पर्कमा आएनन्। छोराको खोजीमा बिर्तामोड आएका उनका बुवा नरबहादुर सापकोटाले दिएको विवरण र प्रहरीमा परेको निवेदनपछि प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको थियो। कार्यालयबाट प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएपछि सन्देश बेपत्ता भएको घटन
इटहरी स् हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् ।१६ वर्षदेखि दृष्टिविहीन भएर ओछ्यानमा रहेकी धनमायाका हातखुट्टा पनि चल्न छाडेका छन् । सामान्य हिँडडुल गर्नदेखि शौचालय जानसमेत उनलाई सहारा चाहिन्छ । तर, जग्गा अंशवण्डा तथा नामसारीका लागि बायोमेट्रिक अनिवार्य भएपछि उनलाई छोरा रिकुमार योङहाङले बोकेर सदरमुकाम फिदिम ल्याएका हुन् । धनमाया बेन्चमा सुतिरहँदा आफन्तले उनलाई पटकपटक शौचालय लैजाने र ल्याउने गरिरहेका थिए । छोरा रिकुमार भने बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारी गर्न कार
इटहरी स् भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् । पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती तथा घाँसदाउरा गर्न वन र खेतबारीमा जाने स्थानीयलाई सर्पको जोखिम बढेको उनले बताए ।‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ’, उनले भने, ‘अहिले गाउँघरमै गोमन सर्प देखिन थालेपछि त्रास बढेको छ ।’ सर्पसम्बन्धी विशेषज्ञले गाउँमा देखिएको सर्प गोमन नै भएको बताएको
इटहरी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि तेह्रथुमको छथर गाउँपालिकाले २२ लाख २४ हजार ३५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन घडीमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको हो। गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताए। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आए
इटहरी। संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गएराति करिब ७ बजे गोली हानेर हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शिक्षक राईमाथि खाना खाएर हात धुन बाहिर निस्किएको अवस्थामा विद्यालय नजिकैबाट गोली प्रहार भएको थियो। कालिका आधारभूत विद्यालय परिसरमै बस्दै आएका शिक्षक राई खाना खाएपछि हात धुन बाहिर निस्कँदा भरुवा बन्दुक प्रहार भएको थियो। बन्दुकको आवाजलगत्तै उनी भुइँमा ढलेका थिए। गोली उनको देब्रे कोखमा लागेको छ।घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक
इटहरी : जीवनभरको एउटा ठूलो सपना थियो—कैलाश मानसरोवरको दर्शन गर्ने। त्यसपछि परिवारसँग घुम्ने, रमाउने र बाँकी जीवन खुसीसाथ बिताउने योजना थियो। तर तीर्थयात्राका लागि घरबाट निस्किएका सुनसरी तरहराका ६५ वर्षीय अम्बरकाजी खड्का र ६४ वर्षीया मनकुमारी खड्काको यात्रा रसुवामा आएको भीषण बाढीपहिरोपछि कहाँ पुगेर रोकियो, परिवारलाई अझै थाहा छैन।सुनसरीको इटहरी–२० तरहरास्थित घरमा अहिले उनीहरूले छाडेर गएको मौनता छ। ढोकातिर आँखा पुग्छ, मोबाइलमा फोनको घण्टी बज्दा मुटु ढुक्क हुन खोज्छ। तर परिवारले पर्खिरहेको त्यो एउटा खबर अहिलेसम्म आएको छैन—अम्बरकाजी र मनकुमारी जीवितै छन् भन्ने खबर। जिन्दगीभर पसिना बगाएर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.