All Posts By कोशी प्रेस

    Showing ५,८८१-५,८९० of १३,५८३ items.
  • विधान विपरीत उद्योग वाणिज्य संघ इटहरी, राजस्वको चेतावनी अटेर

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा डमी मतदाता बनाएर चुनाव आफ्नो पक्षमा पार्ने षड्यन्त्र गरिएको भन्दै कार्यसमितिका केही सदस्यहरुले विरोध जनाएका छन् ।संघको चुनावलाई निष्पक्ष र कम खर्चिलो बनाउने पटक पटकको सहमती यस पटक पनि उल्लंघन हुन लागेको भन्दै कार्यसमितिमा रहेका एमाले सम्बद्ध ९ जना व्यवशायीहरुले विरोध जनाएका हुन् । उनीहरुले समग्र व्यवशायीको हितमा भन्दा पनि अर्को पटक पनि नेतृत्व हत्याउने षड्यन्त्रमा नेतृत्व लागेको आरोप लगाएका छन् ।जीवन पराजुली नेतृत्वको हालको टिममा रहेका ९ जना निर्वाचित कार्य समिति सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर सदस्यता नविकरणका क्रममा मनलाग्दी निर्णय गर्दै राज्य

    • प्रकाशित मितिः असार २७, २०८२
    • ४०५ पटक पढिएको
  • ईलाका प्रहरी कार्यालय इटहरीद्वारा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | ईलाका प्रहरी कार्यालय इटहरीको आयोजनामा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनसरीको तरहरास्थित रूद्राक्ष पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा प्रहरी उपरीक्षक तिम्सिनाले ईलाका प्रहरी कार्यालयको सेवा, जिम्मेवारी तथा जनगुनासो व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिनुभएको थियो। वडा अध्यक्ष श्रेष्ठले सुरक्षा व्यवस्थामा नागरिक सहभागिता र स्थानीय सरकारको भूमिकाबारे आफ्नो धारणा

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३४९ पटक पढिएको
  • चन्दा सङ्कलन गरेर पूर्वाधार विकासको काम

    इटहरी । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो । प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगा

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३१५ पटक पढिएको
  • निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सारिएको छैन

    इटहरी । अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनबर्सी–८, कुरेलीमा निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सार्न सकिएको छैन । विसं २०७६ मा निर्माण सुरु भएका घरहरू पाँच वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएका हुन् तर कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय र स्थानीय तहबिच समन्वय नहुँदा विपन्न परिवार नयाँ घरमा सर्न पाएका छैनन् । सहरी विकास तथा भवन कार्यालय विराटनगरका जनता आवास कार्यव्रmम शाखाका इन्जिनियर ओमप्रकाश शर्माका अनुसार घरहरू गत वर्ष नै निर्माण सम्पन्न भएका हुन् । पक्की घरमा बस्ने सपना देखेका अति विपन्न ऋषिदेव परिवार भने आफूलाई सरकारले घरको न घाटको बनाएको आरोप लगाउँछन् ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३१७ पटक पढिएको
  • काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्कियो

    इटहरी । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो । हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो । काठमाडौँदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । उनीहरु सदरमुकामसम्म आइपुगेर पनि जहाज

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३१४ पटक पढिएको
  • स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको जनगुनासो

    इटहरी । मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सबस्टेसन छरआठ एमभिए क्षमताको हुने छ । उहाँका अनुसार आठ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जयदुर्गे निर्माण सेवाले सबस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पन

    • प्रकाशित मितिः असार २७, २०८२
    • २५८ पटक पढिएको
  • ताप्लेजुङका ४४ वडा बाढीपहिरोको उच्च जोखिममा, विपद् व्यवस्थापन समिति

    इटहरी । ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै जिल्लाका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्वतयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ । विपद् प्रभावित क्षेत्रको पहिचान गरिएसँगै सतर्कता अपनाउन विपद् प्रतिकार्य योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असार २७, २०८२
    • २३० पटक पढिएको
  • गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप

    इटहरी । झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ । जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ । बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रम

    • प्रकाशित मितिः असार २७, २०८२
    • २७१ पटक पढिएको
  • इटहरीमा दुर्व्यसनविरुद्धको अभियान : दुई युवा निःशुल्क उपचारमा, बाल आश्रममा सहयोग

    इटहरी, | हेल्पिङ ह्याण्ड्स क्लब इटहरी–५ र राष्ट्रिय युवा संघ नेपाल सुनसरीका युवा फोर्स प्रमुख सबिन श्रेष्ठ तथा समाजसेवी सजन गौर्हाङको संयुक्त पहलमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरिएको छ।"दुर्व्यसन एउटा रोग हो, सुधार सम्भव छ" भन्ने नाराका साथ आर्थिक रूपमा विपन्न र कमजोर अवस्थामा रहेका दुई युवालाई अभिभावकको अनुमति लिएर मोक्ष पुनर्जीवन केन्द्र र मुक्ति सुधार गृहमा निःशुल्क उपचारका लागि राखिएको आयोजकले जनाएका छन्।साथै, उनीहरूले इटहरीस्थित निशाहाय बालबालिका सेवा आश्रममा पुगेर सम्पूर्ण बालबालिकासँग खुसी साटासाट गरेका थिए। बालबालिकासँग रमाइलो गर्दै उनीहरूलाई रात्रिकालीन खानपिनको समेत व्य

    • प्रकाशित मितिः असार २७, २०८२
    • २८४ पटक पढिएको
  • मन्त्री रेवति रमण भण्डारीद्वारा यातायात व्यवस्थापन कार्यालय इटहरीको अनुगमन

    इटहरी | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्। नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किएका हुन्।मन्त्री भण्डारीको सचिवालयसहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्

    • प्रकाशित मितिः असार २७, २०८२
    • ७५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]