इटहरी । खड्गपुरिया लेखी थारु संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले सरोज लेखीको अध्यक्षतामा नयाँ कर्यसमिती चयन गरेको छ । सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । शनिबार इटहरी–४ स्थित प्रिया पार्टी प्यालेसमा सुरु गरिएको साधारणसभा तथा प्रथम अधिवेशनमा सस्थाका अध्यक्ष मोहिन नारायण लेखीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि लेखी थारु समुदायका जेष्ठ नागरिक सप्तरी इनरलाल लेखीको रहनुभएकोे थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग रहेको थियो । सस्थाका कोषाध्यक्ष सोनालाल लेखीले आर
इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले उत्कृष्ट कृषक देखि विद्यार्थीसम्मलाई सम्मान गरेको छ । पालिकाको आर्थिक बर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई सहित बिभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मानपत्र तथा नगदबाट सम्मान गरेको हो । पालिकाले उत्कृष्ट पशुपालक विरेन्द्र राई, उत्कृष्ट सुन्तला कृषक वडा नम्वर ६ का मुकेश राई, उत्कृष्ट शिक्षकहरुमा प्रावि तर्फ सिंहेश्वरी मावि बासिखोराका सुरेश राई, निमावि तर्फ कालिका मावि ओख्रेका इन्द्र राई, मावि तर्फ सुमन उप्रेतीलाई सम्मान गरेको छ । यस्तै, यस बर्षको माध्यामिक विद्यालय परीक्षा (एसईई) मा पालिकामा उत्कृष्ट हुने पञ्चकन्या मावि भुल्केका तीन दशमलव ३९ जिपिए ल
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका छन् । शनिबार बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्
इटहरी । पौवादुङमा गाउँपालिका.३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो । उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताउनुभयो । यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उहाँको भनाइ छ । घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जड
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झापासँग सिमा जोडिएको ईलामको माई नगरपालिकामा आयोजना हुने कार्यक्रम बाहेक दुई दिन झापामा विभिन्न कार्यक्रमहरु राखिएको छ ।नेकपा एमाले झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका उपस्वकीय सचिव तुलसी कार्कीका अनुसार शनिबार बिहान ११ः३० बजे झापाको भद्रपुर विमानस्थल भएर ओली झापा आउनुहुनेछ । उहाँका अनुसार शनिबार र आइतबार झापामा विभिन्न कार्यक्रमहरु तय भएको छ । बुद्धशान्ति गाँउपालिकामा अस्पतालका उद्घाटन, कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रम शनिबारका लागि तय भएको
इटहरी । पहाडी जिल्ला इलामसहित पाँचथर र ताप्लेजुङको भाग्य र भविष्यसँग जोडिएको मेची राजमार्गको वैकल्पिक सडकको रूपमा हेरिएको इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक यो वर्ष पनि कालोपत्रे हुन सकेन । मेची कोरिडोरअन्तर्गत काम भइरहेको सडक निर्माण ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीको कोप भाजनमा परेको हो । माई नगरपालिकाको लोदिया खोला माथिबाट सोक्तिमसम्मको सडक खण्ड,सोक्तिमदेखि बेलासे–माईखोला खण्ड र बेलासी, राकसे हुँदै इलाम भञ्ज्याङ्गसम्मको सडक खण्ड छुट्टाछुट्टै कालोपत्रे निर्माण गर्न ठेक्का लागेको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको हो । तीनै खण्डको करिब १६ किलोमिटर
इटहरी । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरु असार सकिँनै लाग्दा पनि खडेरीका कारण धान रोप्न नपाएपछि उनिहरु चिन्तित बनेका हुन् । देशका अधिकांश स्थानमा निरन्तर वर्षा भएपनि उदयपुरमा भने अहिलेसम्म पानी परेको छैन । कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अगौटे धानको रोपाइँ चाहिँ पूर्णरुपमा प्रभावित भएको छ । उदयपुरको १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुने गर्दछ । विगतका वर्षहरुमा असार मसान्तसम्म झन्डै ६० प्रतिशत रो
इटहरी। पाँचथर जिल्लाका दुई फरक स्थानमा बुधबार फेला परेका दुई शवको पहिचान खुलेको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बा र फाल्गुनन्द गाउँपालिका–७ सुलुम्फी क्षेत्रमा एकैदिन दुई वटा शव भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ को सुलुम्फी देउराली भिरको झाडीमा भेटिएको शव कुम्मायक गाउँपालिका–१ यासोक बजारका ३५ वर्षीय किरण खत्रीको रहेको पुष्टि भएको छ। मृतकको झोलामा भेटिएका नागरिकता र अन्य कागजातका आधारमा पहिचान गरिएको पाँचथर प्रहरीले जनाएको छ। खत्रीका काका केदारका अनुसार किरण १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो। खत्रीको श
इटहरी । जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै आज एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको होे । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले ससाना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सानासाना स
इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विद्यालय तथा बाल विकास केन्द्रहरूमा सरसफाइ सामग्री वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका–३ मा सम्पन्न उक्त कार्यक्रम वडा उपभोक्ता समितिकी संयोजक अनिता राईको अध्यक्षता र संस्थाका कार्यसमिति सदस्य मनोज कुमार राय प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा परिषद्का पदाधिकारी तथा सदस्यहरू, प्रगति बाल विकास केन्द्र र सुनौलो बाल विकास केन्द्रका शिक्षिका, सिङ्हदेवी प्राथमिक विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.