All Posts By कोशी प्रेस

    Showing ५,८४१-५,८५० of १३,५८३ items.
  • धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा मोटरेबल पुल निर्माण

    इटहरी । धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो । निर्माणाधीन तीन वटा मोटरेबल पुलको ९५ प्रतिशत काम सकिएको भए पनि बाटोको काम बाँकी रहेको बताइएको छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम अन्तर्गत पुलहरु निर्माण भइरहेको बताइएको छ । पुल निर्माणमा खटिएको ‘सूर्य एण्ड सन्स निमार्ण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माणको काम ९५ प्रति

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३०७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरी र भारतका दुई विश्वविद्यालयबीच पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता

    इटहरी | जनता बहुमुखी क्याम्पस, इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ। असार २४ र २५ गते सम्पन्न सम्झौतामार्फत शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक तथा नवप्रवर्तनमूलक कार्यक्रमहरूमा आपसी सहकार्य गरिने भएको छ।क्याम्पसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त सम्झौताबारे जानकारी गराउँदै सहकार्यका विस्तृत पाटा सार्वजनिक गरेको हो। सम्झौताको मध्यस्थकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेका डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि उक्त सहकार्यको प्रारम्भिक पहल गरेका थिए। उनका अनुसार भारतका सात प्रमुख विश्वविद्यालयलाई प्रस्ताव पठाइएकोमा पाँचल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • १,२२२ पटक पढिएको
  • राष्ट्रसङ्घीय खाद्य प्रतिनिधि सिमिजु र कोशी प्रदेश मुख्यमन्त्रीबिच भेटवार्ता

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबिच सोमबार भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु सञ्चालन गरेकोमा  धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भेटघाटमा मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापन काममा सहयोग गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि, जलवायु र विपदजस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उप

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३५६ पटक पढिएको
  • पृतनापति ट्रफी–२०८२’ मा श्री नं. १८ बाहिनी अड्डा प्रथम, ८४ पदकसहित पहिलो

    इटहरी ।  पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो । भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं। २१ बाहिनी अड्डा दोस्रो र श्री नं। २ बाहिनी अड्डा तेस्रो भएका छन् । आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ४०४ पटक पढिएको
  • कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि

    इटहरी । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)ले आइतबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले तथ्याङ्क सार्वजनिक गर्दै कञ्चनजङ्घा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा एक हजार ८५ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २६५ पटक पढिएको
  • धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु

    इटहरुी । धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न सुरु गरिएको हो । विशेषज्ञ डाक्टरले परामर्श, प्राथमिक उपचारसम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधीसम्बन्धी सल्लाहलगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । यो सेवामार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियोमार्फत विशेषज्ञ डाक्टरसमक्ष

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३१३ पटक पढिएको
  • किराँत संस्कृतिको ऐतिहासिक स्थल संरक्षण

    इटहरी । यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । यो स्थानमा किराँत राईहरुले वर्षमा उद्यौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताउनुभयो । यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उहाँको भनाइ छ । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३०२ पटक पढिएको
  • पानी नपर्दा धानको ब्याड सुक्न थाल्यो,किसानहरु चिन्तामा

    इटहरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ ।  असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । उहाँकाअनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेट मार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ । रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा र

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २०५ पटक पढिएको
  • उदयपुर बरुवा खोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजनाद्वारा अघिल्लो वर्ष बनाउन सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै वर्षा याममा बरुवा खोला वारपार गर्न सदावहार उच्च जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयहरुमा अब त्यस्तो जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई सय ६६ मिटर लामो यो पुल निर्माणका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८१र०८२ को सङ्घीय बजेटबाट स्रोत सुनिश्च

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २६४ पटक पढिएको
  • कोशी प्रदेशमा कम पानी पर्दा धान रोपाइँ प्रभावित

    इटहरी । कोशी प्रदेशमा यस वर्ष कम पानी पर्दा धान रोपाइँ प्रभावित छ । न्यून वर्षाकै कारण गत वर्षको यसै अवधिको तुलनामा कोशीमा असार २८ गते शनिबारसम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कोशी प्रदेशमा गत वर्षभन्दा २० प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा यहाँका ६१ प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो । न्यून वर्षा हुँदा रोपाइँ गर्न नपाएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । असार २२ गतेसम्म २९।५४ प्रतिशत रोपाइँ भएको कोशीमा २८ गतेसम्म जम्मा ४१ प्रतिशत मात्र रोपाइँ भएको छ । अर्थात् एक साताको अवधिमा ११।५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ जबकि गत वर्ष असार अन्तिम साता २७ प्रतिशत रोपाइँ भएको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]