All Posts By कोशी प्रेस

    Showing ५,८०१-५,८१० of १३,५८३ items.
  • सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको मृत्यु

    इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ को निर्माणाधिन सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको निसासिएर मृत्यु भएको छ । तीन जना बेहोस भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार निर्माणाधिन घुर्विसे पञ्चमी सहकारी संस्था भवनको सेप्टिक ट्याङ्की निर्माणका क्रममा तीन जना मजदुर निसासिएर बेहोस भएका थिए भने उनीहरुको उद्वारा लागि गएका थप एक जना समेत बेहोस भएका थिए । बेहोस भएकामध्ये ३८ वर्षीय रत्न चेम्जोङको उपचारका क्रममा इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २५१ पटक पढिएको
  • बराहक्षेत्र–११ मा बाललैङ्गिक, अपाङ्गमैत्री आधुनिक शौचालय निर्माण

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ JFPR प्रयोजनाअन्तर्गत बाललैङ्गिक, अपाङ्गमैत्री तथा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।यस निर्माण कार्यको अनुगमन वडा अध्यक्ष कृष्ण कुमार महतोसहित अन्य जनप्रतिनिधिहरूले गरेका छन्। शौचालय परियोजना विशेषगरी बालबालिका, दिव्याङ्ग र सर्वसाधारणलाई लक्षित गरी सहज, सुरक्षित र स्वच्छ शौच सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको वडा अध्यक्ष महतोले बताए।उनका अनुसार निर्माणाधीन शौचालयले स्थानीय स्वच्छता व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। अध्यक्ष

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ४६३ पटक पढिएको
  • इटहरी २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ । यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ । भवन निर्माणको काम हालसम्म जग उठाउने चरणमा पुगेको छ । अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ । निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले बताउनुभयो । बरालका अनुसार,यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जुनसुकै धर्म, स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३२६ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट

    इटहरी । ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ। जिल्ला अदालतले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फछ्र्योट गरेको हो। जिल्ला अदालतका स्रेष्तेदार मनोज बरालका अनुसार चालु आवको अन्तिम दिन बुधबार सम्ममा कुल ४२० वटा मुद्दाको फछ्र्योट भएको छ। चालु आवभित्र ३७५ वटा मुद्दाको फर्छ्योट गर्ने जिल्ला अदालतले लक्ष्य राखेकोमा ४५ वटा बढी मुद्दाको फछ्र्योट भएको स्रेष्तेदार बरालले जानकारी दिनुभयो। उहाँका अनुसार गत आवबाट जिम्मेवारी सरी आएको १२७ वटा र चालु आवमा नयाँ दर्ता भएको ४५२ गरी ५७९ वटा मुद्दामध्ये ४२० वटा मुद्दाको फैसला अर्थात फर्छ्योट गरि

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३५९ पटक पढिएको
  • सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका द्धारा पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१–८२  मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा १० करोड ३६ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०–८१ मा ११ करोड तीन लाख ४६ हजार रुपियाँ पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो । तीन आर्थिक वर्षको पर्यटन शुल्क तुलना गर्दा आर्थिक वर्ष २०८१–८२ मा गाउँपालिकाले सबैभन्दा बढी पर्यटन शुल्क बा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३५५ पटक पढिएको
  • अन्दाजी २० वर्षकी एक युवतीको शव फेला, पहिचान भने खुल्न बाँकी

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित नहर नजिकै झाडीभित्र अन्दाजी २० वर्षकी एक युवतीको शव फेला परेपनि शवको पहिचान भएको छैन । शव नग्न अवस्थामा भेटिएको र पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवको पहिचानका लागि मृतकका कपडा, गहना तथा हातमा लगाइएको ब्यान्ड सर्वसाधारणमा सार्वजनिक गरेको छ । घटनास्थलमा भेटिएका प्रमाण र शवको शारीरिक अवस्थामा आधारित प्रारम्भिक अनुसन्धानले हत्या भएको निष्कर्ष दिएको प्रहरीले जनाएको छ । शवको कम्मरमुनि कपडा नभएको र घटनास्थलमा पाइन्ट, चप्पल, कपालको क्लिपजस्ता सामग्री भेटिएकोले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।बुढीगंगा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २९५ पटक पढिएको
  • छ वर्षदेखि फरार आरोपी पक्राउ

    इटहरी । मोरङको पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो । आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ । मानबहा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३८२ पटक पढिएको
  • झापामा स्कुटरको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु

    इटहरी । झापाको दमकमा स्कुटरको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ । दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मङ्गलवार राति उपचारका क्रममा निधन भएको हो । श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० को जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल दमकको निम्स अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारले उनीलाई पुनः घर फर्काएका थिए। स्वास्थ्य अवस्था झन् गम्भीर भएपछि उनलाई दमक अस्पतालमा भर्ना गरिएको थियो। तर, मङ्गलवार राति ८स्५८ बजे उपचारकै क्रममा मृत्यु भएको झापा प्रहरीले ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३२८ पटक पढिएको
  • पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेन

    इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । जिल्लामा कुल ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर भरपर्दो सिचाइँ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिले अधिकांश किसानले राखेको बिउ अझै ब्याडमै रहेको ज्ञान केन्द्रका प्रमुख छत्र विकले बताउनुभयो । साथै विकका अनुसार, पछिल्लो समय सहरी क्षेत्रमा बसाइसराइ बढ्नु, कृषिमा युवाको चासो घट्नु र जागिरे मानसिकताका कारण धेरै खेत बाँझिन थालेका छन् । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २३१ पटक पढिएको
  • रामधुनी मन्दिर जाने सड्क कालोपत्रे गरिदै

    इटहरी । रामधुनी मन्दिर जाने सड्क जिर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउँ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सड्क विग्रिएपछि सड्क कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ । संघीय सड्क बोर्डबाट विनयोजन भएको रकमबाट रामधुनी नगरपालिकाले ठेक्का खुलाएर सडकको काम सुरु गरिएको हो । सड्क बोर्डको बजेटमार्फत भगवान रामको पाउ स्पर्श भएको सुनसरीको रामधुनी मन्दिर पुग्न विग्रिएको ६६० मिटर सड्कमा कालोपत्रे गर्ने थालिएको छ । पाँच मिटर लम्बाई भएको सड्कको ४ दशमलब ५ मिटर कालोपत्रे हुने रामधुनी वडा ४ का वडा अध्यक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार ४९ लाख ६२ हजार ४५१ रुपियाँमा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]