इटहरी | इटहरी उपमहानगरपालिका–२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट २ सय ५३ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन्।रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा जाँच, औषधि वितरण, चश्मा वितरण तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा सहजीकरण गरिएको थियो।संस्थाका अध्यक्ष विकास भण्डारीका अनुसार, शिविरबाट विशेष गरी वृद्धवृद्धा र आँखाका समस्या भोगिरहेका नागरिकले राहत महसुस गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २ का वडा सदस्य दुर्गाबहादुर धमलाले यस्तो प्रकारका सेवा कार्यक
इटहरी/ हलुवाइ सेवा समाज इटहरीको आयोजनामा २०८२ सालको प्रत्येक सोमबार बिहान ५:३० बजे इटहरी को पबित्र नदी बृद्द गगां जमुना मुक्ती घाट बाट जल उठाइ इटहरी मै रहेको श्रीराधा कृष्ण शिव मन्दिर मा अर्पन गर्ने र प्रसाद भण्डारा ग्रहण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। टाढा बोलबम जान नसक्ने सहित सम्पुर्ण नगरबासी धर्मानुरागी भक्तजन हरु लाई जानकारी गराउदै उपस्तिथि को लागि अनुरोध गरेकोछ ! हलुवाइ सेवा समाज इटहरीले छैठ पर्व, श्री कृष्ण जन्माष्टमी, रथयात्रा लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू फलफुल, पानी, खाधान्न लगायतका सामग्री बितरण गर्ने गरिरहेको छ । व्यवसायिक सँगसँगै धार्मिक तथा सामाजिक
इटहरी | संघीय खानेपानी मन्त्री प्रदीप यादवले शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले खानेपानीलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समानरूपमा सेवा पुर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताएका हुन्।“कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ,” मन्त्री यादवले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”उनले समावेशी दृष्टिकोणमार्फत विकासको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, झुम्का ख
इटहरी । संखुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुबै पुल उद्घाटन गर्नुभएको हो । पुल सञ्चालनपछि स्थानीयवासीको आवागमन सहज हुने बताउनुभयो। मन्त्री खड्काले पुलमार्फत कृषकले उत्पादन गरेका कृषिबाली सहज रूपमा बजारसम्म पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाउँदै ठेकेदारको लापरवाहीका कारण जनताले समयमा सेवा पाउन नसकेको उल्लेख गर्नुभयो। चैनपुर–१ र मादी–९ जोड्ने यावरा खो
इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीय स्मृती चौधरीको करेन्ट लागेर ज्यान गएको छ। प्रहरीका अनुसार चौधरी आफ्नै घरमा रहेको पङ्खा ९कल० चलाउने क्रममा विद्युत प्रवाहमा परी घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका कारण तत्कालै उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरी । झापामा आर्थिक वर्ष २०८१र ८२ ९साउन–असार०मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ । यस्तै मादक पदार्थ सेवन मापसे अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतनामू
इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल कार्य शिलशिलामा कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ कार्यवाहक नगर प्रमुख तोकिएका छन्। नगर प्रमुख पौडेलले साउन २ गतेदेखि कार्यालयमा पुनः उपस्थिति नहुन्जेलसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ९क० र १२ अनुसार वडा नं। २० का वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पत्रमार्फत् जानकारी गराएका हुन्। उक्त जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपमहानगरका विभिन्न कार्यालयहरूमा समेत
इटहरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथांका नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार संखुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । मन्त्री खड्काले किमाथांका नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिनुभयो । साथै, त्रिदेशीय सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा पनि मन्त्री खड्काले जोड दिनुभयो । उहाँले संखुवासभामा
इटहरी । कोशी प्रदेशको सीमित ठाउँमा रहेको पूर्वाधार विकास कार्यालय १४ वटै जिल्लामा विस्तार गरिएको छ । दुई वटा जिल्लाको कार्यालय एउटै ठाउँमा राखेर सेवा दिँदै आएकाले उपभोक्ता, ठेकेदार र नागरिकको पहुँच नहुने र भए पनि सास्ती खेप्नु परेको गुनासोलाई सम्बोधन गर्न पूर्वाधार विकास कार्यालय प्रदेशका १४ वटै जिल्लामा विस्तार गरिएको हो । सोही क्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एक कार्यक्रमबिच सुनसरीको इनरुवा नगरपालिका–४, बसपार्कमा पू्र्वाधार विकास कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकार सबै जिल्लामा भौतिक पू्र्वाधार विकास कार्यालय विस्तार गर्ने योजना रहेको बताउनुभयो
काठमाडौं / नेकपा एमालेले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको सदस्यता नविकरण रोकेको छ । पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नविकरण नै नभएको जानकारी दिनुभएको हो ।एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय संगठन बिभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलले गत बर्षबाटै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण भइसकेको बताउनु भएको थियो तर अध्यक्ष ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन हुने कि नहुने भन्ने बिषयमा सवै सदस्यहरुको राय लिएर मात्रै निर्णय लिने प्रस्तावसहित आफ्नो धारणा राखेर सदस्यता नविकरण रोकिएको जानकारी गराउनु भएको छ ।यसअघि काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलादेखि केन्द्री
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.