इटहरी । ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् । जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान कारबाहीमा परेका छन् । यस्तै, एकसय सातवटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँचसय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा भने एक हजार तीनसय सव
इटहरी । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ हिँड्नुभएको छ। सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गर्नुभएकोमा प्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ प्रस्थान गर्नुभएको हो। नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग राख्नुभएको छ। आर्थिक समृद्धिका लागि बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको माग गर्दै मेयर भट्टराईले काठमाडौं पुगेर साउन ११ गतेदेखि
इटहरी । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१(८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो । जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्या
इटहरी । साउनको पहिलो साता सकिन लाग्दा समेत धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४९३८ दशमलब ८९ हेक्टर धान हुने खेतीयोग्य क्षेत्रफल रहेको छ । जसमध्ये हालसम्म ५३ प्रतिशत अर्थात् २६१७।६१ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा सिचाइँभन्दा पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले बेलैमा रोपाइँ हुन नसकेको हो । पर्याप्त पानी नपर्नाले धनकुटमा ४७ प्रतिशत अर्थात् २३२१।२८ प्
इटहरी । सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र मन्दिर निर्माण भइरहेको पाथीभरा माताको मन्दिरको प्रवेश स्थलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। युवा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले निर्माणाधीन पाथीभरा माताको मन्दिर नजिकै राष्ट्रिय गौरवको प्रतीक नेपाली झण्डा फहराएका हुन्। माताको दर्शन गर्न आउजाउ गर्ने जो कोहीलाई पनि मंदर नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने अभियन्ता चौलागाईले जानकारी दिए। राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास व्यक्त गरे । भियन्ता चौलागाईको एक इट्टा अभिय
इटहरी । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका –८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् । फुङलिङ –८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरेमा तत्काल सेवा पाउनेछन् । अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धव
इटहरी । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्
इटहरी । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उहाँको भनाइ छ । यहाँ गाउँपा
इटहरी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट गएको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो। बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गर्नुभयो। आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.