All Posts By कोशी प्रेस

    Showing ५,७४१-५,७५० of १३,५८३ items.
  • मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास

    इटहरी । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास गरिएको छ । नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी(६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको बेरुजु ३८ करोडबाट घटाएर १६ करोडमा झारेको बताउनुभयो । नगर प्रमुख खरेलले नगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रयास भइरहेको बताउँदै सुशासन कायम गर्नसके भ्रष्टाचार आफैं घट्दै जाने र शुसासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले १२ करोड ९३ लाख रुपियाँको डिपिआर बनेको जानकारी दिँदै ठेक्का ११ करोड तीन लाखमा लागेको बताउनुभयो । नगर विकास कोषको ६० प्रतिशत

    • प्रकाशित मितिः साउन ५, २०८२
    • १८४ पटक पढिएको
  • नदीमा नुहाउने क्रममा १३ वर्षीय बालक वेपत्ता

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित राजाबाट घाटमा नुहाउने क्रममा एक बालक वेपत्ता भएका छन्। भोक्राहा नरसिंह गाउँपालिका–१ का अन्दाजी १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार दिउँसोदेखि वेपत्ता भएका हुन्। उनी रामबिलास मेहताका छोरा हुन्। परिवारका अनुसार दिपेश साथीहरूसँग राजाबाट घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीमा डुबेर बेपत्ता भएका थिए। घटना भएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरे पनि हालसम्म फेला पार्न सकिएको छैन।स्थानीय प्रशासनले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनाले स्थानीयवासी तथा दिपेशको परिवारलाई अत्यन्त पीडा दिएको छ। सुनसरीमा यसरी बाल

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५१ पटक पढिएको
  • ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध

    इटहरी । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रममा घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका तर्फबाट गठित अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्य्रक्रम सार्वजनिक गरेको हो । सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने,  साउन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५७ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

    इटहरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी– २ र ३ मा पर्ने यहाँ उद्यानसँगै आसपासमा पदमार्गसमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । पार्कस्थलको घेराबारा, दिमाको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएको उहाँको भनाइ छ । किरात इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ८२ पटक पढिएको
  • भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी । उदयपुरमा भ्यानको ठक्करबाट ७४ वर्षीया महिलाको मृत्यु भएको छ। कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै  गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ६४ पटक पढिएको
  • इटहरीमा करेन्ट लागेर एकको मृत्यु

    इटहरी । सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति एक जना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको बताउनुभयो । उनका अनुसार आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करेन्ट लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको जानकारी खतिवडाले दिनुभयो ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ७० पटक पढिएको
  • वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध

    इटहरी । लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (सोमबार) बिहान ९ बजे दिएको अद्यावधिक विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै, पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सवारीसाधनको आवागमन ठप्प भएको जनाइएको छ । पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ७३ पटक पढिएको
  • एसिड सेवन गरी सिकिस्त भएका एक पुरुषको उपचारको क्रममा मृत्यु

    इटहरी । सुनसरीको धरानमा तेजाब (एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरमा उपचारका क्रममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्राथमिक उपचारपछि थप जटिल उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचार

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ८२ पटक पढिएको
  • इटहरीमा प्रेस स्वतन्त्रताको पक्षमा व्यापक ऐक्यबद्धता , पत्रकारहरू आन्दोलनको तयारीमा

    इटहरी | नेपाल पत्रकार महासंघ, सुनसरी शाखाको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता गरिएको छ। हालै पत्रकारितामाथि बढ्दो दमन र अभिव्यक्ति स्वतन्त्रतामाथि देखिएको हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्न पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, शिक्षाविद्, साहित्यकार, कलाकार, युवा तथा राजनीतिक दलका प्रतिनिधिहरूले उल्लेखनीय उपस्थिति जनाएका थिए।कार्यक्रमको उद्घाटन पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षता तथा महासंघका केन्द्रीय प्रतिनिधिको विशेष उपस्थितिमा गरिएको थियो। सभा स्थलमा ‘प्रेस स्वतन्त्रता कुण्ठित

    • प्रकाशित मितिः साउन ४, २०८२
    • १५७ पटक पढिएको
  • तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने

    इटहरी । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् । यस्तै, द योङ ब्रदर्स क्लब इटहर

    • प्रकाशित मितिः साउन ४, २०८२
    • २७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]