All Posts By कोशी प्रेस

    Showing ५,७३१-५,७४० of १३,५८३ items.
  • इलाममा मनाइयो नेवार समुदायले मनाउने गठेमङ्गल

    इटहरी । नेवार समुदायले मनाउने गठेमङ्गलु (नेवारी भाषामा गथामुग) आज इलाममा पनि मनाइएको छ । नेवारी समुदायमा गठेमङ्गललाई दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग र अराजकताविरुद्धको विजयको प्रतीक रुपमा मनाइने गरिएको छ । यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने सांस्कृतिक परम्पराका रुपमा मान्ने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् । मानिसको आकृति जस्तै  देखिने  काठको पुत्लालाई भूतको पुत्लाको रुपमा बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ । नेवारी तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गर्ने गरिएको इलाम नगरपालिका–५ का पूर्व वडाध्यक्ष ठाकुरनारायण श्रेष्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ४४५ पटक पढिएको
  • प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ । यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुरान

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ४३६ पटक पढिएको
  • ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै १४ करोड राजस्व सङ्कलन

    इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै चौध करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय अर्थात कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ कुल १३ करोड ८५ लाख ८४ हजार २६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको सहलेखापाल खनालले जानकारी दिनुभयो । खनालका अनुसार सङ्घीय सरकार मातहतका निकायमार्फत १२ करोड ९५ लाख ५३४ रुपिया

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३२१ पटक पढिएको
  • फक्ताङ्लुङमा बाढीले बेलिब्रिज बगाउँदा यातायात अवरुद्ध

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । मङ्गलबार राति वर्षासँगै तमोर नदीमा आएको बाढीले मोटर गुड्ने बेलिब्रिज बगाउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार वडा नम्बर ५ तापेथोक र वडा ६ लेलेपको पुछार रानीपुलमा रहेको बेलिब्रिज बाढीले बगाएको हो । भीषण वर्षासँगै तापेथोकको हेल्लोक सिम्बुवा खोलामा आएको बाढीका कारण तमोर नदीमा पानीको बहाब बढेपछि बेलिब्रिज बगाएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । रानीपुलस्थित तमोर नदीको बेलिब्रिज बाढीले बगाएसँगै हाल यातायात स

    • प्रकाशित मितिः साउन ७, २०८२
    • २६९ पटक पढिएको
  • छोराले छुरा प्रहार गरी बुवाको हत्या

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा पारिवारिक समस्या र जग्गा विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरेका छन् । देवानगञ्ज ३ का ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीको कुटपिटसहित छुरा प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मङ्गलबार राति विवाद चर्किएपछि रियाजले बुवालाई कुटपिट गरेका थिए । गम्भीर चोटका कारण घटनास्थलमै सबिब अन्सारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ। पारिवारिक स्रोतका अनुसार अन्सारी परिवारमा लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डालाई लिएर विवाद  थियो। सोही विषयलाई

    • प्रकाशित मितिः साउन ७, २०८२
    • २५२ पटक पढिएको
  • हेंवा खोलाले बगाउँदा एक युवतीको उपचारको क्रममा मृत्यु

    इटहरी । पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ ।  खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका –७ पापुन्देनका रत्नकुमार आङ्बोकी २३ वर्षीया छोरी मनीषा आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हेंवा खोलाको हिलिहाङ खण्डमा डाइभर्सन बनाउने काममा खटेका मानिसले बग्दैगरेको अवस्थामा भेटेपछि आङ्बोको उद्धार गरिएको थियो । आङबोलाई प्रहरी र स्थानीयले उपचारार्थ पाँचथर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको तामाङको भनाइ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २५३ पटक पढिएको
  • सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ

    इटहरी । तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । गत वर्ष साउनको पहिलो सातासम्म ८२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष तुलनात्मक कम भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । यस वर्ष वर्षामा पानी नपर्दा सुनसरीको धेरै स्थानमा बोरिङ मेशिन र नहरको पानीबाट रोपाइँ गरिएको जनाइएको छ । तराईको अन्नभण्डार भनेर चिनिने तराईका जिल्लामा यस वर्ष रोपाइँ ढिलो भएको हो । किसानहरुले बोरिङ मेशिनको सहायताले धान रोप्न सुरु गरे पनि गतवर्षको तुलनामा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २६१ पटक पढिएको
  • विद्यार्थी र अभिभावकद्वारा लालीगुराँस नगरपालिका घेराउ

    तेह्रथुम | विद्यालय तह घटाउने निर्णयको विरोधमा तेह्रथुमको लालीगुराँस नगरपालिकाको कार्यालयमा आइतवार विद्यार्थी, अभिभावक र स्थानीयवासीले घेराउ गरेका छन्।गत असार २६ गते नगर कार्यपालिकाको बैठकले नगरक्षेत्रका आठवटा माध्यमिक विद्यालयको कक्षा ११ (प्लस टु) तह घटाएर दुईवटामा मात्र सीमित गर्ने निर्णय गरेको थियो। त्यसको विरोधमा वडा नम्बर ६ र ८ का बासिन्दा आन्दोलित बनेका हुन् ।नगरपालिकाले वडा नं. ८ मा रहेको रत्न माविमा प्लस टु पठनपाठन केन्द्रित गर्ने निर्णय गरेपछि सोही वडामा पर्ने मंगलबारेस्थित सिंहदेवी माविको प्लस टु तह हटाइएको छ। विद्यालय तह घटाएर आफ्ना छोराछोरीलाई गाउँमै अध्ययन गर्ने सुविधाबाट वञ्चित ग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २३६ पटक पढिएको
  • नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्‌घाटन

    इटहरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्‌घाटन गरिएको छ । ताप्लेजुङमा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक सामाग्रीको व्यवस्थापन सहित नवनिर्मित भवनको उद्‌घाटन गरिएको हो । कुल ८ लाख ६० हजार ७८८ रुपियाँको लागतमा निर्मित भवनको उद्‌घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गरिएको छ । जिल्लामा हुने विपद् प्रतिकार्यका लागि चाहिने आवश्यक सामाग्री समेत स्थानीय तह तथा अन्य सङ्घसंस्थाको समन्वयमा खरिद गरि भण्डारण गरिएको गुल्मका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • २१३ पटक पढिएको
  • ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ मा साहाना र स्मीका विजेता

    इटहरी । धरान १५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्। विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक्ने अवसर पाएका छन्। प्रतियोगितामा साहानाले वेष्ट फोटो जेनिक र स्मीकाले मोष्ट एक्टिभ अवार्ड समेत जितेकी हुन्। यस्तै प्रतियोगिताको फस्ट रनरअप जुनियर ग्रुपबाट होलि गार्डेन एकेडेमी धरान–१ की छात्रा ईमानी व

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]