All Posts By कोशी प्रेस

    Showing ५,७२१-५,७३० of १३,५८३ items.
  • बाढी खेतमा पसेपछि धानबालीमा क्षति

    इटहरी । भोजपुरको कावा खोलासहितका आसपासका क्षेत्रमा बाढी खेतमा पसेपछि थन्काउने चरणको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नालीको उचित व्यवस्थापन नगर्दा सडकको पानी खेतमा पस्दा स्थानीय किसानको बाली नष्ट भएको हो। रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङका अनुसार, सडकमा जमेको पानी नालीमार्फत निकास नपाएपछि खेतमा पसेको र यसले धानबाली नष्ट गरिदिएको हो। बाढीले यस पटक कम्तीमा तीन जना किसानको बर्खे धानबालीमा क्षति पुर्‍याएको छ। 

    • प्रकाशित मितिः साउन ८, २०८२
    • २३५ पटक पढिएको
  • रास्वपा इटहरी नगर अधिवेशन तत्काल रोक्न उच्च अदालतबाट आदेश

    इटहरी । साउन १० गते हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इटहरी  अधिवेशन तत्काललाई रोकिएको छ । उच्च अदालत विराटनगरको आदेशपछि अधिवेशन रोकिएको हो । रास्वपाका इटहरी उपमहानगर सभापति बिष्णु बहादुर बस्नेतले अधिवेशन रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । बस्नेतलाई  रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीको पार्टी सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टीभित्रका नेताहरुको भ्रष्टआचरणका बारेमा कुरा उठाएको कारण आफूलाई निलम्बन गरिएको उनको दुःखेसो छ । दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि उच्च अदालत विराटनगरले दिएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • २८७ पटक पढिएको
  • ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु

    इटहरी । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो । जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरु आउनुभएपछि जिल्लामै उक्त शल्यक्रिया सेवा सुरु भएको हो । जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गर्नुभएका डा। जयरु गत माघमा ताप्लेजुङ आउनुभएको र माघ महिनाको अन्तिमदेखि नै जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सेवा सुरु गरिएको हो । गत माघ महिनायता हालसम्म १३६ जना बिरामीको सफल

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३११ पटक पढिएको
  • पुष्पलालको विचार आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा विचलन

    इटहरी । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताउनुभएको छ ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले पुष्पलालको विचारमा एकढिक्का भएर अगाडि बढियो भने  कहिले पनि पराजित  हुनु नपर्ने बताउनुभयो । पुष्पलाल स्मारक समितिद्वारा आयोजित पाँचदिने कार्यक्रममा विचार गोष्ठी, कविता वाचन, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ, सौन्दर्यीकरण, झन्डोत्तोलन र दीप प्रज्वलन जस्ता विविध गतिविधि समेटिएको थियो । सम

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ४४३ पटक पढिएको
  • भोजपुरको अधिकांश भूगोलमा अकबरे खुर्सानीको व्यावसाियक खेती

    इटहरी । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लोको उहाँको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले  बारीबाट किनेर लैजाने गरेको सुनाउनुभयो । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसाियक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३०२ पटक पढिएको
  • इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको कोशी प्रदेश कार्यालय स्थापना, चर्तुमास कथा र सत्सङ्ग कार्यक्रम सुरु

    इटहरी । ‘नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम’ भन्ने मूल उद्देश्यसहित स्थापना गरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले इटहरीमा काेशी प्रदेश सम्पर्क कार्यालय स्थापना गरेकाे छ । इटहरी उपमहानगर २ सुकल्प सामुदायिक भवनमा साे कार्यालय स्थापना संगै सञ्चालनमा ल्याइएकाे हाे ।  केन्द्रले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आगामी याेजना र सञ्चालन भइरहेकाे कार्यक्रमहरू बारे जानकारी गराएकाे छ । २०६६ सालमा स्थापना भएको केन्द्रले  वैदिक सनातन धर्म र अध्यात्मिक चेतनाको प्रसार गर्ने  आत्मसाक्षात्कारमार्फत मानव जीवनलाई सार्थक बनाउने कार्यलाई मूल ध्येय मानेको पत्रकार सम

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३२७ पटक पढिएको
  • सहारा नेपाल साकोस मंगलवारे सेवा केन्द्रद्वारा दुर्गा मन्दिरलाई पोडियम हस्तान्तरण

    मोरङ / सहारा नेपाल साकोसको मंगलवारे सेवा केन्द्रले उर्लावारी–३ स्थित दुर्गा मन्दिरलाई पोडियम हस्तान्तरण तथा वित्तीय विवरण सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न गरेको छ।दुर्गा मन्दिरको सभाहलका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान पोडियम हस्तान्तरण गरिएको र हालसम्मको सेवा केन्द्रको आर्थिक अवस्था तथा गतिविधिबारे प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिनुभयो।कार्यक्रम उर्लावारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सेवा केन्द्रले हाल १० करोडभन्दा बढी ऋण लगानी, करिब ९ करोड बचत संकलन गर्दै वित्तीय साक्षरता, बीमा, मोबाइल बैंकिङ लगायतका सेवा दिइरहेको जनाएको छ।संस्थाको पारदर्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ४०८ पटक पढिएको
  • इटहरीमा वडा अध्यक्षसहित स्थानीयद्वारा विद्युत प्राधिकरण झुम्का फ्युज सेवा केन्द्रमा धर्ना

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष प्रभात कुमार आचार्यसहित स्थानीय बासिन्दाहरूले लामो समयदेखि निरन्तर रुपमा आएको विद्युत भोल्टेज समस्या समाधान गर्न माग गर्दै आज इटहरी वितरण केन्द्र अन्तर्गत झुम्का फ्युज सेवा केन्द्रमा धर्ना दिएका छन्।स्थानीय महिला, बालबालिका, युवा तथा अभिभावकहरू मिलेर दिउँसो ३ बजेदेखि ६ बजेसम्म कार्यालय अगाडि धर्नामा बसेका थिए। उनीहरूले राति बत्ती बल्दैन, फ्यान चल्दैन, विद्युतीय उपकरण काम गर्दैनन्, विद्यार्थीहरू पढ्न सक्दैनन् भन्दै पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका थिए।स्थानीयको आवाजमा ऐक्यबद्धता जनाउँदै वडा नम्बर १७ का अध्यक्ष आ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३०५ पटक पढिएको
  • युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

    इटहरी । ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले उत्पादन गर्न लागेको ५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । युनाइटेड मेवाखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेम (आशिष) ले निर्माणको काम करिव ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । जनसम्पर्क अधिकृत केदेमका अनुसार आयोजनाको विद्युत गृह र सुरुङको केही काम मात्र बाँकी रहेको छ । उहाँले सम्पन्न हुन

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३३६ पटक पढिएको
  • भोटखोलामा पहिरोका कारण पाँच घरपरिवार विस्थापित

    इटहरी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्ग्खा टोलमा मङ्गलबार राति आएको भीषण पहिरोका कारण पाँच घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार ढुङ्गा, माटो र ठूलो ढिस्कोसहित आएको पहिरोले एक घर पूर्ण रूपमा भत्किएको छ भने अर्को एक घर आंशिक क्षतिग्रस्त भएको छ । बाँकी तीन घरहरू उच्च जोखिममा परेका कारण पूर्णरूपमा विस्थापित भएको छ। पहिरोले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षति भएको अध्यक्ष भोटेले बताउनुभयो । विस्थापित हुनेमा लीलाबहादुर श्रेष्ठको सात सदस्यीय परिवार, लाप्साङ शेर्पाको चार जनाको परिवार, मुस्कान शेर्पाको पाँच जनाको परिवार, सुब्बा श्रेष्ठको तीन सदस्यीय पर

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]