All Posts By कोशी प्रेस

    Showing ५,७११-५,७२० of १३,५८३ items.
  • उदयपुर प्रशासनले सबै पालिका र वडालाई परिपत्र, नागरिकतामा आमाको नाम अनिवार्य

    इटहरी । जिल्ला प्रशासन कार्यालय उदयुरले नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य समावेश गर्न जिल्लाका सबै पालिका र वडा कार्यालयलाई परिपत्र गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम नयाँ नागरिकताको प्रमाणपत्र लिन सिफारिस गर्दा आमाको नामसमेत अनिवार्य रूपमा लेखेर सिफारिस गर्न पालिका र वडालाई परिपत्र गर्नुभएको हो । प्र.जि.अ लुइटेलले यसअघि सम्बन्धित वडाध्यक्षले नागरिकताको प्रमाणपत्र लिन आउने जोकोहीलाई सिफारिस गर्दा आमाको नाम उल्लेख गर्नुपर्ने महलमा खाली नै राखेर सिफारिस गर्ने गरिएको थियो । अब यसरी खाली राख्न नमिल्ने र सन

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २२० पटक पढिएको
  • १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन

    इटहरी । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा सङ्घीय सरकारको लगानीमा १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन बनेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएदेखि अहिलेसम्म प्रयोगमा आएको छैन । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) ले निर्माण गरेको प्रशासनिक भवनसहित परिसरमा ३२ वटा थोक तरकारी तथा फलफूल पसल, ३२ वटा खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, व्यवस्थापक क्लस्टर, सार्वजनिक शौचालय, नापतौल मेसिन, लोडअनलोड क्षेत्र, गोदामघर, बैङ्क घर, सुरक्षाकर्मी पोस्टसहितका संरचना छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २८७ पटक पढिएको
  • तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने

    इटहरी । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो । लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने छ ।बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३२३ पटक पढिएको
  • इटहरीमा टिभिएस एक्सचेञ्ज म्यानियाः पाँचौ दिनमा पनि उत्साहजनक भीड, अफरमा ग्राहक आकर्षित

    इटहरी | नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले इटहरीमा आयोजना गरेको टीभीएस एक्सचेन्ज म्यानिया अभियान मार्फत ९० भन्दा बढी सवारीसाधन बिक्री गरेको छ ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने मेलामा बिहीबार सम्ममा ९० भन्दा बढी सवारीसाधन बिक्री तथा एक्सचेञ्ज भएका छन् । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार मेलामा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भि

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३४० पटक पढिएको
  • ताप्लेजुङमा साउनयता बाढीपहिरोले भौतिक संरचनामा क्षति

    इटहरी । ताप्लेजुङमा साउन महिनायता बाढीपहिरोले थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। प्राय, हरेक दिन वर्षा भइरहेको र वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति पुगेको हो। निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएको बाढीपहिरोले सडक, पुल, मानिसको घर लगायतका संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन महिनापछि वर्षासँगै बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति गरेको छ। मङ्गलबार राति मात्र भीषण वर्षासँगै बाढीपहिरो जाँदा फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा विभिन्न भौतिक संरचना तथा कृषि

    • प्रकाशित मितिः साउन ८, २०८२
    • २९१ पटक पढिएको
  • धरान अस्पताललाई पुनः सञ्चालनमा ल्याउन माग

    इटहरी । स्वास्थ्य विमा बोर्डले प्रथम सेवा विन्दुबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हटाएपछि नगर अस्पतालको चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेपछि गत साउन १ गतेबाट मन्त्रालयले पुनः प्रतिष्ठानलाई प्रथम सेवा विन्दुको लागि छनोट भयो। तर, यसपटक असोज मसान्तसम्मका लागि बिपीलाई प्रथम सेवा विन्दू कायम गर्ने मन्त्रालयले पत्र पठायो। आउँदो तीन महिनाका लागि प्रतिष्ठानलाई प्रथम सेवा विन्दू कायम गरेपनि त्यसपछिको समय धरानवासी स्वास्थ्य वीमाको सेवा लिनका लागि कहाँ पुग्ने अन्योल सुरु भएको हो। सोही क्रममा धरान उपमहानगरपालिकाले वडा नम्बर १ छाता चौकस्थित जीर्ण अवस्थामा रहेको धरान अस्प

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३४१ पटक पढिएको
  • २४ वर्षपछि नेपाली सेनाले खोल्यो सार्वजनिक सडक

    इटहरी  । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तिनकुनेबाट च्याल्सासम्म जाने सडकको मुखमा रहेको करिब एकसय सात मिटर सडक सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको व्यारेक क्षेत्रभित्र पर्ने त्यस स्थानमा सडक निर्माण गरी सोलुुखुम्बुबाट निर्वाचित रक्षा मन्त्री मानविर राईले उक्त सडकको उद्घाटन गरेपछि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।  तत्कालीन द्वन्द्वको समयमा नेपाली सेनाले व्यारेक प्रयोजनका लागि गरेको अधिग्रहणबाट बन्द रहेको तत्कालीन पैदल बाटो २४ वर्षपछि खुल्दा स्थानीय खुशी भएका छन् । सेनाको अधिग्रहणमा रहेको जग्गा सोलुदूकुण्ड नगरपालिका र सरोकारवालाहरुको माग तथा रक्षामन्त्री मानवीर राईको समन्वयात्मक पहलमा स

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३९० पटक पढिएको
  • कुलुङ झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै, सहज पहुँचका लागि बाटो अनुगमन

    इटहरी । लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमानामा अवस्थित प्राकृतिक सुन्दरता समेटिएको कुलुङ झरनामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । गर्मीको मौसमसँगै झरनाको ठण्डा पानी र रमणीय वातावरणमा रमाउन पर्यटकहरू त्यहाँ पुग्न थालेका छन्। यसै सन्दर्भमा लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीको नेतृत्वमा लालझोडा, होक्से र भालुखोप क्षेत्रका स्थानीयवासीहरूको सहभागितामा झरनासम्म पुग्ने बाटोको स्थलगत अनुगमन गरिएको हो। लेटाङ बजारबाट करिब ३५ मिनेटको यात्रा तय गरेपछि पुगिने झरना अझै सहज रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले बाटो विस्तार तथा सुधारको काम अघि बढाइएको जनाइएको छ । नगर प्रमुख ला

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३२१ पटक पढिएको
  • भोजपुरमा सडकको पानी खेतमा पस्दा धानबाली नष्ट

    इटहरी । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे साउने धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो । सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका– ५ का किसान विश्वराज तामाङले बताए । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए । खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दोस्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी

    • प्रकाशित मितिः साउन ८, २०८२
    • २७१ पटक पढिएको
  • डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

    काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरू भएको छ। सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन् । प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका संस्थापक, प्रिन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]