इटहरी । ताप्लेजुङमा जबरजस्ती करणी बलात्कारका घटना वृद्धि भएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा वर्षेनि जबरजस्ती करणीजन्य घटना बढेको पाइएको छ। गएको आर्थिक वर्ष २०८१र८२ मा मात्र जबरजस्तीजन्य २६ वटा घटना भएका छन्। उक्त सङ्ख्यामध्ये जबरजस्ती करणीका २१ र करणी उद्योगका पाँच वटा घटना भएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका बस्नेतका अनुसार जबरजस्ती करणी घटनामा ४० वर्ष उमेर नाघेका महिलादेखि ना
इटहरी । सहारा नेपाल साकोस बेलबारी सेवा केन्द्रले एक बितिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रमको आयोजना गरी सदस्यहरूको ५ लाख ८० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । बेलबारी नगरपालिका–११ निवासी स्व. घाउरे धिमालको निधनपश्चात उनकी पत्नी पार्वती धिमाल, स्व रोनल मिश्रको निधनपश्चात उनकी आमा मिना कुमारी बुढाथोकी र बेलबारी ४ निवासी स्व किरण लिम्बुको निधनपश्चात उनकी पत्नी रुपा कुमारी राणाको नाममा रहेको ऋण मिनाहा गर्दै ५ लाख ८० हजार रुपैयाँको चेक बेलबारी ११ कि वडा सदस्य तारा सुन्दासको हातबाट हस्तान्तरण गरेको छ । बेलबारी सेवा केन्द्र सहयोग उपसमिती सदस्य रीता दाहालको अध्यक्षता तथा प्रमु
इटहरी । कोशी प्रदेशका कार्यालय प्रमुखहरुले कतिपय योजनाको नाम र स्थान उल्लेख नहुँदा बजेट फ्रिज भएको र कतिपय योजनामा बजेट अभाव हुँदा समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष ०८१÷८२ को वाषिर्क प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२÷८३ को वाषिर्क बजेट र कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यक्रममा सहभागि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तर्गतका कार्यालयका कार्यालय प्रमुखहरुले टुक्रे योजनाका कारण काम सम्पन्न गराउन समस्या भएकाले टुक्रे योजनाहरु पालिकालाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । कोशी प्रदे
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पताल शिलान्यास गर्नुभएको छ । शुक्रबार शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन गर्न सक्ने अवस्था सिर्जना हुने र यसले विदेशबाट आउने विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख उहाँले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले विदेश
इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर टे«निङ्’ प्रति आकर्षित हुन थालेका छन् । इटहरीमा सञ्चालित यलम्बर केयर गिभर टे«निङ् सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि ५०० भन्दा बढीले तालिम लिएका छन् । तालिम लिनेमध्ये सवैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर टे«निङ् सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए । उनका अनुसार इजरायल जादा जेष्ठ नागरिकहरुको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि
इटहरी । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै विकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो । निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका ल
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण ग
इटहरी । बाढीले क्षति पुर्याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा आएका छन् । सडक डिभिजन इलामले डाइभर्सनको मर्मतपश्चात् सडक सञ्चालनमा ल्याएको हो । हेंवा खोलामा आइतबार बिहान आएको बाढीले त्यहाँ राखिएका पेन स्टक पाइप पुरेसँगै सडक अवरुद्ध थियो । पाँचदिनको प्रयासपश्चात् खोलामा थुप्रेका ढुङ्गा र बालुवा झिकेर सरसफाइ गरेसँगै शुक्रबार बिहानैदेखि निरन्तर यातायात र ढुवानीका साधन चल्न थालेको सडक डिभिजन इलामका हेंवा खोलास्थित सुपरभाइजर डम्बर मिश्रले जानकारी दिनुभयो ।उहाँका अनुसार शुक्रबार हेंवा खोलामा पानीकोे सतह घटेको छ । थप पानी परेर बाढी नआउन्जेल अब यहाँ सडक अवरोध हुनेछैन । हेंवा ख
इटहरी । पूर्वी नेपाल र भारतबाट आयातित तरकारीको किनबेच हुने धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै गएको छ । हरियो तरकारीमा गरिने विषादी परीक्षणबाट उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाएको बताइएको छ । धरान कृषि उपज बजारस्थलमा दैनिक नेपाली र भारतीय व्यापारीमार्फत भित्रिने गरेको हरियो तरकारीको विषादी परीक्षण गर्ने गरेको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । प्रबन्धक भट्टराईका अनुसार बजारस्थलमा आएका तरकारीको विषादी परीक्षण गरेर खान योग्य भए मात्रै तरकारी व्यापारीमार्फत बजारमा जाने गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशाल
इटहरी । लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् । लागुऔषधका कारण युवाहरुमा नकारात्मक लत बस्ने र त्यसले सामाजिक अपराधलाई समेत बढाउने गरेका कारण प्रहरीले अभियानकै रुपमा नियन्त्रणको प्रयत्न गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट ब्राउन सुगर, चरेस र विभिन्न मनोदिपक औषधी भित्रिने र नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेकोले गतवर्ष प्रहरीले तस्करीको उक्त सञ्जाल तोड्न बढी मिहिनेत गरेको देखिएको हो । कोशी प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा ल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.