इटहरी । गएको आर्थिक वर्ष २०८१ /०८२ मा धनकुटामा जम्मा ३ सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गएको आर्थिक वर्षमा प्रशासनतर्फ १ सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन
इटहरी। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगन्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो । जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छभने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्म
इटहरी । दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत खोटाङको फोक्सिङटार सुनकोशी नदीको मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ । मोटरेबल पुल गएको वर्ष असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो । फोक्सिङटारमा गएको पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि स
इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ। सदरमुकाम फ
इटहरी । एकै व्यक्तिले फरक फरक व्यावसायिक फर्मबाट एकै स्थानको स्टक देखाएर बैङ्कबाट कर्जा लिएर भुक्तानी नगरेपछि विराटनगर–७ स्थित मेगाटेक सोलुसन प्रालि रहेको कार्यालय तथा यससँग सम्बन्धित गोदाममा ताला लगाउन बैङ्कको होडबाजी चलेको छ । कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको बिक्री गर्दै आएको मेगाटेक सोलुसन प्रालि विराटनगरका आशिष धनावत सञ्चालक रहेको व्यावसायिक फर्महरूमा बैङ्कले ताला लगाएका हुन् । विराटनगर–७, मेनरोडस्थित मेगाटेक सोलुसन प्रालिको पसल र यसको गोदाममा नबिल बैङ्कले गत बुधबार शिलबन्दी गरेको थियो । व्यवसायी धनावत परिवारले सञ्चालन गरेको विराटनगर–७ स्थित मेगाटेक, विराटनगर ३ स्थित एचडी ट्रेडिङ कन्सर्
इटहरी। झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१र०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताउनुभयो । हात्तीबाट मानवीय क्षति भइरहँदा हात्तीहरुले पनि क्षति व्यहोरिरहेका छन् । एक वर्षमा चार वटाको हात्ती विभिन्न कारणले मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट झापामा सात जना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचार खर्चवापत् ७ लाख ३८ हजार ४३२ रुपियाँ प्रदान गरिएको थियो ।
इटहरी । हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्त्वपूर्ण काशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका
इटहरी | इटहरी उपमहानगरपालिका–१ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले विद्यार्थीहरूमा आर्थिक साक्षरता, उद्यमशीलता र व्यवहारिक सीप विकास गराउने उद्देश्यसहित एक दिवसीय व्यवसायिक अभ्यास कार्यक्रम गरेको छ।‘ईसिए (ECA – Extra Curricular Activities)’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले साना साना समूहमा बाँडिएर दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक लेनदेन, वस्तु खरिद बिक्री, नाफा–घाटा गणना, हिसाबकिताब राख्ने तरिका जस्ता व्यवहारिक विषयवस्तुहरूमा प्रत्यक्ष अभ्यास गरेका थिए।कार्यक्रममार्फत विद्यार्थीहरूले कसरी सामान किन्ने र बेच्ने, उत्पादन र मूल्य निर्धारण गर्ने, नाफा वा घाट
काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको पद खारेज गर्नुभएको छ । भण्डारीले शुक्रवार पत्रकार सम्मेलन गरी आफू नेकपा एमालेको पूर्वउपाध्यक्ष मात्र रहेको भन्दै प्रेस बिज्ञप्तिमा नै नेकपा एमालेको पूर्वउपाध्यक्ष राखेर पूर्वराष्ट्रपतिको सम्मान खारेज गरिदिनुभएको हो ।उहाँले राजनीतिमा रोक्ने हैसियत कसैसामू नभएको भन्दै एमालेको निर्णयलाई कडा चुनौती पनि दिनुभएको छ । ’नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन,’ भण्ड
प्रेक्षा आचार्यइटहरी – महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका उद्देश्यसहित लेडिज अफ लिबर्टी एलायन्सद्वारा आयोजित अभिमुखीकरण तथा नेतृत्व प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।"मेचीदेखि महाकालीसम्म" फैलिएका २५ जना सक्षम र प्रेरणादायी महिलाहरूको सहभागिता रहेको उक्त कार्यक्रम इटहरीस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको हलमा सम्पन्न भएको हो।कार्यक्रमको प्रारम्भिक अभिमुखीकरण सत्र इटहरी च्याप्टर लिड प्रेक्षा आचार्यको सहजतामा सम्पन्न भयो। त्यसपछि नेतृत्व विकास सत्रको सहजीकरण मौसम कोइरालाले गर्नुभएको थियो। सहभागी महिलाहरूले प्रशिक्षणमार्फत नेतृत्व क्षमताको विकास, नेटवर्किङ तथा सामाजिक योगदानक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.