All Posts By कोशी प्रेस

    Showing ५,६७१-५,६८० of १३,५८३ items.
  • ताप्लेजुङमा डेढ करोड बढीको चामल बिक्री

    इटहरी। ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ करोड रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार गएको आवमा कुल करोड ५५ लाख ८७ हजार ४५० रुपियाँको चामल बिक्री भएको छ । शाखाले अघिल्लो आव २०८०र८१ को तुलनामा गएको आवमा बढी परिमाणमा चामल बिक्री गरेको शाखाका सहायक एवम् सूचना अधिकारी जलान्धरप्रसाद यादवले जानकारी दिनुभयो। सूचना अधिकारी यादवका अनुसार गएको आवमा कुल एक हजार ३१।७५ क्विन्टल स्टिम जिरा मसिनो र ९०६ क्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३२१ पटक पढिएको
  • झापामा खोलामा डुबेरएक जना वृद्धको मृत्यु

    इटहरी। झापा गाउँपालिका(१, सानो माईखोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ। चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका(१, सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आइतबार  बिहान सानो माईखोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्। उनी साउन ७ गते घरमा पालेको सुँगुरका लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आइतबार  बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए। डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३१६ पटक पढिएको
  • दशैं–तिहारको स्वागतमा इटहरीमा सयपत्री फूल रोपिँदै, वुल्स एलेभेन क्लवको पहल

    इटहरी | नेपालीहरूको महान पर्व दशैं–तिहारलाई लक्षित गर्दै इटहरीलाई हराभरा, आकर्षक र फूलमय बनाउने उद्देश्यले वुल्स एलेभेन क्लव द्वारा सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरू गरिएको छ।इटहरी–तरहरा सडकखण्डको डिभाइडर क्षेत्रमा सञ्चालन गरिएको उक्त अभियानमार्फत सहरका नागरिकलाई पर्वमा चाहिने फूल सहज रूपमा उपलब्ध गराउनुका साथै इटहरीलाई सौन्दर्यकरण गर्नु अभियानको मुख्य उद्देश्य हो।दशैं–तिहारजस्ता सांस्कृतिक पर्वमा सयपत्री फूलको माग अत्यधिक हुने हुँदा समयमै फूल उत्पादन हुने वातावरण बनाउने हाम्रो प्रयास गरेको क्लबका उपाध्यक्ष रामु राईले बताउनुभयो।अभियान अन्तर्गत इटहरीको मुख्य सडकखण्डमा सयपत्री फूलका बिरुवा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • १,२७३ पटक पढिएको
  • चौथो सिल्भर म्युजिक अवार्डद्वारा गायक रत्नदीप चौधरी सम्मानित

    सुबास घिमिरे ।  सुनसरी ।  ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ । प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ । सो अवार्डबाट गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको हो ।आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।  सशस्त्र प्रहरी जवानको प्र

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ५३४ पटक पढिएको
  • एसईईमा उत्कृष्ट अंक ल्याउने छोरालाई बुबाबाट ६ लाखको बीमा पोलेसी उपहार

    भोजपुर | बदलिंदो समयसँगै उत्सव, विवाह वा विशेष अवसरहरूमा गहना वा जिन्सी उपहार दिनुको सट्टा बीमा पोलेसी उपहार दिने चलन विस्तार हुँदै गएको छ।त्यही सन्दर्भमा, भोजपुर नगरपालिका–१२ टक्सार निवासी खेमराज खत्रीले एसईई परीक्षामा उत्कृष्ट अंकसहित सफल भएका छोरा खगेन्द्र खत्रीलाई बीमा पोलेसी उपहार दिएका छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर उपशाखामार्फत ६ लाख रुपैयाँको "अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना" अन्तर्गत बीमा पोलेसी प्रदान गरेका हुन्।उक्त बीमा पोलेसी हिमालयन लाइफ इन्स्योरेन्सको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले खगेन्द्र खत्रीकी आमा ध्रुवकला  बुढाथोकीलाई हस्तान्तरण

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ९५१ पटक पढिएको
  • धार्मिक क्षेत्र संरक्षण र जल व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ः मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आज वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको वराहक्षेत्र नगरपालिका(१ स्थित वराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो वराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३४९ पटक पढिएको
  • नेपाल मुस्लिम संघ, इटहरी नगर समिति : मोहम्मद नौशाद आलमको नेतृत्वमा २५ सदस्यीय समिति सर्वसम्मत चयन

    इटहरी | नेपाल मुस्लिम संघ, इटहरी नगर समितिको प्रथम नगर अधिवेशनबाट मोहम्मद नौशाद आलमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।नगर समितिका संयोजक मोहम्मद नौशाद आलमको अध्यक्षता तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिका सभापति एवं कोशी प्रदेशसभा सदस्य हाजी इस्राईल मसूरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्षमा मोहम्मद नौशाद आलम, उपाध्यक्षमा सविर मियाँ र इन्तियात बरकाती, सचिवमा नुर मोहमत सहसचिवमा कमाल आलम, कोषाध्यक्षमा जरिना खातुन, सहकोषाध्यक्षमा मोहमत इलियास रहेका छन्। त्यस्तै, सदस्यहरूमा दिलबर अली, जैतुन खातुन, खलिल मियाँसहित २५

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ८४९ पटक पढिएको
  • खोटाङ मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ ।  बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग भट्टराईको छ । बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लिएर खोटाङबाट साउन ४ गते काठमाडौँ जानुभएका प्रमुख भट्टराईले आज बिहानबाट सत्याग्रह सुरु गर्नुभएको

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३५७ पटक पढिएको
  • ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु

    इटहरी । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ । दुर्घटनामा परेको बोलेरोमा विक र चालक मा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २१६ पटक पढिएको
  • बाढीले मोटर गुड्ने पुल बगाएपछि स्ट्रेचरमा बोकेर बिरामीको उद्धार

    इटहरी । बाढीले मोटर गुड्ने  पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुगेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ । यस्तै, मर्कामा गएराति फक्ताङलुङ –६ लुङथुङका स्थानीय परेका छन् । करिब ३० वर्षीया महिला पेम्बा शेर्पा सिकिस्त बिरामी परेपछि स्थानीयले घण्टौँसम्म बोकेर उहाँको उद्धार गरेका छन् ।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]