इटहरी । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्यांकले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्। उनले वि
इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन । स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास छ । राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको यस क्षेत्रका गाउँलेले मबहान पर्वका अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने स्थानीय बज्रमान राईले बताउनुभयो । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा क
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरुले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन्। संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उहाले आन्दोलन पूरा नहुञ्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए । २०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९औं बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने न
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सवारी दुर्घटनामा परी शिक्षकको निधन भएपछि शोक बिदा दिएको छ । गाउँपालिकाले वडा नम्बर ३ सिकैँचास्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भावना विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै आज सोमबारका लागि शोक बिदा दिएको हो । गाउँपालिकाका लेखा अधिकृत श्यामप्रसाद खतिवडाका अनुसार सोमबार एकदिन पालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा शोक बिदा दिइएको छ । शिक्षक विश्वकर्माको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्षस्तरीय निर्णयअनुसार शोक विदा दिएको लेखा अधिकृत खतिवडाद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिउको छ । आइतबार बिहान स
इटहरी । झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । मेचीनगर–१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट पहिचान नखुलेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझ ७ः३० बजे मेचीनगर–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे। १ च ६१३१ नम्बरको स्कोरपियोले उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते अन्दाजी ४५ वर्षका ती पुरुषको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । अस्पताल ल्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पता
इटहरी । कृषि उपजको रुपमा रहेको लसुन पुर्वी नाँका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रेको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी इश्वरकुमार हुमागाईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ४० कर
इटहरी । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताउनुभयो । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका स
इटहरी । कोशी प्रदेश सरकारले पूर्वाधार निर्माण, वित्तीय अनुशासन र नागरिक सेवा जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले आइतबार कोशी प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो । प्रदेश सरकारका तर्फबाट गरिएको यस्ता पहलकदमीले प्रदेश संरचना बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पार्न सहयोग पुगेको दाबी मुख्यमन्त्री कार्कीको सचिवालयले गरेको छ । प्रदेशले वित्तीय व्यवस्थापनमा पनि आफूलाई अब्बल साबित गरेको छ । सार्वजनिक भएको प्रगति विवरणमा प्रदेशले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब ८
इटहरी । आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । हेंवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्याउँदा यातायात र ढुवानी प्रभावित भएको हो । यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रपुख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् । मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो। सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा ढङढङ्गे झरना रहेको छ। पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास तथा स्थापित भइरहेको उक्त ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सञ्जाल प्रयोगकर्तालाई वडा कार्यालय लिम्बूले नगदसहित सम्मान गर्ने भएको हो। वडा कार्यालयले आइतबार एक सूचना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.