इटहरी स् धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।धरान–५ का दीपक मगरका अनुसार बर्खामा पानी परेपछि लेदुवा खोलामा बाढी आउने र विद्यालय हिँडेका विद्यार्थी खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँसम्म किनारमा बस्नुपर्ने अवस्था छ । ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने
इटहरी । विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा एक सय १३ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक सय १२ जना पुरुष र एक जना महिला छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । रथयात्रामा ठुलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले भिडमा हुनसक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले यसपटक सुरक्षा निगरानी बढाएको थियो । भिडको अवस्था र शंकास्पद गतिविधिको निगर
इटहरी । बर्सौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीन वटा पालिकाका आमउपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारामा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनाको काममा ढिलासुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले उक्त आयोजनामा सञ्चालन गरेको हो । त्यस क्षेत्रका स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउ
इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ । धनकुटाका स्थानीय तह, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न थालेका हुन् ।हालसम्म धनकुटाका पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६ सय १४ रुपियाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञान
इटहरी । परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जान
इटहरी | कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा आयोजित राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ।केही समयअघि इटहरीको सेन्टर प्लाजाको दोस्रो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टको सहयोग तथा लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजनामा रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरिएको हो ।सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्ने उद्देश्यले पानी वितरण कार्यक्रममा सहकार्य गरिएको १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीका मार्केटिङ म्यानेजर विकास घिमिरेले जानकारी दिनुभयो।१८डी पाथिभरा इन्टरटेनमेन्टले दृश्यसँगै वास्तविक गतिशीलता, हावाको प्रभाव
इटहरी । सुनसरीको विभिन्न स्थानमा सीमामा कडाई गरेको भएपनि भन्सार छलीका किराना सामानहरू बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार जिल्लाको कोशी गाउँपालिका वडा नं। २ काली मन्दिरस्थित भित्री सडक खण्डमा भन्सार छलीका किराना सामानहरू बरामद भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्सार छलीका समानहरू बरामद गरिएको खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार अन्दाजी एक लाख ६३० रुपियाँ बराबरको किराना सामानहरू नियन्त्रणमा लिई इ
इटहरी । सोलुखुम्बुका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले जङ्गली च्याउको व्यापार गरेर घर खर्च जुटाउने गरेका छन् ।सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँबजारमा जङ्गली च्याउको व्यापार फस्टाउन थालेपछि यसबाट ग्रामीण महिलाहरूलाई घर खर्चको बन्दोबस्त गर्न सजिलो भएको हो । दिनभरी जङ्गलमा खोजेर ल्याउने र बजारमा बिक्री गरेर राम्रो आम्दानी हुने गरेको च्याउ उत्पादनमा आफ्नो लगानी नपर्दा राम्रो फाइदा हुने गरेको तामाखानीकी राम्रीमाया मगरले बताउनुभयो । प्रत्येक वर्ष यस सिजनमा भएको च्याउको व्यापारले घरखर्च धान्न धेरै सहयोग गरेको उहाँको भनाइ छ । वर्षाका समयमा सोलुखुम्बुका विभिन्न जङ्गलमा विभिन्न जातका च
इटहरी । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोगसँगै नागरिकमा पर्याप्त सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस २०८२ का अवसरमा फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय, पाँचथरको संयुक्त आयोजनामा शनिबार फिदिममा सम्पन्न सचेतनामूलक कार्यक्रममा सहभागीले प्रविधिको दुरुपयोगबाट हुनसक्ने जोखिमप्रति नागरिकलाई सचेत बनाउनुपर्ने बताउनुभएको हो ।“प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार गम्भीर सामाजिक अपराध
इटहरी स् झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी सफारीको ठक्करबाट भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो। प्रहरीका अनुसार धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदलयात्री पराजुलीलाई साँझ ६ः४५ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ९ः५० बजेतिर चिकित्सकले उनलाई मृत घो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.