All Posts By कोशी प्रेस

    Showing ५,५०१-५,५१० of १३,५७४ items.
  • सुनसरीको भोक्राहा दुर्घटना,मृतकको सङ्ख्या चार पुग्यो

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये एकजना सप्तरीको महादेवा गाउँपालिका ६ का ३५ वर्षीय शङ्कर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २७७ पटक पढिएको
  • वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध

    इटहरी । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जानेरआउने यातायातका सवारी साधन तथा यात्रुहरूबिच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बिच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २७७ पटक पढिएको
  • स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षणमा जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ । गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २५८ पटक पढिएको
  • ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघ्यो

    इटहरी । ताप्लेजुङमा साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको छ । बर्सेनि नयाँ उद्योगहरु थपिने क्रमसँगै हाल साना तथा लघु उद्योगको सङ्ख्या तीन हजार नाघेको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हालसम्म साना तथा लघु उद्योगको सङ्ख्या कुल तीन हजार १९४ पुगेको छ । हालसम्मको कुल सङ्ख्यामध्ये साना उद्योगतर्फ दुई हजार ३१५ र वाणिज्यतर्फका ८७९ वटा उद्योग रहेका घरेलु कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी एवम् उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा मात्र ९२ वटा नयाँ उद्योग दर्ता अर्थात थप भएका छन् । कृषि तथा वनजन्य ४९ वटा, प

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३४६ पटक पढिएको
  • चिया बगानमा श्रमिकको आन्दोलन सातौँ दिनमा पनि जारी

    इटहरी । एक साताअघिदेखि आन्दोलनमा रहेका चिया श्रमिकको आन्दोलन अझै टुङ्गिएको छैन । सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै झापाका चिया श्रमिकले थालेको आन्दोलन अझै जारी रहेको छ । झापाको भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषि गणेश तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि काम छाडेर आन्दोलनमा छन् । आन्दोलनरत श्रमिकमध्ये योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी गराउने सर्तमा मेचीनगर–३ को नाज स्टेटका श्रमिक भने काममा फर्किएको नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । अन्य तीन बगानमा भने अझै काम ठप्प रह

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २२९ पटक पढिएको
  • ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा ललितपुर र भारतबिच प्रतिस्पर्धा

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २९७ पटक पढिएको
  • बस र माइक्रो ठोक्किँदा घटनास्थलमै तीन जनाको मृत्यु

    इटहरी । सुनसरीमा सडक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच(बलुवा चौक) मा सडक दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा माइक्रोमा सवार तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । राजविराजबाट विराटनगर जाँदै गरेको माइक्रो र काकडभिट्टाबाट आइरहेको बस एकआपासमा ठोक्किँएर दुर्घटना भएको छ । १२ जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • २५९ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ इटहरीको दोस्रो अधिवेशन द्वारा खगेन्द्र कट्वाल अध्यक्षमा निर्वाचित

    इटहरी | नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनबाट खगेन्द्र कट्वाल सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनको अध्यक्षता ढुण्डीराज गुरागाईंले गरेका थिए भने प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहेका थिए।नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष भरत केसी र रन्जु मगर, सचिव सन्तोष तिम्सिना, उपसचिव; आनन्द आचार्य र सुमित थापा रहेका छन्। सदस्यमा सुमन कार्की, मनिश कार्की, जीवन बराल, आस्था खड्का, विरेन्द्र भण्डारी र यामकुमार राई लगायत १६ सदस्य कार्यसमिति चयन भएका छन्।अध्यक्ष कट्वालले जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको संस्थ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ३८५ पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाद्वारा दोस्रो तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्थाले दोस्रो तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विकाश भण्डारीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार सुपर सुरेश (कार्की) सहित कल्पना तामाङ, सिम्ला धिताल र टेनिसा परियारले  साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सहभागी महिलाहरू परम्परागत भेषभूषामा सजिएर तीजको उल्लासमय गीत, नृत्य र रमाइलोमा सहभागी भएका थिए । प्रमुख अतिथि चौधरीले तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई संस्कार, सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएकाले यसलाई

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ६४९ पटक पढिएको
  • प्राविधिक टोलीद्वारा पथरी शनिश्चरेका विभिन्न सडकहरू कालोपत्रेका लागि निरीक्षण तथा सर्वेक्षण

    इटहरी । मोरङ क्षेत्र नं ३ का सांसद डा.सुनिल कुमार शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको पहलमा अर्थिक बर्ष २०८२÷०८३ को लामाटोली देखि भोटेघुम्ती सम्म ६ मिटर चौडाइको सडकमा कालोपत्रे गरिने भएको छ । आईतबार उक्त सडकको स्थानीय, प्रदेश तथा सङ्घीय प्राविधिक टोलीसहित जनप्रतिनिधिहरूले  निरीक्षण तथा सर्बेक्षेण गर्ने कार्य सम्पन्न गर्नुभएको हो । त्यस्तै, निरीक्षण तथा सर्वेक्षणका क्रममा पथरी शनिश्चरे बजार भित्रका कालोपत्रे सडक निर्माणको लागि जनआन्दोलन चोकदेखि पुरानो वाणिज्य बैंकसम्म , बि.पी. चोकदेखि आरति सहकारी संस्थाको भवन सम्म, गोर्खा गल्लीदेखि पुरानो फिल्म हल हुँदै धिमाल चोकदेखि एभरेष्ट स्कुल सम्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ३४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]