All Posts By कोशी प्रेस

    Showing ५,४८१-५,४९० of १३,५७४ items.
  • उदयपुरको चौदण्डीगढी नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ बिरामी

    इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।  बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताउनुभयो ।  अध्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३०३ पटक पढिएको
  • पाँचथरमा चोरी भएको पल्सर मोटरसाइकल तेह्रथुमबाट बरामद, तीन जना पक्राउ

    इटहरी। पाँचथरको फिदिमदेखि १० दिन अघि चोरी भएको मोटरसाइकल तेह्रथुमबाट बरामद भएको छ । चोरीमा संलग्न भएको आरोपमा धनकुटाका एक र पाँचथरका दुई गरेर तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्‍याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ । फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र। १(०३(००१ प(०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट साउन १६ गते र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३८४ पटक पढिएको
  • इटहरीमा बस विवाद, ‘बजेट होलीडे’मा नगरवासी

    इटहरी । इटहरी उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२ र ८३ को बजेट अझै पारित हुन नसक्दा उपमहानगर ‘बजेट होलीडे’मा पुगेको छ। विवादको मूल कारण सामुदायिक विद्यालयका लागि ७ वटा नयाँ बस खरिदको प्रस्ताव हो। नगर प्रमुख हेमकर्ण पौडेलले ७ वटा नयाँ बस खरिद गर्ने योजना अघि सारेका छन्। उनका अनुसार यसले विद्यार्थीलाई सहज आवागमन सुविधा पुर्‍याउनेछ। तर, उप–प्रमुख संगीता चौधरीले आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गर्नुपर्ने भन्दै विरोध जनाइन्। अहिलेसम्म स्तरोन्नति हुन नसकेका आधारभूत विद्यालयहरू छन्। सम्पन्न विद्यालयलाई मात्र सुविधा पुर्‍याउने निर्णय न्यायसंगत हुँदैन,” उनले भनिन्। मतभेद चर्किँदै गएपछि बजे

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३५२ पटक पढिएको
  • घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी दुर्बीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तले आफूखुसी घरतिर लिएर गएका थिए । घर लैजाँदै गर्दा साँझ बाटैमा उनको मृत्यु भएको डीए

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३४८ पटक पढिएको
  • इटहरीका राजनीतिक दलहरूको नगर सरकारलाई खबरदारी

    इटहरी । इटहरी उप–महानगरपालिकाको नेतृत्वलाई असक्षम, अदूरदर्शी र दलगत गुटबन्दीबाट प्रेरित भएको आरोप लगाउँदै इटहरीका विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले संयुक्त रूपमा नगर प्रमुख हेमकर्ण पौडेललाई खबरदारी पत्र बुझाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल भावना अनुसार सामाजिक न्याय, सुशासन, समानुपातिक समावेशीता र आर्थिक समानताको लक्ष्य पूरा गर्नुपर्नेमा नगर सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस योजना ल्याउन असफल भएको भन्दै उनीहरूले आक्रोश प्रकट गरेका छन्। यसमा नेकपा (माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), संयुक्त पहिचानवादी मोर्चा, र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २९५ पटक पढिएको
  • पाँचथरमा आर्थिक वर्ष २०८१ र८२ मा लडेर २५ जनाको मृत्यु

    इटहरी । पाँचथरमा आर्थिक वर्ष २०८१ र८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् । विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए। घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २९२ पटक पढिएको
  • समाज नकारात्मकतर्फ आकर्षित, सोच परिवर्तनको बेला आएको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हाम्रो समाज धेरै जसो नकारात्मक तर्फ बढी रहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, सामाजिक सञ्जालहरु लगायत हाम्रो अभिव्यक्तिहरु समेत हेर्दा हामी नकारात्मक तर्फ बढी आकर्षित भइरहेको देखिएको उहाँले बताउनुभयो । यसको अर्थमा नकारात्मक मात्र भन्ने होइन हामी बढी मात्रमा कता तिर छौं भन्ने तर्फ सोच्नेबेला भएको र हाम्रो सोचलाई पनि बदल्ने बेला भएको उहाँले बताउनुभयो ।धरानको विकासका लागि सबै पाटीहरु एक भएर लाग्नुपर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३३५ पटक पढिएको
  • फिदिम सामूहिक बलात्कार आरोपमा पाँच युवक पुर्पक्षका लागि थुनामा

    इटहरी । पाँचथर जिल्ला अदालतले पाँचथरको फिदिममा असार २८ गते एकजना युवती माथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँच युवकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायधि कुमार मास्केको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सदरमुकाम फिदिमकै ०२–८१र८२ ९२९० लाई होटलमा बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम निवासी अनिल योङहाङ, सन्जय तामाङ र उमेश तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरुले गत असार २८ गते फिदिमको मेन रोडस्थित होटल बाटिकामा आफुलार्ई सामूहिक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २९२ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्दै

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ । गत वर्ष सम्पन्न भएको दोश्रो ताप्लेजुङ गोल्ड कपको उपविजेता सिराहा र पाँचथरबिच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो । गत वर्षको उपविजेता बनेको सिरहाले यस वर्षको उपाधि आफ्नो पोल्टामा पार्ने दाबी सहित खेलाडी मैदानमा उतार्दै छ । पाँचथरले पनि अब्बल टिमसँग आफ्नो प्रतिष्पर्धा भएकाले अनुभवी खेलाडीलाई टिममा समावेश गरेको जनाएको छ । आजको खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा हुनेछ । सुनसरीको द योङ ब्रदर्श इटहरी, झापाको रेड स्टार फुटब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ४१५ पटक पढिएको
  • सप्तकोसी नदीमा पानीको बहाव बढेपछि १९ ढोका खुला

    इटहरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो । 

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]