All Posts By कोशी प्रेस

    Showing ५,४७१-५,४८० of १३,५७४ items.
  • पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

    इटहरी । पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १७० पटक पढिएको
  • राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

    इटहरी । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १ गते निकालिने राधाकृष्णको यात्राका लागि यस वर्ष ६० लाख रुपियाँ खर्चेर नयाँ रथ निर्माण गरिएको छ । जुन रथ निर्माण सम्पन्न भएको राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । विक्रम संवत् १९८८ देखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खट (खाट) मा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रूपान्तरण भएको थियो ।  राधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ भने खटयात्रासहित जोड्दा यस पटक ९५ औँ संस्करणको धार्म

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३३५ पटक पढिएको
  • १० वर्षे लाइसेन्स कानुन लागू, तर प्राविधिक र कानुनी तयारी अभावमा कार्यान्वयन अलपत्र

    इटहरी । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वैधता पाँच वर्षबाट बढाएर १० वर्ष पु(याउने कानुन बनाए पनि आवश्यक प्राविधिक तथा नीतिगत तयारीको अभावमा त्यसको कार्यान्वयन हुन सकेको छैन । यही साउन १४ गते राजपत्रमा प्रकाशित भई ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा संशोधन लागु भएसँगै लाइसेन्सको अवधि १० वर्ष कायम भएको हो तर यातायात व्यवस्था कार्यालयले पुरानै पाँच वर्षे प्रणाली अनुसार सवारीचालक अनुमतिपत्र जारी गरिरहेका छन् । यसले गर्दा सेवाग्राही र कर्मचारी दुवैमा अन्योलको अवस्था उत्पन्न गरिदिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सरकारले लाइसेन्सको म्याद बढाएर १० वर्ष पु¥याए

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३५५ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइजको प्रतिस्पर्धा

    इटहरी । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् । भोलिको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबिच

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४२७ पटक पढिएको
  • १२ कक्षा पास गरेका विद्यार्थीलाई भासी क्याम्पसद्वारा बधाई र सम्मान, स्नातक अध्ययनका लागि आह्वान

    इटहरी । रामधुनी नगरपालिकाका विद्यालयबाट यस वर्ष कक्षा १२ उत्र्तिण गरेका विद्यार्थीलाई भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसले स्नातक तहको अध्ययन क्याम्पसबाटै सुरु गर्न आग्रह गरेको छ । रामधुनी नगरभित्र स्नातक तहसम्मको अध्ययन हुने एक मात्र भासी क्याम्पसले मंगलबार आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो सन्देश दिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीलाई खादा, माला र अविरले सम्मान गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिइएको छ । विगतमा आफ्नै भवन नहुँदा स्कुलको भवनमा कक्षा सञ्चालन गर्दै आएको भासी क्याम्पसले यहि साउन १ गतेदेखि आफ्नै भवनबाट पढाइ सुरु गरेको हो । वडा नं. ३ मा करिब १० कट्टा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३६५ पटक पढिएको
  • अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, विकास र पारदर्शितामा जोड

    इटहरी । भोजपुरको अरुण गाउँपालिकामा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका केन्द्र प्याउलीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१ र ८२ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना र कार्यक्रमबारे जानकारी दिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गाउँपालिकामा हालसम्म सञ्चालन भएका योजना, नीतिगत निर्णय तथा उपलब्ध प्रगतिबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाईको औचित्य स्पष्ट पार्नुभयो। लेखापाल सिताराम आचार्यका अनुसार, आर्थिक वर्ष २०८१ र ८२ मा कुल विनियोजित बजेटको ८४ दशमलव ९५ प्रतिशत रकम पूँजीगत र चालु क्षेत्रका गतिविधिमा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३४६ पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीमा विशेष कार्यक्रम सम्पन्न

    इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, युवा प्रभागले ‘नवीन युवा, आध्यात्मिक चेतना: भित्री शान्ति अनि बाहिरी सफलता’ शीर्षकमा कार्यक्रम सम्पन्न गरेको छ ।  सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रम विशेषतः युवाभित्र अन्तर्निहित सुख–शान्ति जीवनको सफलता अनि उत्प्रेरणा माथि आधारित थियो । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका ब्रह्माकुमारी शारदा दिदी, वरिष्ठ प्रशिक्षक एवं उत्प्रेरक वक्ता हरि सिटौला, इटहरीको विश्व आदर्श कलेजका प्राध्यापक गणेश दुलाल लगायत अरु थुप्रै विशिष्ट एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ४२६ पटक पढिएको
  • इटहरीमा ‘राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौती’ प्यानल कार्यक्रम सम्पन्न

    इटहरी | इटहरी लेडिज जेसीज, ओरेक नेपाल युवा केन्द्र र तरङ्गिनी फाउन्डेसन महिला संजालको संयुक्त आयोजनामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौती’ विषयक प्यानल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम इटहरी वडा नं. ८ स्थित युवा विकास केन्द्रको सभाहलमा इटहरी लेडिज जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। संयोजक ममता पराजुली रहनुभएको उक्त कार्यक्रममा दिगो विकास लक्ष्य र स्थानीय युवाको सक्रिय सहभागिताबारे विशेष छलफल गरिएको थियो।प्यानलमा कवि, राजनीतिकर्मी तथा प्राज्ञिक व्यक्तित्व मनु मञ्ज

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ५१५ पटक पढिएको
  • शेयर बजार विश्लेषण गर्ने भन्दै ‘नेप्से एआई’ बाट ठगी, सतर्क रहन आग्रह

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।  सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ । यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । सीआईबीले ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरू क्लिक, ड

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३०३ पटक पढिएको
  • एमालेले कारबाही गर्ने भएपछि उपमेयर सहित अन्य नेताविरुद्ध अभिव्यक्ति दिने तयारीमा द्वारिकलाल

    इटहरी : नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी अहिले गुमनाम अवस्थामा छन् । २०७४ को निर्वाचन पछि पत्रकार र नेताहरूलाई गालीगलौज गरेर चर्चामा आएका उनी अहिले पुनः नेताहरू विरुद्ध खनिने तयारीमा देखिएका हुन् ।नेकपा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेर पुनः एमालेमै फर्किएका उनी पार्टीबाट कारबाहीमा पर्ने भएका छन् । मङ्गलवार र बुधवार धनकुटामा बस्ने एमाले प्रदेश कमिटीको बैठकबाट कारबाहीमा पर्ने भएपछि उनले पत्रकार सम्मेलन नै गरेर विभिन्न आरोप लगाउने तयारी गरेका हुन् । पार्टीको कोशी प्रदेश कमिटीले २०८१ मङ्सिर २० गते चौधरीसँग पार्टीको हित र नीति विप

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ३५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]