इटहरी । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो । फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्धार गर्नुभएको थियो । त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पुर्याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ । फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा
इटहरी । बिहीबार साँझ पथरी शनिश्चरे (०१ को गोर्खा डिपार्टमेन्ट अगाडि ठक्कर दिने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ७स्३० बजे एक मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो। पूर्व(पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको सवारी दुर्घटनामा बा १ क ९७५१ नंम्बरको मिनि ट्रकले ठक्कर दिँई घाईते एक महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभएको छ
इटहरी । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो । कोशी प्रदेश अन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । पानीट्याङ्की भन्सारमा आठ वटा र जोगबनी भन्सारमा छ वटा ट्रक रोकिएको उनीहरूले बताएका छन् । उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआई) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उ
इटहरी । वराहक्षेत्र–९ को पूर्वी तटबन्धको २६ः८८ स्परमा नदीको चाप पर्दै आएको छ । साउनको अन्तिम सातामा पहाडी इलाकामा वर्षा हुन थालेपछि नदीको एउटा भँगालोमा पानीको चाप २६ः८८ स्परमा पर्न थालेको हो । हरेक वर्षामा आउने बाढीको भेलसँगै सप्तकोशी नदीले आफ्नो बाटो परिवर्तन गर्दै आएको छ । सुनसरीको चतराबाट समथर क्षेत्रमा फैलिएर बग्ने सप्तकोशी नदीको एउटा भँगालो राजाबासस्थित एक स्परमा ठोकिन थालेको स्थानीय खेम राईले बताउनुभयो । बालुवा, ढुङ्गा, माटो, जालीले बनाइएको स्परमा पानीको चाप पर्दा स्थानीयमा त्रास छाएको छ । डेढ दशकअगाडि तत्कालीन पश्चिम कुशाह–४ बाट १२ः१० र १२ः१८ स्पर कटान गरेर नदी गाउँ पसेको थियो । स्परमा
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा सुनसरीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा
इटहरी । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७र०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७र०७८ मा पाँच सय ९१, आव २०७८र०७९ मा चार सय चार, आव २०७९र०८० मा दुई सय ६४, आव २०८०र०८१ मा एक सय ३३ र आव २०८१र०८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पन
सुन्दरहरैचा / सहारा नेपाल साकोस पथरी सेवा केन्द्रले पथरी शनिश्चरे–५ स्थित रामजानकी मन्दिरको सभाहलमा तिज मिलन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा १० जना जेष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरिएको छ।समूह अध्यक्ष शोभा पोखरेल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ की सदस्य मुना खड्का प्रमुख अतिथि रहेकी थिइन्। अन्य अतिथिहरुमा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवा केन्द्र संयोजक अशोक आचार्य र पशु प्राविधिक सञ्जित यादवको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत तथा उद्देश्य प्रस्तुत सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् भने
विराटनगर | बराहक्षेत्र नगरपालिका-९ मा निर्माणाधीन "धरहरा भ्यु टावर" अहिलेसम्म अलपत्र अवस्थामा छ। केही वर्ष अघि कोशी प्रदेश सरकारले यस पर्यटकीय आकर्षण निर्माण गर्न १ करोड रुपैयाँ बिनियोजन गरेको थियो। तर, निर्माण कार्यमा ढिलाइ तथा सम्बन्धित निकायको उदासीनताका कारण यो प्रोजेक्ट अझै पनि पूरा हुन सकेको छैन। यो प्रोजेक्टको निर्माण कार्य कहिले पूरा हुने हो भन्ने बिषयमा स्थानीय नगरपालिका वा प्रदेश सरकारले अझै स्पष्ट जवाफ दिएका छैनन्। पर्यटन विकासमा केन्द्रित यो योजना सफल भएमा बराहक्षेत्रको पर्यटन क्षेत्रलाई गति मिल्ने अपेक्षा गरिएको थियो। तर, अहिलेसम्म यो प्रोजेक्ट ढु
इटहरी । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन गढी नगर समितिले गढी गाउँपालिकामा प्रेस विज्ञप्ति हस्तान्तरण गरेको छ। प्याब्सन केन्द्रीय कार्य समितिले प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै २०८२ साल साउन २८ गतेदेखि सुरु हुने गरी देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रमअन्तर्गत देशभरका नगर तथा गाउँपालिकामा एकैसाथ ज्ञापन पत्र बुझाउने निर्णयअनुसार गढी नगर समितिले पनि आज गढी गाउँपालिका कार्यालयमा औपचारिकरूपमा विज्ञप्ति
इटहरी । राइट हेयर राइट नाउका फोकल पर्शन पिटर राईले लिङ्ग र लैङ्गिकताको परिभाषालाई पुरातनवादी मूल्य मान्यताका आधारमा परिभाषित गर्न नहुने बताउनुभएको छ । गत फेब्रुअरीमा काठमाडौँमा सम्पन्न भएको इल्गा एशिया सम्मेलनको साझा दृष्टिकोण र प्रतिबद्धताबारे जानकारी गराउदै स्थानीयस्तरमा कार्यान्वयनका लागि मानव कल्याण समाज इटहरीको समन्वयमा निल हिरा समाजले इटहरीमा आयोजना गरेको कार्यक्रममा राईले पुराना परिभाषाले सबैलाई समेट्न नसक्ने बताउनुभयो । राईले सम्मेलनको वक्तव्य प्रस्तुत गर्नेक्रमा महिला पुरूष बाहेक अन्य जैविक लिङ्ग, लैङ्गिकता र यौनिकता भएको व्यक्तिलाई समेत समावेश गरिएको परिभाषा निर्माण गर्न आवश्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.