इटहरी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार
सुनसरी | सुनसरी को बराहक्षेत्र नगरपालिका वडा -१० प्रकासपुर मा नेपाल मानव र्म सेवा समिती कोशी प्रदेश क्षेत्र आश्रम प्रकाशपुर द्धारा श्री कृष्ण अष्टमीकाे पावन अवसरमा महान् सत्संग समारोह सम्पन्न गरेकाे छ । महान् सत्संग समारोह मा सभापति पुजनीय सन्त माेदनी बाइ ज्यू रहनु भएको थियो भने प्रमुख अतिथि बराहक्षेत्र वडा नं १० वडाध्यक्ष तेज बहादुर गुरुङ लगाएत धार्मिक कलकार , स्थानिय कलकार , स्थानिय समाज सेवी , बुद्दिजिवि , सन्चारकर्मी , शैक्षिक एवम् बौद्दिक ब्यक्ति साथै नेपाल मानव धर्म सेवा का सुभचिन्तक हरुको बाक्लो उपस्थिति मा प्रस्ताेता नेपाल मानवधर्म सेवा समिति काेशी क्ष
सुनसरी / गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले गढी गाउँपालिकाभित्र पारिवारिक निजी वनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित ऐन र कार्यविधि तयार गरी छिट्टै लागू गर्ने बताउनुभएको छ।हिउँदे अधिवेशनमार्फत गाउँसभामा सर्वसम्मत ढङ्गले पारिवारिक निजी वन सम्बन्धी ऐन तथा कार्यविधि पारित गर्ने तयारी गरिएको अध्यक्ष चौधरीले एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिनुभयो। पारिवारिक निजी वनले भविष्यमा गढी गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।अध्यक्ष चौधरीका अनुसार गाउँपालिका भित्र रहेका खोला तटबन्ध, सार्वजनिक क्षेत्रह
इटहरी । सामुदायिक वन उपभोक्ता समूह केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको हो । समूहले आफ्नो क्षेत्रमा रहेका विपन्न उपभोक्तालाई आवास निर्माण गरी हस्तान्तरण गरेको हो । पथरीशनिश्चरे–८, सोमबारे निवासी रेणुका माझीलाई नयाँ घर निर्माण गरेर शुक्रबार एक भव्य समारोहका बीच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वन समूहका अध्यक्ष तुलसा याख्खा र अन्य अतिथिहरुले संयुक्त रुपमा घरको चावी हस्तान्तरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान लागिएको हो । लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा लैजाने तयारी रहेको प्रहरीले श्रोतले जनाएको छ। प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ । रुपन्देहीका प्रम
इटहरी । इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटएको छ । अगस्ट ४ देखि सुरु भएको ध्वासे चितुवा दिवको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाईफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी क्यामेरामा कैद गर्नु भएको हो । उल्लु परिवार भित्रको बैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाईफ फोटोग्रफर खरेलले जानकारी दिनुभयो । भारत, पाकिस्था
इटहरी । मोरङको बुढीगङ्गा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोरङको बुढीगङ्गा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को। ३५ प। ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक नेमुवा–३ का ३५ वर्षीय विकासकुमार भगत गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याइएको थियो, तर राति चिकित्सकले मृत घोषित गरेका थिए । यस्तै, राति नै कोशी लोकमार्गअन्तर्गत बुढीगङ्गा–३ मा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को। २१ प। ८६९२ नम्बरको मोटरसाइकल
इटहरी । भ्रष्टाचार, बेथिति र विसङ्गति मुक्त समाज स्थापना गर्ने मूल नाराका साथ स्थापित स्वतन्त्र नागरिक समाज मोरङले सुन्दरहरैचा नगरपालिका–१० मा युवा समिति गठन गरेको छ । उक्त वडा समिति गठन कार्यक्रम स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईको उपस्थितिमा सम्पन्न भएको हो । स्वतन्त्र नागरिक समाज युवा समितको संयोजकमा देव प्रसाद राई,सहसंयोजकमा प्रकाश अर्याल,सचिवमा पारुहांङ राई,सहसचिवमा प्रविन राई,कोषाध्यक्षमा अजिव राईलाई चयन गरिएको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । सदस्यहरुमा सुमन कोइराला र ओमकार राईलाई चयन गरिएको र बाँकी सदस्यहरु थप्दै लैजाने प्रवक्ता गुरुङले
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डागी नेतृत्वको समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गर्नुभएको हो । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै, दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको
इटहरी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो । पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छिन् । त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको स्मरण गरे । उनले अहिले बिहान–बेलुकी घरमै पा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.