All Posts By कोशी प्रेस

    Showing ५३१-५४० of १३,४२४ items.
  • सुन्दरहरैँचास्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ’इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित हुनुभएको छ । स्थानीय परिवेशबाट सुरु भएको विद्यालयलाई गुणस्तरीय, संस्कारयुक्त र विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमबाट अघि बढाउँदै अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल उहाँलाई ‘बेस्ट कन्ट्रीब्युसन इन एजुकेसन फिल्ड’ विधामा सम्मान गरिएको हो। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६  नेपाल एन्ड इन्टरनेशनल समिट’ समारोहमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खनाललाई सम्मानपत्र प्र

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १५७ पटक पढिएको
  • नेशनल प्याब्सन कोशी प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रदेशका ३० विद्यालयका १५० विद्यार्थी सहभागी प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता अन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इंगलिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इंगलिस स्कुल तृतीय भए । प्राथमिकतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अभा इंगलिस तृतीय बने। यस्तै, नेपाली हस्तलेखन माध्यमिकतर्फ अरिहन्त इंगलिस बोर्डिङ स्कु

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १२४ पटक पढिएको
  • मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल सम्पन्न

    इटहरी । थारू समुदायको कला, संस्कृति, पहिचान र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा ंसदस्य सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गीतनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल इन्टरनेसनल २०१८ की मुख्य निर्णायक रोनाली अमात्य, मिस्टर थारू नेपाल २०१८ का विजेता रविन चौधरी तथा म्यान अफ द वल्र्ड २०२५ प्रकाश चौहान रहनुभएको थियो । महिला विधातर्फ शृष्टि चौधरी विजेता बन्न सफल भएकी छन् भने न

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १७३ पटक पढिएको
  • रथयात्राका भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्टको निःशुल्क पानी

    इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा निकालिएको राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ । इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको ‘१८ डी पाथिभरा इन्टरटेनमेन्ट’ले धार्मिक तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरेको छ। लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजना र १८ डी पाथिभराको सहयोगमा उक्त पानी वितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त मनोरञ्जन केन्द्रमा मोसन सिट, ३ डी भिजुअल, हावा, कम्पन र पानीको छिटा जस्ता आधुनिक प्रविधि मार्फत डाइनोसर वल्र्ड, हरर एक्सपेरियन्स र रोलर कोस्टर सहित

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १८४ पटक पढिएको
  • इन्टर जिम फुटसल टुर्नामेन्टमा ओएसिस फिटनेस च्याम्पियन

    इटहरी । इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ । शनिबार एसडी फुटसलमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ । ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो। उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १२९ पटक पढिएको
  • कोशी कटानमा मूर्ति सेलाउनेको भीड

    इटहरी। सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका मूर्ति सेलाउन आइतबार भक्तजन तथा श्रद्धालुको भीड लागेको छ।श्रीकृष्ण जन्माष्टमीका अवसरमा निर्माण गरिएका माटोका कलात्मक भगवान् श्रीकृष्णका प्रतिमासहित अन्य देवीदेवताका मूर्ति सेलाउन श्रद्धालुहरू कोशी कटान क्षेत्रमा पुगेका स्थानीय अरुण मण्डलले बताए। जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका माटोका कलात्मक प्रतिमासहित अन्य देवीदेवताका मूर्तिलाई धार्मिक विधिअनुसार पूजाआजा गरी कोशी कटान क्षेत्रमा रहेको जलाशयमा विसर्जन गर्न भक्तजनहरू पुगेका हुन्।मूर्ति सेलाउन आउनेको चहलपहल बढेसँगै कोश

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १५८ पटक पढिएको
  • ब्राउन सुगरसहित उर्लाबारीबाट दुई युवा पक्राउ

    इटहरी स् मोरङको उर्लाबारीबाट प्रहरीले ब्राउन सुगर ९खैरो हेरोइन०सहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ बल्लु चोकका ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन्।प्रहरीका अनुसार दर्जीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार घरमा छापा हानेको थियो। कोठा खानतलासी गर्दा सिरानीमुनि १९ वटा पोका बनाएर राखिएको अवस्थामा १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।ब्राउन सुगर बरामद भएपछि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, धिमालको शरीर खानतलासी

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ८८ पटक पढिएको
  • जामुनखाडी सिमसारमा फिसिङको नयाँ आकर्षण

    इटहरी। झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागि सिमसारमै फिसिङ कार्यक्रम सुरु गरिएको छ ।यसअघि जंगली जनावरको दृश्यअवलोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो । पर्यटकहरुका लागि एक सय रुपैँयाको टिकट काटेपछि एउटा माछा मार्ने टागो र चारो उपलब्ध हुने र जति माछा मार्छन सो सबै खरिद गरेर समेत लैजान पाउने प्रबन्ध गरिएको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका सचिव द

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १०१ पटक पढिएको
  • भालुको आतङ्कले हैरान हिमाली भेगका किसान

    इटहरी। सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरुको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरुले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो । भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, उहाँले भन्नुभयो । रातभरी भालु धपाउन बारीमा बसेपछि विद्यालयम

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ९३ पटक पढिएको
  • सिंहदेवी दुर्गा मन्दिरको महायज्ञमा १२ लाख बढी बचत, आम्दानी–खर्च सार्वजनिक

    इटहरी । मोरङको पथरी शनिश्चरे–१०, जिरीखिम्तीस्थित सिंहदेवी दुर्गा मन्दिरमा भदौ ५ देखि १३ गतेसम्म सञ्चालन भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। आइतबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो बैंक मौज्दात ३८ हजार १ सय ५४ र महायज्ञको सहयोगबाट २४ लाख ९० हजार ८ सय २५ गरी कुल २५ लाख २८ हजार ९ सउ ७९ रुपैयाँ आम्दानी भएको जानकारी दिइएको हो । पूजा सामग्री, टेन्ट, साउन्ड, दक्षिणा लगायतका विभिन्न शीर्षकमा १२ लाख ८० हजार ८ सय ४२ रुपैयाँ खर्च भई १२ लाख ४८ हजार १ सय ३७ रुपैयाँ शुद्ध बचत भएको छ। मन्दिरको स्टोरमा विभिन्न जिन्सी सामान समेत मौज्दात रह

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]